• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

काठमाडौं विश्वविद्यालयले सुरु गर्‍यो ‘ब्याचलर इन योग साइन्स एण्ड वेलबिइङ्’ 

64x64
कल्पना घिमिरे शनिबार, असोज २९, २०७९  १५:३३
1140x725

काठमाडौं– काठमाडौं विश्वविद्यालय (केयु) ले स्नातक तहमा ‘ब्याचलर इन योग साइन्स एण्ड वेलबिइङ्’ विषय अध्यापन गराउन लागेको छ। 

अन्तर्राष्ट्रिय रुपमै विश्वविद्यालय तहमा योगको अध्यापन हुनुपर्छ भन्ने मान्यता विकसित हुँदै गएको कुरालाई मध्यनजर गरेर काठमाडौं विश्वविद्यालयले योग विज्ञानका विषयमा कक्षा सुरु गरेको यौगिक विज्ञान शाखाका प्रमुख संयोजक इ. अनन्त रिसालले बताए।

‘विश्वमा अहिले अनेकन समस्याहरु व्याप्त छन्। तिनीहरुमा प्रमुख रुपमा अशान्ति, युद्ध, भ्रस्टाचार, अपराध,  बेरोजगारी तथा जीवनशैलीजन्य रोगजस्ता समस्याहरु छन्। यो सँगै मानव जीवन आनन्दको यात्राबाट विमुख हुँदै गैरहेको छ,’ नेपाल लाइभसँग कुरा गर्दै रिसालले  भने, ‘यस्ता धेरै समस्याहरुको निवारण गर्न तथा जीवनलाई खुसी र आनन्दित बनाउन योगको अहम् भूमिका रहँदै आएको बारे वैज्ञानिक अनुसन्धान भइरहेका  छन्। त्यही भएर हामीले पनि यो विषय समेटेका हौं।’

Anant-Risal1665836616.jpg
इ. अनन्त रिसाल, यौगिक विज्ञान शाखा प्रमुख 

पछिल्लो समय अन्तर्राष्ट्रिय रुपमै विश्वविद्यालय तहमा योगको अध्यापन हुनुपर्छ भन्ने मान्यता विकास हुँदै गएको छ। यही कुरालाई ध्यान दिएर काठमाडौं विश्वविद्यालय (केयु) ले उच्च शिक्षामा योग विज्ञान विषयक कक्षा सञ्चालन गर्न भर्ना अभियान सुरू गरेको संयोजक रिसालले बताए।

क–कसले अध्ययन गर्न पाउँछन्?
यस विषयको अध्ययन गर्नका लागि जुनसुकै विषयमा कक्षा १२ पास गरेको हुनु पर्दछ। १२ कक्षा उत्तीर्ण गरेका स्वदेशी तथा विदेशी नागरिकले यो विषय अध्ययन गर्न पाउने छन्। पहिलो पटक यस विषयमा अध्यापन गराउन २४ जना विद्यार्थी  भर्ना लिने केयुले बताएको छ। ती २४ मध्येबाट उत्कृष्ट पाँच जनालाई छात्रवृत्तिको  व्यवस्था हुनेछ। 

उक्त विषय अध्ययनका लागि विश्वविद्यालयमा प्रवेश परीक्षा दिनुपर्ने हुन्छ। यसका साथै  केको लागि उक्त विषय अध्ययन गर्ने भनेर निबन्ध समेत लेख्नुपर्ने हुन्छ। र, अन्तवार्ता दिनु पर्छ। यी तीनवटा परीक्षामा उत्तीर्ण भएपछि भर्ना लिइन्छ। उक्त विषयको अध्ययनका लागि कुनै उमेर हद भने नतोकिएको रिसालले बताए। 

चारवर्षे कोर्षमा आठओटा सेमेस्टर हुन्छन्। ६–६ महिनाको एक सेमेस्टर हुने समेत रिसालले बताए।

किन योग शिक्षा?
काठमाडौं विश्वविद्यालयले योग शिक्षाका माध्यमद्वारा ज्ञान र विज्ञानलाई पूर्वीय र पाश्चात्य दर्शनसँग संयोजन गर्दै सकारात्मक सोच, नैतिक निष्ठा र विश्वमा आत्मीय सौहार्द्रपूर्ण वातावरण सिर्जना र परिपूर्ति गर्ने उद्देश्य लिएको छ।  यी उद्देश्य पूर्ति गर्नका लागि केयुले नेपालमै पहिलो पटक स्नातक तहको ४ बर्षे ‘ब्याचलर इन योग साइन्स एण्ड वेलबिइङ्’ को पठनपाठन सुरु गरेको हो । स्कूल अफ आर्ट्स हात्तीवन र स्कूल अफ मेडिकल साइन्सेज धुलिखेलले संयुक्त रुपमा उक्त विषय अध्यापन गराउने व्यवस्था गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

उच्च क्षमतायुक्त योग विज्ञ तथा अन्वेषकहरुबाट अध्यापन हुने यो विषयको सम्पूर्ण व्यवस्थापन हात्तीवनको स्कूल अफ आर्टसले गर्ने छ। यसबाट योगको उच्च शिक्षालाई वैज्ञानिक, खोजमूलक र आधुनिक प्रविधियुक्त बनाउन तथा मानव जीवनका हरेक पक्षको विस्तृत अध्ययन गर्न सहयोग पुग्ने विश्वविद्यालयको दाबी छ। हरेक व्यक्तिको शारीरिक, मानसिक, भावनात्मक, सामाजिक र आध्यात्मिक कल्याणसंगै विश्वमा शान्ति र सौहार्द्रता  कायम गर्न योग शिक्षाको अध्यापन सुरु  गरिएको संयोजक रिसालले बताए।

योग शिक्षाले केवल रोजगारमुखी जनशक्ति निर्माण गर्ने मात्र नभई नेपाललाई योग भूमिको रुपमा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन, वैदेशिक मुद्रा आर्जन गर्न, मौलिक संस्कृतिको विकास र संरक्षण गरी स्वस्थ र निष्ठावान समाज निर्माण गर्न सहयोग गर्ने उद्देश्य लिइएको छ।

अध्ययनका क्रममा विद्यार्थीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सहकार्य गर्दै प्रयोगशाला, आरोग्य केन्द्र, आश्रम, गुरुकुल तथा योग संस्थाहरूमा प्रयोगात्मक प्रशिक्षण र इन्टर्नशिप तथा अनुसन्धान गर्ने अवसर प्राप्त गर्नेछन्।  उत्पादित जनशक्तिले  सहज रुपमा नेपालका स्कूल तथा कलेजमा अध्यापन गर्ने, आफैं योग केन्द्र स्थापना गर्ने, योग रिट्रिट खोल्ने, योग अनुसन्धानकर्ता बन्ने, अन्तर्राष्ट्रिय योग प्रशिक्षक बन्ने, आरोग्य प्रशिक्षक बन्ने, योग टुर गाइड बन्ने अवसरहरु प्राप्त गर्नेछन्। पछि जुनसुकै विदेशी विश्वविद्यालयहरुमा गएर मास्टर्स डिग्री गर्न सक्ने छन्।

भर्ना शुल्क कति?
‘ब्याचलर इन योग साइन्स एण्ड वेलबिइङ्’ विषयको अध्ययन गर्न भर्ना शुल्क एक लाख २० हजार रुपैयाँ लाग्छ। त्यसपछि मासिक शुल्क १० हजार बुझाउन पर्छ। पहिला नै पुरै रकम बुझाउँदा चारवर्षे कोर्ष पूरा गर्न लगभग चार लाख शुल्क लाग्ने  संयोजक रिसाल बताउँछन्। यो शुल्क स्कुल अफ आर्ट्सकै अन्य विधाको शुल्कभन्दा कम भएको पनि उनले बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

क–कसले पाउँछन् छात्रवृत्ति? 
‘ब्याचलर इन योग साइन्स एण्ड वेलबिइङ्’ विषयको अध्ययन गर्न २४ जनाको भर्ना लिइने छ। ती मध्येबाट पाँच जनालाई  छात्रवृत्तिको व्यवस्था हुन्छ। भर्ना लिनेबेला प्रवेशिका परीक्षा हुन्छ। केको लागि आएको छु भनेर निबन्ध लेख्नुपर्ने हुन्छ। र, अन्तर्वार्ता दिनु पर्छ। यी तीनवटा परीक्षा उत्तीर्ण गरेपछि भर्ना लिइन्छ। छात्रवृत्ति पाउनलाई सबै विषयमा ४५ प्रतिशत ल्याउनु पर्छ। 

‘गुरुकुलमा पढेका वा  संस्कृत पढेकाहरुले भने योगबारे पनि पढेका हुन्छन्। उनीहरुलाई उक्त विषयमा पहिले नै ज्ञान हुन्छ’, संयोजक रिसालले भने ‘यसरी पढ्ने मन भएको तर अर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई हामीले २० प्रतिशत छात्रवृत्ति  दिन्छौँ।’

छात्रवृत्ति पाएवापत विद्यार्थीले दैनिक एक, दुई घण्टा सेवा गर्नु पर्ने विश्वविद्यालयले नियम बनाएको छ। जसका लागि उनीहरुले कलेज बाहेकका संस्थामा समेत आवद्ध भएर दैनिक योगको विषयमा अध्ययन, अनुसन्धान गर्नु पर्ने हुन्छ। 

प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  १५:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्