• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रिय सभा अध्यक्षको पत्राचार: ‘असम्बन्धित पक्ष’को ‘बेतुक’को सक्रियता!

64x64
किशोर दहाल सोमबार, असोज १०, २०७९  १७:२८
1140x725
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना (फाइल तस्बिर)

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो सचिवालयमार्फत् असोज ६ गते निर्वाचन आयोगलाई पत्र पठाएर सोधे- प्रतिनिधि सभाका पदाधिकारी तथा सदस्यहरुको कार्यावधि कहिलेसम्म हो? प्रतिनिधि सभाका पदाधिकारी अर्थात् सभामुख र उपसभामुखको कार्यवधिबारे यसरी चासो राखेर राष्ट्रिय सभाका अध्यक्षले पत्राचार गर्दै सक्रियता देखाएको घटना नेपालको संसदीय इतिहासमा सम्भवतः पहिलो हो।

सभामुख/उपसभामुखको कार्यावधि कहिलेसम्म कायम रहने भनेर आम रुपमै बहस भइरहेको छ। पक्ष र विपक्षमा धारणा सार्वजनिक भइरहेकै छ। यसै सन्दर्भमा सर्वोच्च अदालतमा रिट समेत परेको छ। जुन विचाराधीन छ। तर, सर्वोच्च अदालतबाट कुनै निर्णय नआउँदै अध्यक्ष तिमिल्सिना अघि बढेका हुन्। जबकि, सभामुख/उपसभामुखको कार्यावधि कहिलेसम्म कायम रहने भन्ने विषयले अध्यक्ष तिमिल्सिनाको दैनिक कार्यमा कुनै किसिमको फरक पर्दैन।

सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले राष्ट्रिय सभाका अध्यक्षको यस किसिमको पत्राचार र सक्रियतालाई खेदजनक र कानुन विपरीत भएको प्रतिक्रिया दिएको छ। संविधान र कानुनले निर्दिष्ट गरेको क्षेत्राधिकारभन्दा बाहिर जाने अधिकार कसैलाई नभएको सचिवालयको भनाइ छ। ‘क्षेत्राधिकारभन्दा बाहिर गएर अर्थहीन र गैरकानुनी क्रियाकलाप जारी राख्ने, पत्र लेख्ने काम गरिएको छ। यो त अति खराब काम हो। यसले उनको पद, मर्यादा, गरिमा, आचार सबैमा प्रश्न खडा गरेको छ,’ सचिवालयका एक जना सदस्यले भने।

सचिवालयले सभामुखको कार्यावधिको विषयमा चासो राख्ने वा त्यसका लागि कुनै भूमिका खेल्ने पक्ष राष्ट्रिय सभा अध्यक्ष नभएको पनि बताएको छ। ‘जुन विषय अदालतमा गइसक्यो र विचाराधीन छ। त्यस विषयमा असम्बन्धित व्यक्ति, पक्षबाट हुने पत्राचार र टीकाटिप्पणी नै हास्यास्पद छ। यो क्षेत्राधिकारभन्दा बाहिरको र पदको दुरुपयोग हो,’ ती सदस्यले भने।

फरकफरक सदनको नेतृत्व गरिरहेका सभामुख अग्निप्रसाद सापकोटा र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको बीचमा पहिल्यैदेखि असमझदारी थियो। त्यो मूलतः उनीहरुको व्यक्तित्वको कारणभन्दा पनि तत्कालीन पार्टी नेकपाभित्रको विवाद र पक्षधरका कारण सिर्जना भएको घटनाक्रमले देखिन्छ। तत्कालीन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सापकोटालाई सभामुख बनाउन नचाहेको, सापकोटा संवैधानिक परिषद्को बैठकमा सहभागी नभएको, संघीय संसद् सचिवालयको महासचिव नियुक्ति, संसदीय सुनुवाइका लागि आएका सिफारिस सभामुखबाट फिर्ता र अध्यक्षबाट प्रतिक्रिया लगायतका अनेक सन्दर्भहरु तत्कालीन पार्टीभित्रको विवाद र उनीहरु दुईबीचको असझदारीलाई बुझ्न सकिने पृष्ठभूमि हुन्।

तिमिल्सिनाको पछिल्लो सक्रियता पनि विगत र वर्तमानको पार्टीगत सम्बन्धकै सिलसिला होइन भन्न सकिन्न। पूर्वसभामुख दमननाथ ढुंगाना त अध्यक्ष तिमिल्सिनाले उनले निकटता राख्ने पार्टी एमालेको आदेशमा यस किसिमिले पत्राचार गरेको र सक्रियता देखाएको बताए। ‘संविधानअनुसार त्यसरी पत्र काट्नै पाइँदैन। अर्को कुरा, यो दश/पन्ध्र दिनमा के नै हुन्थ्यो र? सभामुख र उपसभामुखले त्यहाँका सबै धन सम्पत्ति बोकेर हिँड्ने त होइन होला। यो पार्टी निर्देशनमा काटिएको पत्र हो,’ नेपाल लाइभसँग उनले भने।

सभामुख सचिवालयको बुझाइ पनि त्यस्तै छ- ‘उहाँले एमालेको लाइन पक्रेर काम गरेको हो। यो गैरसंवैधानिक, गैरकानुनी, हास्यास्पद, क्षेत्राधिकारभन्दा बाहिर गएर गरिएको अनावश्यक, बेतुक र बिना अर्थको सक्रियता हो।’

तिमिल्सिनाले सचिवालयमार्फत् आयोगलाई पठाएको पत्रको जवाफ पाएपछि संसद् सचिवालयका महासचिवलाई पनि पत्राचार गरेका थिए। पत्रमा असोज ५ गतेको संसद् सचिवालयको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले गरेका निर्णय कार्यान्वयन गराउन उपयुक्त नदेखिएको भन्दै सोही बमोजिम गर्न निर्देशन गरिएको छ। पत्रमा उनले सभामुखको कार्यावधि सकिएको आशय पनि व्यक्त गरेका छन्।

Ncell 2
Ncell 2

संसद् सचिवालयको महासचिवलाई पठाएइएको पत्रमा भनिएको छ- ‘...२०७४ सालमा प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिक निर्वाचन प्रणाली बमोजिम उम्मेदवारको बन्दसूची पेस हुने अघिल्लो दिनसम्ममात्र व्यवस्थापिका संसद् कायम रहेको विगतको अभ्यास रहेको निर्वाचन आयोगबाट निर्वाचनको सघन रूपमा तयारी भइरहेको सन्दर्भ समेतलाई आधारमा मानी प्रतिनिधि सभाका सदस्य तथा पदाधिकारीको कार्यविधि नेपालको संविधान प्रचलित कानुन र विगतको अभ्यास बमोजिम निश्चय हुने व्यहोरा प्राप्त भएको...।’

व्यवस्थापन समितिको बैठकको विषयमा सापकोटा र तिमिल्सिना दुवै पक्षको आ-आफ्नै दाबी छ। सापकोटाको सचिवालयले गत पुसदेखि तिमिल्सिनाले बैठक बस्न अवरोध गरेको बताएको छ। बैठक बस्न नसक्दा सरुवा, बढुवा र वृत्ति विकास लगायतका थुप्रै काम रोकिएको र त्यसलाई तिमिल्सिनाले फुकाउन नचाहेको सचिवालयको भनाइ छ। अर्कोतिर, तिमिल्सिनाको सचिवालयले भने बैठक नबस्दा पनि कुनै काम नरोकिएको बताएको छ। ‘असोज ५ गते जे निर्णय भएका छन्, ती पहिल्यै कार्यान्वयन भइसकेका छन्। माघमै कर्मचारीहरु आएर काम गरिरहेका छन्। अहिले निर्णय नगर्दा उनीहरुले हाजिर नै गर्न नपाउने स्थिति होइन। अध्ययन बिदा स्वीकृति लगायतका निर्णय पनि गरिएका थिए। जबकि उनीहरु पढ्न गइसके,’ तिमिल्सिनाका प्रेस सल्लाहकार अशोक पौडेलले भने।

अध्यक्ष तिमिल्सिनाले अहिले बैठक नगर्नुस् भन्दाभन्दै सभामुखले बैठक राखेको पौडेलको भनाइ छ। ‘राष्ट्रिय सभा अध्यक्षज्यू जिल्लातिर भएका बेलामा सचिवालयमा एउटा चिठी पठाएर उहाँले बैठक आह्वान गर्नुभयो। निर्णय पनि गर्नुभयो। जबकि, यसअघि सहमतिबेगर संसद् सचिवालयको बैठक बसेका थिएनन्। निर्णय पनि भएका थिएनन्,’ उनले भने।

आयोगलाई पठाइएको पत्र पनि यही पृष्ठभूमिसँग सम्बन्धित भएको पौडेलको तर्क छ। ‘सभामुखले संसद् सचिवालय व्यवस्थापन समितिको बैठक गरेको र उहाँको कार्यकालको विषयलाई लिएर फरकफरक धारणा व्यक्त भइरहेका कारण निर्वाचन आयोगले के भन्छ? भनेर राय लिने हिसाबले सोध्नुभएको हो। उहाँ (सभामुखको) को पद खारेज गर्दे भनेर आयोगलाई लेखेको होइन। पत्रमा हेर्न सकिन्छ, उहाँको कार्यकाल के हो भनेर सोधिएको छ। व्यवस्थापन समितिको बैठकको हिसाबले चासो परेको हो। अन्य कुराले होइन,’ उनले भने।

तिमिल्सिनामाथि अहिलेको सक्रियतालाई जोडेर गरिएको अर्को आकलन पनि गरिएको छ। खासगरी महाभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा निलम्बित छन्। उनी सर्वोच्च अदालत फर्किने चेष्टा पनि गरिरहेका छन्। तर, संसद् सचिवालयबाट निलम्बन फुकुवाको पत्र नगई उनले हाजिर गर्न पाउने स्थिति सामान्य अवस्थामा देखिँदैन। एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीमाथिको महाभियोग स्वतः अन्त्य भएको धारणा सार्वजनिक गरिसकेका छन्। यस्तो स्थितिमा ओली निकटका तिमिल्सिनाले सभामुखको कार्यावधि सकिएको पुष्टि गराउन सके राणा सर्वोच्च फर्किने वातावरण बनाउन सकिन्थ्यो कि भनेर प्रयत्न थालेको हुनसक्छ।

‘एक्लै (सभामुख नभएको स्थिति) भएँ भने प्रधानन्यायाधीशलाई फुकुवाको पत्र पठाउन सक्छु कि भन्ने चाहना होला,’ सभामुखको सचिवालयले भन्यो, ‘हुन त, महाभियोग सिफारिस समितिको प्रतिवेदन बुझेर अर्को सभामा पेश गर्ने व्यवस्था मिलाउनु भनेर तोक लगाइएको अवस्था छ। त्यसैले फुकुवा गराउन त मिल्दैन।’

सम्बन्धित पत्रहरु पढ्नुहोस्:

 

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १७:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
दार्चुला पुगे बालेन, समर्थकको घुइँचो रास्वपाका वरिष्ठ नेता साह तीन दिनअघि काठमाडौँबाट पश्चिम तराईतर्फ प्रस्थान गरेका थिए। बर्दियामा विभिन्न भेटघाट सकेपछि उनी सुदूरपश्चिम... बुधबार, माघ १४, २०८२
सर्लाहीबाट गगनले भने- मधेशको जेठो छोरा कांग्रेस भएकाले सेवा गर्न म झरेँ आज सर्लाही ४ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै मधेश कांग्रेसको जन्मभूमि भएको जिकिर गरे। बुधबार, माघ १४, २०८२
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह बुधबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले वर्तमान परिस्थितिमा कम्युनिस्ट शक्तिहरू... बुधबार, माघ १४, २०८२
ताजा समाचारसबै
ट्वान्टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट बुधबार, माघ १४, २०८२
दार्चुला पुगे बालेन, समर्थकको घुइँचो बुधबार, माघ १४, २०८२
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार बुधबार, माघ १४, २०८२
सर्लाहीबाट गगनले भने- मधेशको जेठो छोरा कांग्रेस भएकाले सेवा गर्न म झरेँ बुधबार, माघ १४, २०८२
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्