• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रिय सभा अध्यक्षको पत्राचार: ‘असम्बन्धित पक्ष’को ‘बेतुक’को सक्रियता!

64x64
किशोर दहाल सोमबार, असोज १०, २०७९  १७:२८
1140x725
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना (फाइल तस्बिर)

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो सचिवालयमार्फत् असोज ६ गते निर्वाचन आयोगलाई पत्र पठाएर सोधे- प्रतिनिधि सभाका पदाधिकारी तथा सदस्यहरुको कार्यावधि कहिलेसम्म हो? प्रतिनिधि सभाका पदाधिकारी अर्थात् सभामुख र उपसभामुखको कार्यवधिबारे यसरी चासो राखेर राष्ट्रिय सभाका अध्यक्षले पत्राचार गर्दै सक्रियता देखाएको घटना नेपालको संसदीय इतिहासमा सम्भवतः पहिलो हो।

सभामुख/उपसभामुखको कार्यावधि कहिलेसम्म कायम रहने भनेर आम रुपमै बहस भइरहेको छ। पक्ष र विपक्षमा धारणा सार्वजनिक भइरहेकै छ। यसै सन्दर्भमा सर्वोच्च अदालतमा रिट समेत परेको छ। जुन विचाराधीन छ। तर, सर्वोच्च अदालतबाट कुनै निर्णय नआउँदै अध्यक्ष तिमिल्सिना अघि बढेका हुन्। जबकि, सभामुख/उपसभामुखको कार्यावधि कहिलेसम्म कायम रहने भन्ने विषयले अध्यक्ष तिमिल्सिनाको दैनिक कार्यमा कुनै किसिमको फरक पर्दैन।

सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले राष्ट्रिय सभाका अध्यक्षको यस किसिमको पत्राचार र सक्रियतालाई खेदजनक र कानुन विपरीत भएको प्रतिक्रिया दिएको छ। संविधान र कानुनले निर्दिष्ट गरेको क्षेत्राधिकारभन्दा बाहिर जाने अधिकार कसैलाई नभएको सचिवालयको भनाइ छ। ‘क्षेत्राधिकारभन्दा बाहिर गएर अर्थहीन र गैरकानुनी क्रियाकलाप जारी राख्ने, पत्र लेख्ने काम गरिएको छ। यो त अति खराब काम हो। यसले उनको पद, मर्यादा, गरिमा, आचार सबैमा प्रश्न खडा गरेको छ,’ सचिवालयका एक जना सदस्यले भने।

सचिवालयले सभामुखको कार्यावधिको विषयमा चासो राख्ने वा त्यसका लागि कुनै भूमिका खेल्ने पक्ष राष्ट्रिय सभा अध्यक्ष नभएको पनि बताएको छ। ‘जुन विषय अदालतमा गइसक्यो र विचाराधीन छ। त्यस विषयमा असम्बन्धित व्यक्ति, पक्षबाट हुने पत्राचार र टीकाटिप्पणी नै हास्यास्पद छ। यो क्षेत्राधिकारभन्दा बाहिरको र पदको दुरुपयोग हो,’ ती सदस्यले भने।

फरकफरक सदनको नेतृत्व गरिरहेका सभामुख अग्निप्रसाद सापकोटा र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको बीचमा पहिल्यैदेखि असमझदारी थियो। त्यो मूलतः उनीहरुको व्यक्तित्वको कारणभन्दा पनि तत्कालीन पार्टी नेकपाभित्रको विवाद र पक्षधरका कारण सिर्जना भएको घटनाक्रमले देखिन्छ। तत्कालीन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सापकोटालाई सभामुख बनाउन नचाहेको, सापकोटा संवैधानिक परिषद्को बैठकमा सहभागी नभएको, संघीय संसद् सचिवालयको महासचिव नियुक्ति, संसदीय सुनुवाइका लागि आएका सिफारिस सभामुखबाट फिर्ता र अध्यक्षबाट प्रतिक्रिया लगायतका अनेक सन्दर्भहरु तत्कालीन पार्टीभित्रको विवाद र उनीहरु दुईबीचको असझदारीलाई बुझ्न सकिने पृष्ठभूमि हुन्।

तिमिल्सिनाको पछिल्लो सक्रियता पनि विगत र वर्तमानको पार्टीगत सम्बन्धकै सिलसिला होइन भन्न सकिन्न। पूर्वसभामुख दमननाथ ढुंगाना त अध्यक्ष तिमिल्सिनाले उनले निकटता राख्ने पार्टी एमालेको आदेशमा यस किसिमिले पत्राचार गरेको र सक्रियता देखाएको बताए। ‘संविधानअनुसार त्यसरी पत्र काट्नै पाइँदैन। अर्को कुरा, यो दश/पन्ध्र दिनमा के नै हुन्थ्यो र? सभामुख र उपसभामुखले त्यहाँका सबै धन सम्पत्ति बोकेर हिँड्ने त होइन होला। यो पार्टी निर्देशनमा काटिएको पत्र हो,’ नेपाल लाइभसँग उनले भने।

सभामुख सचिवालयको बुझाइ पनि त्यस्तै छ- ‘उहाँले एमालेको लाइन पक्रेर काम गरेको हो। यो गैरसंवैधानिक, गैरकानुनी, हास्यास्पद, क्षेत्राधिकारभन्दा बाहिर गएर गरिएको अनावश्यक, बेतुक र बिना अर्थको सक्रियता हो।’

तिमिल्सिनाले सचिवालयमार्फत् आयोगलाई पठाएको पत्रको जवाफ पाएपछि संसद् सचिवालयका महासचिवलाई पनि पत्राचार गरेका थिए। पत्रमा असोज ५ गतेको संसद् सचिवालयको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले गरेका निर्णय कार्यान्वयन गराउन उपयुक्त नदेखिएको भन्दै सोही बमोजिम गर्न निर्देशन गरिएको छ। पत्रमा उनले सभामुखको कार्यावधि सकिएको आशय पनि व्यक्त गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

संसद् सचिवालयको महासचिवलाई पठाएइएको पत्रमा भनिएको छ- ‘...२०७४ सालमा प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिक निर्वाचन प्रणाली बमोजिम उम्मेदवारको बन्दसूची पेस हुने अघिल्लो दिनसम्ममात्र व्यवस्थापिका संसद् कायम रहेको विगतको अभ्यास रहेको निर्वाचन आयोगबाट निर्वाचनको सघन रूपमा तयारी भइरहेको सन्दर्भ समेतलाई आधारमा मानी प्रतिनिधि सभाका सदस्य तथा पदाधिकारीको कार्यविधि नेपालको संविधान प्रचलित कानुन र विगतको अभ्यास बमोजिम निश्चय हुने व्यहोरा प्राप्त भएको...।’

व्यवस्थापन समितिको बैठकको विषयमा सापकोटा र तिमिल्सिना दुवै पक्षको आ-आफ्नै दाबी छ। सापकोटाको सचिवालयले गत पुसदेखि तिमिल्सिनाले बैठक बस्न अवरोध गरेको बताएको छ। बैठक बस्न नसक्दा सरुवा, बढुवा र वृत्ति विकास लगायतका थुप्रै काम रोकिएको र त्यसलाई तिमिल्सिनाले फुकाउन नचाहेको सचिवालयको भनाइ छ। अर्कोतिर, तिमिल्सिनाको सचिवालयले भने बैठक नबस्दा पनि कुनै काम नरोकिएको बताएको छ। ‘असोज ५ गते जे निर्णय भएका छन्, ती पहिल्यै कार्यान्वयन भइसकेका छन्। माघमै कर्मचारीहरु आएर काम गरिरहेका छन्। अहिले निर्णय नगर्दा उनीहरुले हाजिर नै गर्न नपाउने स्थिति होइन। अध्ययन बिदा स्वीकृति लगायतका निर्णय पनि गरिएका थिए। जबकि उनीहरु पढ्न गइसके,’ तिमिल्सिनाका प्रेस सल्लाहकार अशोक पौडेलले भने।

अध्यक्ष तिमिल्सिनाले अहिले बैठक नगर्नुस् भन्दाभन्दै सभामुखले बैठक राखेको पौडेलको भनाइ छ। ‘राष्ट्रिय सभा अध्यक्षज्यू जिल्लातिर भएका बेलामा सचिवालयमा एउटा चिठी पठाएर उहाँले बैठक आह्वान गर्नुभयो। निर्णय पनि गर्नुभयो। जबकि, यसअघि सहमतिबेगर संसद् सचिवालयको बैठक बसेका थिएनन्। निर्णय पनि भएका थिएनन्,’ उनले भने।

आयोगलाई पठाइएको पत्र पनि यही पृष्ठभूमिसँग सम्बन्धित भएको पौडेलको तर्क छ। ‘सभामुखले संसद् सचिवालय व्यवस्थापन समितिको बैठक गरेको र उहाँको कार्यकालको विषयलाई लिएर फरकफरक धारणा व्यक्त भइरहेका कारण निर्वाचन आयोगले के भन्छ? भनेर राय लिने हिसाबले सोध्नुभएको हो। उहाँ (सभामुखको) को पद खारेज गर्दे भनेर आयोगलाई लेखेको होइन। पत्रमा हेर्न सकिन्छ, उहाँको कार्यकाल के हो भनेर सोधिएको छ। व्यवस्थापन समितिको बैठकको हिसाबले चासो परेको हो। अन्य कुराले होइन,’ उनले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तिमिल्सिनामाथि अहिलेको सक्रियतालाई जोडेर गरिएको अर्को आकलन पनि गरिएको छ। खासगरी महाभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा निलम्बित छन्। उनी सर्वोच्च अदालत फर्किने चेष्टा पनि गरिरहेका छन्। तर, संसद् सचिवालयबाट निलम्बन फुकुवाको पत्र नगई उनले हाजिर गर्न पाउने स्थिति सामान्य अवस्थामा देखिँदैन। एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीमाथिको महाभियोग स्वतः अन्त्य भएको धारणा सार्वजनिक गरिसकेका छन्। यस्तो स्थितिमा ओली निकटका तिमिल्सिनाले सभामुखको कार्यावधि सकिएको पुष्टि गराउन सके राणा सर्वोच्च फर्किने वातावरण बनाउन सकिन्थ्यो कि भनेर प्रयत्न थालेको हुनसक्छ।

‘एक्लै (सभामुख नभएको स्थिति) भएँ भने प्रधानन्यायाधीशलाई फुकुवाको पत्र पठाउन सक्छु कि भन्ने चाहना होला,’ सभामुखको सचिवालयले भन्यो, ‘हुन त, महाभियोग सिफारिस समितिको प्रतिवेदन बुझेर अर्को सभामा पेश गर्ने व्यवस्था मिलाउनु भनेर तोक लगाइएको अवस्था छ। त्यसैले फुकुवा गराउन त मिल्दैन।’

सम्बन्धित पत्रहरु पढ्नुहोस्:

 

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १७:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति सहमति अनुसार श्रेष्ठसम्बन्धी विषय प्रेस काउन्सिल नेपालमा लगिनेछ। त्यस्तै, पन्तले पनि श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमा पोस्ट नगर्ने सह... शनिबार, असोज ३१, २०८३
एक लाख ८७ हजार मतदाता थपिए यो गत चैत २२ देखि भदौ १५ गतेसम्मको विवरण हो । शनिबार, असोज ३१, २०८३
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी नेपाली सेनाद्वारा आयोजित फूलपाती बढाइँ समारोह–२०८३ मा राष्ट्रपति पौडेललाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो। राष्ट्रपति नेपाली से... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
एक लाख ८७ हजार मतदाता थपिए शनिबार, असोज ३१, २०८३
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्