काठमाडौं– आजदेखि मौसम क्रमश: सुधार हुँदै जाने भएको छ। केही साता निरन्तर वर्षा भए पनि हाल नेपालमा उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै आज देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रही समान्यतया सफा रहने जनाएको छ। पहाडी भूभागका एक/दुई स्थानमा भने मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज राति प्रदेश १ मा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदली र सामान्यतया मौसम सफा रहनेछ। प्रदेश १ का एक/दुई स्थानमा भने मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै शनिबार दिउँसो भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने र अन्य प्रदेशमा मौसम सफा रहने महाशाखाले जनाएको छ। केही क्षेत्रमा भने सामान्य वर्षाको सम्भावना रहेको छ।
शनिबार राति पनि पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सफा रहने देखिएको छ।
महाशाखाका अनुसार आइतबारदेखि भने सबै प्रदेशमा मौसम सफा रहने भएको छ। सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने भए पनि बाँकी क्षेत्रमा मौसम सफा रहनेछ।
आइतबार राति भने पहाडी क्षेत्रमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
यस्तै आगामी २४ घन्टामा भने देशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रहरुमा भू–क्षय, पहिरोको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।