• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बजार अनुगमनमा कडाई, विषय विज्ञसहित दैनिक १० टोली परिचालित

64x64
कल्पना घिमिरे सोमबार, असोज १०, २०७९  १८:११
1140x725

काठमाडौं– गत असोजमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले नेपालटारको एक खाद्य पसलमा अनुगमन गरेको थियो। उक्तटोलीले त्यस खाद्य पसलमा खरीद बिलबिजक नराखेको फेला पार्‍यो। खरीद बिलबिजक नराखेको भन्दै त्यस खाद्य पसललाई २० हजार जरिवाना गर्‍यो। 

यस्तै अनुगमनकै क्रममा विभागको  टोली बनेपा पुग्यो। त्यहाँ टोलीले दुई खाद्य स्टोरमा बिलबिजक नराखेको र खाद्यान्नको मूल्यसूची नराखेको फेला पार्‍यो। उक्त स्टोरलाई विभागले ५० हजार रुपैँया जरिवाना गर्‍यो।

अनुगमनका क्रममा विभागको टोलीले  कुलेश्वरको एक औषधि तथा जडिबुटी पसलमा पनि बिलबिजक नराखेको फेला पार्‍यो। उक्त टोलीले त्यस औषधि पसललाई २० हजार जरिवाना गर्‍यो। 

यसैगरी ललितपुरको इमाडोलमा एक डिमार्टमेन्टल स्टोरलाई पनि २ लाख रुपैयाँ जरिवाना रगर्‍यो। अनुगमनका क्रममा विभागको टोलीले स्टोरको खाद्य वस्तुमा रि–लेवलिङ (उपभोग्य मिति सकिए पछि पुनः थप गरिएको, गुणस्तर परिमाण, मूल्य र नाप तौलमा हेरफेर) गरेको कसुर देखिएपछि दुई लाख जरिवाना गरेको थियो।

त्यस्तै विभागको टोलीले मध्यपुर ठिमीको एक डिपार्टमेन्टल स्टोरमा सामानको रि–लेवलिङ गरेको फेला पारेपछि दुई लाख रुपैयाँ जरिवाना तिरायो। ती दुई डिपार्टमेन्ट स्टोरलाई चेतावनी स्वरुप दुई/दुईलाख रुपैयाँ जरिवाना गरेको विभागका प्रवक्ता होमनाथ भट्टराईले जानकारी दिए। 

यतिबेला चाडपर्वका अवसरमा हुने ठगीलाई लिएर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बजार अनुगमनमा लागेको छ। चाडवाड नजिकिएसँगै विभागले बजार अनुगमनलाई तीव्रता दिएको हो। प्रवक्ता भट्टराईका अनुसार विशेषगरी दशैं तिहार र छठपर्वलाई लक्षित गरी देशैभरी अनुगमन कार्य अगाडि बढाएको हो। 

‘व्यावसायीहरुले व्यापार व्यवसाय गर्दा बिलबिजक, मूल्यस‍ूची नराख्ने, रि–लेवलिङ गरेर सामान बिक्री गर्ने तथा म्याद गुज्रेका अखाद्य वस्तु बिक्री गर्ने गर्छन्। यी कानुन विपरीतका काम हुन्। यस्ता कानुन विपरीतका काम नहुन् भनेर हामीले टोली खटाएर अनुगमन गरिरहेका छौं,’ प्रवक्ता होमनाथ भट्टराईले भने।

नियमित अनुगमनका साथै आकस्मिक र उजुरीका आधारमा तीन किसिमले अनुगमन भइरहेको उनले बताए। ‘अहिले दशैं तिहार र छठपर्व जस्ता ठूल्ठूला पर्वहरुलाई लक्षित गरेर अलि विशेष अभियानको रुपमा अलिकति बजारमा उपभोग्य वस्तुहरु बढी चलायमान हुने भएकाले हामी अनुमगनमा केन्द्रित छौं’, उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले विभागले अनुगमनको प्रणाली पनि परिवर्तन गरेको छ। विभिन्न विषयवस्तुसँग आबद्ध भएर संयुक्त टोली गठन गरेको छ। खाद्य, कृषि र नापतौलको विशेषज्ञ टोली बनाएर छुट्टाछुट्टै अनुगमन थालिएको छ। 

क्षेत्रगत हिसाबले अनुगमन गर्दा प्रभावकारी हुने भएकाले नयाँ नीति लिइएको प्रवक्ता भट्टराई बताउँछन्। ‘७७ ओटै जिल्लामा पनि गृहमन्त्रालयसँग समन्वय गरेर बजार अनुगमन भइरहेका छन। सँग–सँगै  ७ सय ५३ ओटा स्थानीय सरकारका प्रमुख प्रशासकीय अधिकृतहरुलाई पनि त्यो अधिकार प्रत्यावहन गरिएको छ। बजार अनुगमन प्रभावकारी ढंगले अगाडि बढाउन हामीले समन्वय गरेका छौं।’

यस्तै सरकारले पनि विभागलाई बजार अनुगमनका लागि निर्देशन जारी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्व लक्षित अनुगमनलाई प्रभावकारी र कडा बनाउनका लागि १२ बुँदे निर्देशन जारी गरेका थिए। पहिलेदेखि अनुगमन भइरहे पनि अहिले प्रधानमन्त्रीको निर्देशन अनुसार बजार अनुगमन थालिएको प्रवक्ता भट्टराई बताउँछन्। उक्त निर्देशनलाई पालना गर्नका लागि विभागले दैनिक आठ/दश वटा टोली नै बनाएर अनुगमन गर्ने थालेको विभागले जनाएको छ। 

प्रधानमन्त्री देउवाले विभागलगायत अन्य मातहतका निकायलाई बजार अनुगमनका लागि आइतबार १२ बुँदे निर्देशन दिएका थिए। जसमा विषयविज्ञसहितको संयुक्त बजार अनुगमन टोलीले बजारको अनुगमन गर्ने र त्यस्तो टोलीको संयोजन तथा नेतृत्व वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने व्यवस्था मिलाउने बताइएको छ। 

Xtrem

Xtrem

यस्ता छन् बजार अनुगमनका लागि प्रधानमन्त्रीले दिएका १२ बुँदे निर्देशन : 

१. बजार अनुगमन, गुण नियन्त्रण तथा उपभोक्ता हित संरक्षणको जिम्मेवारी प्राप्त गरेका वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग,नेपाल गुणस्तर तथा नाप तौल विभाग, यातायात व्यवस्था विभाग, पशु सेवा विभाग, औषधि व्यवस्था विभाग र कृषि विभागले आफू र मातहत कार्यालयहरू समेत परिचालन गरी बजार अनुगमन, नियमन तथा अनुचित व्यापारिक क्रियाकलापको नियन्त्रणलाई सघन बनाउने।

२. बजारका बहुपक्षीय विषयको अनुगमन गर्दा सम्बन्धित विषयविज्ञ सहितको संयुक्त बजार अनुगमन टोलीले बजारको अनुगमन गर्ने र त्यस्तो टोलीको संयोजन तथा नेतृत्व वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने व्यवस्था मिलाउने।

३. जिल्ला प्रशासन कार्यालयहरू र मातहतका इलाका प्रशासन कार्यालयहरूले स्थानीयस्तरमा खाद्यान्न, माछामासु लगायतका मालवस्तुको खरिद बिक्रीमा हुनसक्ने मिलेमतो, कार्टेलिङ, सिण्डिकेट रकालो बजारी जस्ता क्रियाकलापलाई नियन्त्रण गर्न चाडपर्वको अवसरमा अनुगमनलाई सघन तुल्याउने।

४.यातायात व्यवस्था विभागले यात्रुहरूको सुरक्षित र भरपर्दो यातायात सुविधाको सुनिश्चितता गर्ने। साथै सबै बसपार्क तथा प्रमुख नाकाहरूमा अनुगमन गरी सार्वजनिक यातायातका सवारी साधनले तोकिएभन्दा बढी भाडा नलिएको र क्षमता भन्दा बढी यात्रु नबोकेको सुनिश्चितता गर्ने। यस अतिरिक्त चाडपर्वको अवसरमा सञ्चालन हुने यातायात साधनको अवस्था सम्बन्धमा छड्के रूपमा प्राविधिक परीक्षण गरी सवारी साधनको अवस्था दुरुस्त रहे नरहेको जाँच पड्ताल गर्ने प्रबन्ध मिलाउने।

५. पशुसेवा विभाग र मातहतका कार्यालयहरूले हाटबजार तथा स्थानीस्तरमा हुने पशुपन्छी खरिद बिक्रीको अनुगमन गरी त्यसरी बिक्री वितरण भइरहेका पशुपन्छीहरू स्वस्थ रहेको सुनिश्चितता गर्ने।

६. कृषि विभाग तथा कृषि ज्ञानकेन्द्रले तरकारी तथा फलफूलको थोक तथा खुद्रा बिक्री केन्द्रको निरीक्षण गरी विषादी रहित तरकारी तथा फलफूल मात्र बिक्री वितरणको सुनिश्चितता मिलाउने । तरकारी तथा फलफूलमा जथाभावी विषादी मिसाउने उपर कडा कानुनी कारबाही गर्ने।

७. बजारमा बिक्रीका लागि राखिएका माल वस्तुको तोकिए बमोजिमको गुणस्तर छ छैन र प्रयोगमा रहेका नापतौल उपकरणहरू मान्यता प्राप्त छन् रछैनन् अनुगमन गरी गुणस्तरीय आपूर्तिको सुनिश्चितता गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजकत्वमा नेपाल गुणस्तर तथा नापतौल विभागले अनुगमन गर्ने।

८. राजमार्ग तथा प्रमुख शहरी केन्द्रमा सञ्चालित होटल तथा रेष्टुरेन्ट व्यवसायले बिक्रीका लागि राखेको तयारी खाद्य वस्तु खानयोग्य र स्वस्थकर छ छैन भन्ने विषयमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजकत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सघन अनुगमन गर्ने।

९. बजारमा डेंगु तथा कोभिड १९ लगायतका रोगहरूसँग जुध्नको लागि अत्यावश्यक मानिएका आधारभूत औषधिहरूको पर्याप्त उत्पादन, सहज आपूर्ति र विक्री वितरणको सुनिश्चितता गर्नस्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागले संयुक्त रूपमा अनुगमन गर्ने।

१०. चाडपर्वको बेलामा बजारमा हुनसक्ने भीडभाडसँगै चोरी, लुटपाट जस्ता गतिविधिलाई पूर्ण नियन्त्रणमा राख्न संवेदनशील क्षेत्रमा अतिरिक्त संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुका साथै आम नागरिकलाई समेत सजग र सचेत गराउन गृह मन्त्रालय र मातहतका जिल्ला प्रशासन कार्यालयहरूले चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने । कहीं कतै अवाञ्छित गतिविधि हुन लागेमा नजिकको प्रहरी वा प्रहरीको टोलफ्री नम्बर १०० मा फोन गर्न आम जनतालाई अनुरोध गर्ने।

११. बजार अनुगमन र उपभोक्ताको हित संरक्षणका लागि सबै प्रदेश सरकार तथा स्थानीय तहलाई पूर्ण परिचालन गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने।

१२. सरकारले चाडपर्वहरूलाई लक्षितगरी खोलेको सहुलियत पसलहरूबाट बढी भन्दा बढी सर्वसाधारणले लाभ लिनसक्ने गरी प्रबन्ध मिलाउने तथा यसको आवश्यक प्रचार प्रसार गर्ने कार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मिलाउने।

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला मंगलबार, असोज २०, २०८३
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्