• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २, २०८३ Wed, Apr 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

सडक दुर्घटना नियन्त्रणका लागि सरकारी प्रतिबद्धता खै?

डा पुष्पराज पन्त  बिहीबार, असोज २०, २०७९  १३:४८
1140x725
मकवानपुरको भीमफेदी (जुरिखेत) मा बुधबार भएको सवारी दुर्घटना।

बिहीबार (२२ सेप्टेम्बर २०२२) का दिन मकवानपुरको भीमफेदी तथा रुकुम पूर्वमा भएका दुई छुट्टा–छुट्टै बस दुर्घटनामा परि कम्तीमा १२ जनाको ज्यान गएको छ भने ३८ जना घाइते भएका छन्।  वर्षायाम नसकिँदै नेपालीहरुका प्रमुख चाडबाडको सिजन सुरु भएकाले आउँदा दिनहरुमा यस्ता दुर्घटनाका खबरहरु हरेक दिनजसो आउने अनुमान गर्न सकिन्छ।  

मकवानपुरको भीमफेदीमा भएको दुर्घटनामा बहुपक्षीय त्रुटिहरू छन्। प्राप्त समाचारहरुमा साँघुरो सडकको ओरालो घुम्तीमा ब्रेक नलागेर मिनीबस ५० मिटर तल खस्दा उक्त दुर्घटना भएको बताइएको छ।  रुकुम पूर्वमा चाहिँ बसको पछाडिको चक्का खाल्डोमा परेको देखिएको र अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको आशंका रहेको समाचारहरुमा उद्धृत गरिएको छ ।

Pant1663926645.jpg

डा पुष्पराज पन्त

भीमफेदी-जुरिखेत-काठमाडौंको बाटो पूर्ण रुपमा स्तरोन्नति नगरी यात्रुबाहक बस चलाउन मिल्ने खालको बाटो नै होइन। त्यसमा बस संचालन अनुमति दिने प्रक्रिया र मापदण्डहरू के कसरी र कुन कानुनअनुसार बनाइएका हुन्, त्यस विषयमा प्रदेश सरकारको पूर्वाधार विकास मन्त्रालय र सम्बन्धित यातायात व्यवस्था अधिकारीहरू जवाफदेही हुनु पर्दछ। त्यस अतिरिक्त यस जोखिमपूर्ण सडकमा संचालन हुने बसको यान्त्रिक अवस्था दुरूस्त थियो र वाहनको नियमित जाँच गरिएको थियो भन्ने सुनिश्चित गर्ने दायित्व संचालकको पनि हो। साथै, चालकको शारीरिक र मानसिक स्वास्थ्य अवस्था के कस्तो थियो ? चालकले राम्रोसँग आँखा देख्न सक्छन् वा कुनै किसिमको मादक पदार्थ सेवन गरेका थिए वा बसको क्षमताभन्दा अत्यधिक भार बोकेका कारणले हो वा तत्कालको मौसमी अवस्थाका कारण उक्त दुर्घटना हुन गएको भन्ने कुराको विस्तृत छानबिन गरी सम्बन्धित दोषीलाई प्रदेशस्तरीय यातायात व्यवस्थापन ऐन अनुसार कारबाहीको सुनिश्चितता चाहिएको छ। यस प्रकारको छानबिनका आधारमा भविष्यमा दुर्घटना दोहोरिनबाट कसरी जोगाउने भन्ने विषयमा प्रणालीगत सुधार गर्नेतर्फ तत्काल संघ र प्रदेशस्तरीय संयन्त्र सकृय हुनुपर्दछ।

‘ज्यान गुमाउनेको संख्यामा तेब्बर वृद्धि’
सरकारी तथ्यांकअनुसार नेपालमा औषतमा दैनिक ४० दुर्घटना हुने र तिनमा ७० सवारी साधनको संलग्नता रहने गर्छ। यी दुर्घटनाहरूमा लगभग  ३ हजार जनाको मृत्यु र १५ हजार घाइते हुने गरेको तथ्यांक देखिए पनि विश्व स्वास्थ्य संगठनले नेपालमा वर्षेनी ५ हजार जनाको सडक दुर्घटनामा मृत्यु हुने र करीब १ लाखको हाराहारीमा घाइते हुने जनाएको छ।

ट्राफिक प्रहरीको तथ्यांकअनुसार नेपालमा रेकर्ड गरिएका सडक दुर्घटनाहरूमध्ये आधा जति राजमार्गहरूमा भएका थिए भने ३७ प्रतिशत सहरी सडकमा र जम्मा १२ प्रतिशत दुर्घटनाहरू ग्रामीण सडकमा भएको देखिन्छ। विगत १५ वर्षयता सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या तेब्बर वृद्धि भएको छ। संयुक्त राष्ट्र संघले निर्दिष्ट गरेको दीगो विकासका लक्ष्यअनुसार आगामी ८ वर्षमा यस संख्यालाई आधा बनाउनुपर्ने चुनौति एकातिर छ भने राजनीतिक प्रतिबद्धताको अभावमा यो विषय लामो समयदेखि उपेक्षित छ।

Accident_death_graph1663925353.jpg
 
त्यसमध्ये मोटरसाइकलहरूको संख्या सबैभन्दा बढी, ४० प्रतिशतको हाराहारीमा, छ भने साना चारपाङ्ग्रे जीप, कारको संख्या लगभग ३० प्रतिशत छ। दुर्घटनामा संलग्न पैदलयात्रीको यकीन संख्या थाहा नभए पनि दुर्घटनामा परेका मध्ये ३ प्रतिशतभन्दा बढी साइकल जस्ता शारीरिक शक्तिले चल्ने साधनहरूको संख्या ४५० जतिको रेकर्ड पाइन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

Accident_Vehicle_Graph1663925353.jpg
 
अर्कोतर्फ देशभर रेकर्ड भएका दुर्घटनाहरूका विभिन्न खालका सवारी साधनहरूका चालकहरूको उमेर समूहलाई हेर्दा के देखिन्छ भने दुर्घटनामा परेका एक तिहाइ चालकहरू १६ वर्ष देखि २४ वर्षका युवायुवतीहरू हुन्छन्। दुर्घटनामा पर्ने मोटरसाइकलको ठूलो संख्यालाई हेर्दा अधिकांश मोटरसाइकल चालकहरू हुनु पर्दछ। तर कतिपय ठूला वाहनहरू पनि कलिला उमेरका चालकहरूले चलाएको पाइन्छ।

Accident_Driver_age_Group_n1663925507.jpg

दुर्घटनाका सम्भावित कारण र समाधानका उपायहरू
सडक दुर्घटनालाई सतहमा देखिनेकारणहरू र दुर्घटनाका लागि जिम्मेवार प्रणालीगत वा सूक्ष्म कारणहरू गरी दुई किसिमले विश्लेषण गर्न सकिन्छ। दुर्घटनाका लागि जिम्मेवार र तत्काल देखिने कारणहरूलाई सम्बोधन गर्दा समस्या तत्कालको लागि  नियन्त्रण गर्न मद्दत पुगे तापनि तिनले दीगो परिणाम दिंदैनन् भन्ने तथ्य नेपालमा दोहोरिइरहेका ठूला सडक दुर्घटनाहरूले पुष्टि गर्दछन्। 

नेपालमा सार्वजनिक यातायात सेवाको संचालन निजी क्षेत्रबाट भइरहेकोले राज्यले पनि एकतर्फी कानुन बनाएर वा निर्णय थोपर्ने भन्दा निजी क्षेत्रलाई एक महत्वपूर्ण साझेदारको रूपमा सँगै सहकार्य गरी यसलाई व्यवस्थापनमा सहयोग याचना गरे मात्र यसले प्रतिफल दिने छ।

उक्त संयन्त्रले निम्नलिखित समस्याको सम्बोधन गर्नु पर्दछः

  • सडक निर्माण गर्दा सुरक्षाका उपायहरुको अवलम्बन नहुनु , 
  • भारबहन, आवश्यकताअनुसार सवारी साधन नहुनु, प्रति सिटप्रति यात्रु नियम पालना नहुनु,
  • सडकको अवस्थाबारे बैज्ञानिक अध्ययन नै नगरी सडक इजाजत पत्र वितरण गर्नु,
  • सडक इजाजत पत्र वितरणपूर्व ट्राफिक प्रहरीको कुनै राय, सल्लाह, सुझाव नलिनु,
  • प्रचलित सवारी चालक अनुमति पत्र परीक्षाको प्रकृयाको मापदण्ड वैज्ञानिक नहुनु,
  • चालकको दक्षतामा कमी, नक्कली सवारी चालक अनुमती पत्रको प्रयोग,
  • एउटै सवारी चालकले पटक–पटक दुर्घटना गर्दा पनि पुनः सवारी चलाउन दिइनु,
  • सवारी चालक अनुमति पत्र प्राप्त गर्ने सन्दर्भमा व्यापक अनियमितता हुनु, 
  • ड्राइभिङ स्कुलहरुको उचित मापदण्ड निर्धारण तथा प्रभावकारी अनुगमनको व्यवस्था नहुनु,
  • बढ्दो सडक सञ्जाल, यातायातका साधनहरू, र सडक प्रयोगकर्ताहरूको संख्या र सडक दुर्घटनाका जोखिमहरूलाई ध्यानमा राखेर त्यस अनुरूप चाहिने संयन्त्र, जनशक्ति, स्रोत र साधनको उचित व्यवस्था नहुनु, 
  • राष्ट्रिय सडक सुरक्षा रणनीति र शक्तिसम्पन्न सडक सुरक्षा बोर्डको अभाव।

(ब्रिटेनको ब्रिस्टलस्थित युनिभर्सिटी अफ वेस्ट इङ्गल्याण्डमा रिसर्च फेलो रहिसकेका  डा पन्त NIHR Global Health Research Group on Injury Research Nepal सँग आबद्ध छन्।)

नेपाललाइभ आर्काइभबाट
 

प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९  १३:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान बुधबार, वैशाख २, २०८३
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन बुधबार, वैशाख २, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
०६२ यताका उच्चपदस्थ कर्मचारी र राजनीतिक पदाधिकारीको सम्पत्ति जाँचबुझ गर्न आयोग गठन बुधबार, वैशाख २, २०८३
प्रधानमन्त्री बालेनद्वारा समानुपातिक सांसदहरूसँग छलफल बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने मंगलबार, वैशाख १, २०८३
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चद्वारा अस्वीकार बुधबार, वैशाख २, २०८३
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु मंगलबार, वैशाख १, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्