काठमाडौं– देशका केही स्थानमा सामान्य बदली भए पनि अधिकांश ठाउँमा आजको मौसम सामान्य छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी क्षेत्रका केही ठाउँमा दिउँसो हल्का वर्षाको सम्भावना रहेको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना भए पनि अन्य क्षेत्रमा मौसम सामान्य रहने महाशाखाले जानकारी दिएको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने देखिन्छ।
यस्तै आज राति पनि पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।