• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

वर्गीय अर्थतन्त्र सुधार

जेसन देव बैद्य शनिबार, असोज १, २०७९  १८:०५
1140x725

कुनै समय ‘चार जात छत्तीस वर्णको साझा फूलबारी’ भनिने यो सुन्दर देश र यस देशका हामी बासिन्दा हौं भन्दा मनभित्र असहज महसुस गर्छु। आज समाजको समस्याहरू गिजोलिएको हेर्दा र झनझन गिजोलिँदै जाने क्रमलाई नियाल्दा, कसरी उँभो लगाउने र काम गर्न ढिलो हुँदै छ, भन्ने कुराको बोध हुन्छ। 

अपार समस्याहरू छन्, तर समाधान उन्मुख हुँदै गएको गतिलाई हेर्दा कहिले समाधान होला वा नहोला भन्न सकिन्न। जटिलता बढ्दो छ र समस्या थपिँदै छ। २०६२/६३ यता हेर्ने हो भने द्वन्द्वकालका समस्याहरू थपिए। जातीय र धार्मिक जस्ता संवेदनशील विषयहरूमा पनि द्वन्द्व सृजना हुँदै गए। हाम्रो व्यवस्थालाई नै धमिराले खाँदै गयो। हाम्रो आर्थिक र सामाजिक जग नै  कमसल बन्दै गयो। 

परिवारहरूभित्र नयाँ समस्याहरू उत्पत्ति हुँदै गइरहेका छन्। विकास हुँदै गए र  सँग–सँगै विकसित समस्याहरू पनि आउँदै गए। हाम्रा भर्खरका भाइ बहिनीहरू मानसिक बिरामी हुने क्रम बढ्दो छ। भुटानी, रोहिन्ज्यादेखि अफगानिस्तानका शरणार्थीहरूको समस्या थपिँदै आए। यी अथाह समस्याका सागर पार गर्न भावी नेतृत्वको काँधमा छ। 

अब आउने पाँचवर्ष हाम्रो देशको लागि, परिवारको लागि र हरेक नागरिकहरू सबैको लागि अत्यन्त महत्त्वपूर्ण समय हो र हाम्रो भविष्य निर्धारण गर्नेछ।

मानव जातिको विकास सँग–सँगै, मानिसहरूले आफ्नो जटिल, गाह्रो वा भारी कामहरूलाई सजिलो पार्न औजारहरू सृजना गर्दै आएका छन्। औजार प्रयोग गर्दै गर्दा विभिन्न अरू नयाँ औजारहरू आविष्कार हुँदै ज्यादाको फलस्वरूप आज हामी हरेकको हात हातमा औंलाले थिचेको भरमा चल्ने, विभिन्न औजार एकै ठाउँमा व्यवस्थित भएर आएका छन्।

यसै अवधारणालाई मध्य नजर गर्दै, समाजका समस्यालाई सुल्झाउन ‘सजिलो वातावरण’ सृजना गर्न सहयोग गर्न ‘अर्थतन्त्र अवस्था सुधार’ एउटा औजार हो भन्ने कुरामा म विश्वस्त छु। आजको हाम्रो समाजको आर्थिक अवस्था नै एउटा कारक हो जुन अरू समस्याहरू सँगै गाँसिएको हुन्छ। 

जब आर्थिक पाटो हामीले सुधार गर्छौं, गिजोलिएको गाँठो खुकुलो हुँदै जान्छ। जस्तै आफ्नो जुत्ताको फित्ता गाँठो पर्दा याद गर्नुभएको होला। जब एउटा भाग तानिन्छ, सबै खुकुलो भएर जान्छ। हो यसै गरी यो औजारले पनि यसरी नै काम गर्छ।

अर्थतन्त्रलाई औजार बनाएर काम गर्ने क्रममा, हामीले समाजलाई हेर्ने दृष्टिकोण फरक बनाउन जरुरी छ। अर्थतन्त्रले हेर्ने नजरले हेर्दा समाजलाई, आर्थिक आम्दानी र अवस्थाले, न्यून, मध्यम र उच्च आम्दानीको आधारमा तीन वर्ग वर्गीकरण गरिएको हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

हरेक वर्गले गर्ने काम, व्यापार व्यवसाय भिन्न खालको हुन्छ। आगामी दिनमा हाम्रा नीति र कामहरू वर्गहरूलाई केन्द्रित गर्दै लानुपर्छ। जुन वर्गको अर्थतन्त्र चालू गराउनुपर्ने हुन्छ। त्यसैलाई आधारित नीति तथा कार्यक्रम बनाउनुपर्छ। 

रोजगारी र अवसर सृजना गर्न सरकारले एन्ड्रोइड वा ओ.स. ए्यापमा प्लेटफर्म सञ्चालन गरी सेवाग्राही र सीपयुक्त सेवा प्रदायक व्यक्तिबीच जोड्न सकिन्छ र गैर नाफामूलक कमिसनरहित रोजगारी सृजना गर्ने संस्था बनाउन सकिन्छ। यसमा नागरिकहरूले आफूले दिने सेवा, गर्न सक्ने कामहरू जस्तै पल्मबिङ, बिजुलीको काम, रंग रोगन कार्य, कुक, सिकर्मी, आदिलाई दर्ता गरी राख्न सकिन्छ र सेवा चाहिनेहरूले त्यसबाट आफ्नो पायक पर्ने गरी सेवा लिन सकिन्छ। 

आफ्नो सीपबाट सेवा प्रदान गर्ने एउटा व्यक्तिले आफ्नो पूर्ण क्षमता अनुसार काम गर्न सकिन्छ। नयाँ प्रविधिलाई हालको ‘पठाओ’ ए्याप विकास गरी देशव्यापी उक्त वर्गले प्रभाव गर्ने सेवा सुविधा नागरिकहरूको हात हातमा पुर्‍याउन सकिन्छ। यो काममा लेनदेन प्रत्यक्ष सेवा प्रदायक र सेवाग्राहीबीच हुने गर्नुपर्छ। यसैले नै एक किसिमको आर्थिक चक्र स्वचालित गर्छ।

‘अर्थतन्त्र सुधार कार्यक्रम’ कार्यान्वयन गर्न र आफ्नो लक्ष्य प्राप्तिको लागि तीन समय अवधिमा कामलाई विभाजन गरी अघि बढौं– यथाशीघ्रका (पहिलो चरण), मध्यावधि र लामो समय अवधि (दीर्घकालीन)। पहिलो चरणमा गरिने केही कामहरूले दुई वर्ग, न्यून र मधमलाई आर्थिक अवस्था सुधार गर्न मदत पुर्‍याउने छ। यस वर्गभित्र पनि सहरी क्षेत्रमा र ग्रामीण भेगमा गर्ने कामहरू फरक किसिमको हुन्छ। यी दुवै ठाउँ राज्यले ठूला ठूला नीतिभन्दा स–साना कार्य योजना बनाउँदै लगे, उक्त वर्गको जीवन स्तर उकास्दै लान सकिन्छ। 

Xtrem

Xtrem

सहरी क्षेत्रमा माथि उल्लेख गरेको सीपमूलक क्षेत्रलाई व्यापक बजारीकरण गरे सो व्यवसायिहरुको आम्दानी बढ्दै जान्छ। ग्रामीण क्षेत्रमा ‘एक गाउँ एक उत्पादन’लाई साँच्चीकै यथार्थमा बदल्न अहिले अचुक मौका छ। नेपाली सेनालाई २०१८ मा काठमाडौं–निजगढ द्रुतमार्ग बनाउँदा काटिएका रुखहरूकाबापत, नेपाली सेनाले १ रुख बराबर अर्को २५ वटा रुख रोप्दा ती सबै फलफूलका रुख रोपिए हामीले आउने दिनमा फलफूल निर्यात गरिरहेका हुन्छौं। यो कामको लागि हामीले नेपाली सेनाको विकास निर्माण विभागलाई ध्यानाकर्षण गराएका थियौं। 

एक र एकलाई एघार बनाउन सक्ने ठाउँमा यस्तो काम गरौं। यी सबै गरी रहँदा हाम्रो आन्तरिक बजार व्यवस्थापनका कमजोरी  सुधार्न र निर्यात गर्ने बजार व्यवस्थापन गर्न उत्तिकै महत्त्वपूर्ण छ। गाउँ–गाउँमा साना उद्योग सञ्चालन हुन थाले त्यस वर्गमा पनि एउटा आर्थिक चक्र स्वचालित हुन्छ।

सहरी क्षेत्रमा काम लाग्ने सरकारी स्वामित्वका सम्पत्तिहरू यतिकै खाली खाली अवस्थामा छन्। ललितपुर क्षेत्र ३ मा खाली ९ वटा पुराना खाद्य संस्थानका गोदामलाई नयाँ उद्योग व्यवसाय स्थापना गर्न, सहुलियत बिजुली (सके सम्म वैकल्पिक ऊर्जा प्रयोग गरी) वैज्ञानिक फोहोर व्यवस्थापन, हरियाली क्षेत्र, वातावरणमैत्री नयाँ युगको औद्योगिक क्षेत्र निर्माण गर्ने। अहिलेको महँगाइमा आफैंले पूर्वाधार निर्माण गरेर उद्योग सञ्चालन गर्दा स्वदेशी उत्पादित वस्तुहरू आयातितको दाँजोमा महँगो पर्न गएको छ। पूर्वाधार बनाउन नपरे त्यो स्रोत आफ्नो उत्पादन क्षमता बढाउन सक्छ। यसैमाथि सस्तो घर बहाल र सहुलियतको बिजुलीले स्वदेशमा उत्पादनमा खपत हुन्छ। यसबाट निर्यात गर्ने आयाम खोल्न सकिन्छ। रोजगारी सृजना हुन्छ। अर्को आर्थिक चक्र यता पनि सञ्चालन हुन्छ। 

यी उद्योगहरूले सस्तो दरमा स्वदेशी बजारमा बेच्ने र निर्यात स्तरको सामान बनाइ निर्यात गर्ने। उनीहरूको क्षमता विकास र उत्पादन शक्ति बढाउन प्रोत्साहन गर्ने। यति गर्नाले सोही उद्योगमा केही थपलाई रोजगारी सृजना हुन्छ। नागरिकले अलि सस्तोमा स्वदेशी समान पाउने छन् भने उद्योगलाई पनि फस्टाउने मौका हुनेछ। आजभोलि यस क्षेत्रभित्र, नयाँ उत्पादनमुखी मध्यम लगानीका व्यवसायहरू आएका छन्। 

छालाका वस्तु, छालाका जुत्ता, ब्याग, टिसर्ट, तामाका भाँडाहरू बनाउने यी साना उद्योगहरूलाई प्रवद्र्धन गरी निर्यात गर्ने क्षमता विकास गर्न सकिन्छ। जसले गर्दा केही हदसम्म बेरोजगारीको दर कम होला। आइटी प्रविधिमा विशेष ध्यान पुर्‍याएर व्यवस्थापन गर्न सके त्यसले पनि अर्थतन्त्रमा राम्रै देन दिन्छ। सांगीतिक क्षेत्रमा हामीले धेरै विकास गरी रहेका छौं। त्यसको लागि हामी बजार व्यवस्थापनका नयाँ तरिका अपनाएर आफ्नो बजार बनाउन सक्छौं। 

वर्ग–वर्गलाई केन्द्रित काम गर्दा हामीलाई त्यसको प्रगतिबारे थाहा हुन सजिलो पनि हुन्छ। अर्थतन्त्रको विकासलाई हाम्रो छिमेकी राष्ट्र चीनको तरिकाबाट हेर्ने हो भने, उनीहरूले नागरिकको जीवन स्तरसँग जोडेको देखिन्छ। उनीहरू आफ्ना  नागरिकहरूले कति मनोरञ्जनमा खर्च गरिरहेका छन्। कतिले देश विदेश घुम्न गएका छन्। कतिले नयाँ सवारी साधन किनेका छन्। कतिले नयाँ घर किने वा बनाएका जस्ता कुराबाट हेर्ने गर्छन्। यसरी अरू मुलुकले कसरी कुन–कुन बाटो रोजेर विकास गरेका छन् भन्ने कुरालाई हेरौं र अध्ययन गरौं र मध्यकालीन समयमा दीर्घकालीन कामको योजनाको लागि तयारी गर्नुपर्छ। 

हाम्रो अहिलेको वस्तु स्थिति हेर्दा जस्तो छ, इ.स. १९८६ ताका आयरल्यान्ड भन्ने देश त्यस्तै स्थितिमा थियो। जसरी आज हाम्रो नागरिकहरू विदेश पलायन  हुने क्रम छ, त्यस्तै अवस्था थियो। तर त्यो दशक बित्न अगाडि, त्यहाँको संसद्ले बाहिर जाने क्रमलाई हेरेर र आगामी भविष्यमा संसारमा के ज्ञानको आवश्यकता हुन्छ भन्ने कुरालाई मध्य नजर गरेर गहन अध्ययन गरेको थियो। 

सो अध्ययनले भविष्यमा संसारमा आइटी क्षेत्र र इलेकट्रोनिक्समा धेरै जनशक्ति खाँचो हुने देखियो। सोही अनुसार आयरल्यान्डले ठाउँ–ठाउँमा सोही विषयलाई मध्यनजर गर्दै विश्व विद्यालय खोल्ने र टेक्निकल इन्स्टिच्युट खोल्ने काम गर्यो। उनीहरूको विज्ञहरू तयार भएर निस्कँदा अमेरिकामा आइबिएम, य्यापल जस्ता कम्पनी माथि आउँदै थिए। सो जनशक्ति उता निर्यात भए, जाने क्रम चल्दै गयो। केही वर्षमा आयरल्यान्डले आफ्नो विदेशी लगानीको नीतिमा सुधार ल्यायो। अन्ततः विदेश कम्पनीहरू आयरल्यान्डमा ओइरिए। 

अब हामीले पनि गर्नुपर्ने त्यस्तै छ। मानव स्रोत विकास गरौं, आज इन्टरनेटले गर्दा यी आइटीका कामहरू स्वदेश बसेर गर्न सकिन्छ। आयरल्यान्डले जस्तो आफ्नो जनशक्ति विदेश पठाउन पर्ने एउटा खुड्किला चढ्नु पर्दैन। सोझै तेस्रो स्थानमा पुग्छौं। दीर्घकालीन योजना यो हुन्छ।

यी सबै भनिरहँदा र आगामी चुनावमा उठिरहँदा मनमा लागेको कुरा राख्न अनुमति लिएँ। यो लेख लेखिरहँदा, चुनाव आउन ६९ दिन बाँकी छ। हेर्दै जाँदा लाग्छ कि, ‘परिवर्तन गर्न गाह्रो छैन, परिवर्तन गर्ने ठाउँमा पुग्न कठिन छ।’ इतिहासमा आउने दिन कस्तो लेख्ने हो अब हाम्रो हातमा छ। अब पहिलेको गल्तीबाट सिकेर आजको दिनबाट विकासका कार्यक्रमहरू मूलतः नागरिकहरूको आवश्यकताहरूलाई सम्बोधन गर्ने गरौं। त्यसैले यो निर्वाचनबाट पुरानो अभ्यासलाई तोड्दै देशको भविष्य, यहाँका नागरिक, समाज र राष्ट्रको प्राथमिकतालाई केन्द्रमा राखेर काम गरौं।

(जेसन देव बैद्य ललितपुर क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै छन्)

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  १८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्