• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

जब म एकदिनका लागि सम्पादक बनें 

स्वस्तिका खड्का मंगलबार, असोज २५, २०७९  १८:०७
1140x725

आज अक्टोबर ११ अर्थात् ११ औं बालिका दिवस हो। आजका दिनमा विश्वभरी नै बालिकाहरुलाई पद हस्तान्तरण गरेर नेतृत्वदायी भूमिकाका लागि प्रेरित गरिएको छ। बर्दिया जिल्ला घर भएकी म त्यही कार्यक्रम अन्तर्गत काठमाडौं आइपुगें। विगत दुई वर्षदेखि किशोरकिशोरीको सशक्तिकरणका लागि सामाजिक सेवामा सक्रिय मैले सञ्चारमाध्यमको सम्पादकका रुपमा एकदिनको अनुभव हासिल गरें। 

नेपाल लाइभ ग्रुपको सम्पादकका रुपमा केही घण्टा समय बिताएँ। कुनैदिन महिनावारी हुँदासमेत लजाउने म एक सम्पादकका रुपमा अनुभवी पत्रकारहरुसँग थिएँ। केही क्षणका लागि भएपनि उहाँहरुको नेतृत्‍व गरिरहेकी छु भन्ने अनुभूतिले मलाई गौरवान्वित महसुस गरायो।

एकदिनका लागि सम्पादकीय नेतृत्व मलाई हस्तान्तरण गरिँदैछ भन्ने कुराले मेरो मनमा अनेक प्रश्न उब्जिएका थिए। नयाँ अनुभव लिँदै थिएँ। नयाँ विषयबारे जानकारी पाउँदै थिएँ। यसले मलाई उत्साहित बनाएको थियो।

बालिकाको सशक्तिकरणमा अभियान चलाइरहेको संस्था, प्लान नेपाल, की दीपा ओलीसँग म अनामनगरस्थित नेपाल लाइभ समूहको कार्यालयमा पुगेकी थिएँ। नेपाल लाइभ, नेपाल लाइभ टुडे (अंग्रेजी) र स्वास्थ्यखबर पत्रिका उक्त मिडिया हाउसले प्रकाशन गरेको जानकारी मलाई  नेपाललाइभ टुडेका सम्पादक शिरोमणि ढुंगानाले दिनुभएको थियो। 

कार्यालय पुग्ने बित्तिकै मलाई फूलको गुच्छा र खादा लगाएर स्वागत गरियो। त्यसपछि कार्यालयमा प्रवेश गराइयो र सम्पादकको कुर्सीमा राखियो। म कार्यालय पस्दै गर्दा सबै पत्रकारहरु काममा व्यस्त रहेको देखिन्थे। पछि जानकारी पाएँ, मंसिर ४ को निर्वाचनका कारण भ्याइनभ्याइ रहेछ। मलाई बिहान ११ बजे सम्पादक बनाइएकको थियो र त्यो समय उक्त मिडिया हाउसको दैनिक बैठक बस्ने रहेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

मैले सम्पादकीय नेतृत्व लिँदै गर्दा समाचार संकलन, छनोट र सम्पादनबारे ज्ञान थिएन। समाचारको पाठक मात्रै रहेकी मलाई सम्पादकीय नेतृत्व दिएर यी प्रक्रियाबारे जानकारी दिइयो। मसँग समाचारका यी प्रक्रियाबारे धेरै जिज्ञासा थिए। एकदिनको सम्पादकको अनुभवबाट म स्पष्ट भएकी छु। 

आवाजविहीनको आवाजका रुपमा बुझिने सञ्चारमाध्यममा पुगेर बालिका र महिलाका मुद्दामा छलफल गर्‍यौं। आम निर्वाचनको ‍प्रक्रिया चलिरहेकाले महिलाहरुको संसद्‌मा उपस्थितिलाई लिएर चासो थियो। त्यसमा मिडियाले कसरी आवाज उठाइरहेका छन् भन्ने विषयमा मैले केही प्रश्न गरें। मलाई नेतृत्व दिने संस्था यो विषयमा संवेदनशील रहेर पहिलेदेखि बहस गर्दै आइरहेको पाएँ। त्यससँग सम्बन्धित केही विषयमा म सम्पादक भएकै दिनपनि समाचार बनाइए। म आफैंलाई पनि आफ्नो तर्फबाट आवाज बुलन्द गर्न पाएको महसुस भयो। 

गाउँमा जन्मे हुर्केकी भएपनि सानैदेखि मैले घरमा टेलिभिजन हेर्न पाएँ। रेडियो पनि सुनें। पत्रपत्रिका भने गाउँसम्म त्यति पुग्दैनथे। त्यसैले नियमित पढेको अनुभव छैन। 

Xtrem
Xtrem

म आफ्नो गाउँपालिकाकाे बालबालिका समूहको अध्यक्ष हुँ। त्यसैले गाउँमा हुने बालविवाह, किशोरकिशोरीका समस्यालाई नजिकबाटै नियालेकी छु। ती विषयमा आवाज उठाएकी छु। मिडियाले त्यस्ता विषय प्राथमिकताका साथ उठाइदिए हुन्थ्यो भन्ने मलाई लागेको छ। 

मैले सांकेतिक रुपमा प्राप्त गरेको सम्पादकीय भूमिकाले मलाई गौरवबोध मात्रै होइन, थप जिम्मेवारी महसुस गराएको छ। अन्याय र  विभेदकाविरुद्ध आवाज उठाउने हौसला मिलेको छ। 

आजका किशोरी नै भोलि देशको नेतृत्वदायी भूमिकामा पुग्नेछौं। भोलि गर्नुपर्ने नेतृत्वको अनुभव आजबाटै गर्न पाउने अवसर सवै किशोरकिशोरीले पाउनुपर्छ। जसले गर्दा देशले कुशल नेतृत्व पाउन सम्भव हुन्छ। त्यसकारण सबै क्षेत्रले हामीलाई प्राथमिकतामा राखेर अवसर दिऊन् भन्न चाहन्छु। बालबालिका तथा किशोर र किशोरीको सशक्तिकरणमा सर्वपक्षीय भूमिकाका लागि आह्वान गर्न चाहन्छु। 

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १८:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्