काठमाडौं– मनसुन बाहिरिएसँगै नेपालको मौसम प्रणालीमा सुधार आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।
सोमबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।
तर सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई स्थानमा भने हल्का वर्षाको समेत सम्भावना रहेको छ। राति भने पहाडी क्षेत्रमा आंशिक बदली रहने र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।