काठमाडौं– कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। चारवटा शीर्षकमा मुद्दा दर्ता भएको र बिहीबार थुनछेक बहस हुने जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकृतले बताए।
न्यायिक हिरासतमा रहेका सिंहलाई पुर्पक्षको बहसका लागि आजै पेस गरिने उनले जानकारी दिए। उक्त बसहपछि अदालतले थुनामा पठाउने कि धरौटी माग गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने निर्णय गर्नेछ।
नेवा: अभियन्ताहरूले उनीविरूद्ध चारवटा शीर्षकमा जाहेरी दिए अनुसार मुद्दा दायर भएको हो।
अभियोगपत्रमा मुलुकी अपराध संहिता २०७४ परिच्छेद-१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६५ सामाजिक रितिस्थितिमा खलल पार्न नहुने कसुर, दफा १६६ जातपातका आधारमा छुवाछूत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने र दफा १६८ को अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुर गरेको दाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।