• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार ७, २०८३ Sun, Jun 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

रित्तिदै जलभण्डारः मरुभूमि बन्दै मधेश

64x64
रासस शुक्रबार, भदौ ३१, २०७९  १२:२९
1140x725

लुम्बिनी– बहुचर्चित मर्चवार लिफ्ट सिँचाइ आयोजनाको सिँचाइ सेवा दुई हजार दुई सय हेक्टरमा सीमित भएको छ। तीस वर्षअघि स्थापना हुँदा पाँच हजार छ सय हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने लक्ष्य लिइएको थियो। सिँचाइका लागि पानी नपाउँदा किसानको उत्पादन शक्ति प्रभावित भएको छ। 

‘सियारी–मर्चवार’ नामक नहरको बीच–बीचमा किसानले बोरिङ गाडेका छन्। नहरमा पानी नआउने भएपछि सिँचाइ प्रबन्धका लागि उनीहरू निजी व्यवस्थापन गर्न लागेका हुन्। इन्डियन क्यानल परियोजना नामको रूपन्देहीकै लामो यस नहरमा पानी नदेखिएको ४० वर्ष बितेको छ।

यसैबीच लुम्बिनी सांस्कृतिक नगरपालिकाले २०७९ असार ३० गते एक सूचना जारी गर्दै किसानलाई सिँचाइ प्रयोजनका लागि बोरिङ नचलाउन निर्देशन गरेको छ। बोरिङ चलाउँदा पिउने पानीको अभाव हुन थालेको भन्दै वर्षा नभएसम्म बोरिङ नचलाउने, चलाए पाँच हजार जरिवाना गर्ने जारी सूचनामा उल्लेख छ।

करोडौंको लागतका सिँचाइ परियोजना असफल हुनु, नहरमा बोरिङ धसाउन बाध्य हुनु, निजी बोरिङ पनि बेलामा चलाउन नपाउनुजस्ता बाध्यता र विवशताका बीच किसानको दिन गुज्रेको छ। कृषिमा अत्मनिर्भर बन्न चाहेका किसान सिँचाइका लागि पानी नपाएर छट्पटाइरहँदा पानीको दिगो व्यवस्थापन गर्नका लागि सरकारले विकल्प दिन सकेको छैन।  

स्थापनाका बखत पाँच हजार छ सय हेक्टर क्षेत्रफललाई सिँचाइ गर्ने लक्ष्य राखेको मर्चवार लिफ्ट सिँचाइ आयोजना २०४८ सालमा निर्माण भयो। अहिले यो दुई हजार दुई सय हेक्टरभन्दा कम क्षेत्रलाई मात्र सेवा दिन सकेको व्यवस्थापक विश्वनाथ आर्यको भनाइ छ। आर्थिक अभावमा मर्मतसम्भार हुन नसकी संरचना जीर्ण हुँदै जाँदा सिञ्चित क्षेत्र घटेको उनको भनाइ छ। 

त्यस्तै रूपन्देहीको एक अर्को सिँचाइ परियोजना ‘सियारी–मर्चवार’ नहरमा पानी नदेखिएको ४० वर्ष बितिसकेको छ। ‘नहरको संरचना टुटफुट भएर बिग्रिएको छ। मुहान थुनिएर पानी नआउने भएपछि सिँचाइ प्रबन्धका लागि किसानले नहरको बीचबीचमा बोरिङ धसाएका छन्’, कोटहीमाई गाउँपालिकाका पूर्वअध्यक्ष चन्द्रभूषण यादवले भने, ‘सिँचाइका लागि किसानसँग डिप बोरिङको विकल्प पनि छैन।’ सरकारले सतही सिँचाइ योजनालाई प्राथमिकतामा राखेर दीर्घकालीन योजना बनाई काम नथालेसम्म सहज तबरले यस समस्याको समाधान पाउन सकिने अवस्था नरहेको उनको भनाइ छ। 

लुम्बिनी प्रदेश सरकारले एक गाउँ एक पोखरीको लक्ष्यलाई स्थापनाकालदेखि नै आफ्नो नीति तथा कार्यक्रममा निरन्तर समावेश गर्दै सतही सिँचाइलाई प्राथमिकतामा राखे पनि लक्ष्यअनुरूप काम हुन नसकेको लुम्बिनी प्रदेश सरकारका शिक्षामन्त्री वसीउद्दी खाँले बताए। भएका जलाशय पनि संरक्षित नरहेको उनको भनाइ छ। कृषिको प्रमुख आधारको रूपमा रहेको सिँचाइ सेवाका लागि जलाशय निर्माण तथा पोखरी संरक्षण गर्ने कार्यलाई आगामी आवमा समेत निरन्तरता दिइने भएको छ। जलाशययुक्त आयोजनाको निर्माणबाट भूमिगत जलको पुनर्भरण गरी जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने कार्य अघि बढाइने प्रदेश सरकारको नीति तथा कार्यक्रम उल्लेख छ। 

‘सम्मरीमाई–७ बेतकुइँया गाउँमा रहेका आठमध्ये चार वटा सार्वजनिक पानी पोखरी पुरिएका छन्। सिँचाइका लागि रहेका तीनवटा पोखरी त कृषक आदर्श माध्यमिक विद्यालयले पुरेर भौतिक संरचना खडा गरेको छ भने गाउँमा बाँकी रहेका चारवटा सार्वजनिक पोखरी पनि वरिपरिबाट अतिक्रमित हुँदै लोपोन्मुख अवस्थामा पुगेको छ’, स्थानीय कृषक त्रिभुवन कुर्मी चिन्ता व्यक्त गर्छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

कोटहीमाई गाउँपालिकाले वडा नं ५ मझगावामा रहेको प्राचीन पोखरी ओगटेर पूर्वतर्फ पालिकाको प्रशासनिक भवन, उत्तरपट्टि बहुउद्देश्यीय हल तथा दक्षिणतर्फ खानेपानी ट्याङ्कीलगायत भौतिक संरचना निर्माण गरेको छ। यता सम्मरीमाई गाउँपालिकाले वडा नं ४ फरेनास्थित पोखरी पुरेर प्रशासनिक भवन बनाएको छ। बरवासेमा पानी पोखरी पुरेर सम्मरीमाई–१ ले वडा कार्यालय, स्वास्थ्यचौकी र पानी ट्याङ्की बनाउने गति रोकिएको छैन। नजिकैको मर्चवारी गाउँपालिकाले वडा नं २ अमवास्थित सिँचाइ र धार्मिक प्रयोजनमा प्रयोग हुने ऐतिहासिक ‘सगरा’ पुरेर खेलमैदान बनाएको छ।

तिलोत्तमा नगरपालिकाले मदरहनी गाउँको मध्यभागमा रहेको ऐतिहासिक पोखरीमाथि वडा नं ११ को कार्यालयको भवन निर्माण गरेको छ। भवन बन्दै गर्दा पुरातत्व विभागले २०७६ माघ १३ गते नगरपालिकाको नाममा पत्र पठाई निर्माण कार्य रोक्का गरिराख्ने आदेश गरेको थियो तर काम रोकिएन। मदरहनीका ७३ बर्से झलक शर्माका अनुसार तीन दशकअघिसम्म झन्डै दुई बिघामा फैलिएको पोखरी १६–१७ कट्ठामा खुम्चिएको छ। बढ्दो आवादीसँगै साँघुरिँदै बाँकी रहेको पोखरी पनि मास्दै स्थानीय सरकारले वडा कार्यालय भवन बनाएको छ। 

बुटवलस्थित तिनाउ नदीको बगरमा ४० हजार अवैध बसोबास रहेको बताइएको छ। तिनाउ नदीको करिब एक सय २० बिघा जग्गा अतिक्रमित छ। ‘बस्तीले नदीको मुहान मिचेपछि फराकिलो तिनाउ साँघुरिँदै गहिरिने क्रम जारी छ’, सञ्चारकर्मी डिआर घिमिरे भन्छन्, ‘मुहानमै नदी साँघुरिँदा पानीजन्य विपत् हुनु स्वाभाविक छ।’

सुकुम्बासीका नाममा अतिक्रमित बुटवलस्थित तिनाउ नदीभित्र बगरको बस्तीलाई यथाशीघ्र सुरक्षित स्थानमा पुर्नवास गराउनुपर्ने नदी अधिकार मञ्च दक्षिण एसियाका संयोजक बृजराज कुशवाहाको सुझाव छ। उनी भन्छन्, ‘यसरी खाली हुने नदी बगरलाई पुनः जलाशय बनाइए पर्यटकका लागि आकर्षणको केन्द्र बन्नुका साथै यसले आर्थिक, सांस्कृतिक र पर्यावरणीय पहिचान तथा लाभ पुर्‍याउँदै तल्लोतटीय क्षेत्र मर्चवारसम्मको भू–जलस्तर माथि उकास्ने निश्चित छ। भूमि सिँचनको योजना गरिनुपर्छ। यसका लागि ठाउँ–ठाउँमा पोखरी र तलाउको निर्माण गरिनुपर्छ।’

सरकारले नदी प्रणालीमा आधारित रहेर भू–क्षय नियन्त्रणसहित क्षतिग्रस्त भूमिको पुनःस्थापना, बायो–इन्जिनियरिङसहितको तटबन्ध निर्माण, बर्सातको पानी उपयोग, जल पुनर्भरण, सिमसार व्यवस्थापन तथा भेटियर, सजिवन र बाँस रोपनजस्ता क्रियाकलाप सञ्चालन गरी चुरे क्षेत्रको संरक्षण गर्ने कार्यक्रम अघि बढाएको छ। सरकारले चालू आर्थिक वर्षको बजेटमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि दुई अर्ब १७ करोड बजेट विनियोजन गरेको छ। गत आवमा भने समितिका लागि विनियोजन भएको कूल बजेट रकम एक अर्ब ५२ करोड ६४ लाख थियो।

यतिबेला तराई–मधेशको तल्लो सीमावर्ती क्षेत्रमा पानीको समस्या झन जटिल हुँदै गएको छ। लुम्बिनीको वडा नम्बर–११ का अर्जुनबहादुर कुर्मीको घरमा रहेको चापाकलले पानी फाल्न छोडेको छ। कृषि प्रयोजनका लागि खेतमा गाडिएको बोरिङ चलाउँदा कुर्मीको घरमा रहेको चापाकलको पानी सुक्ने गरेको छ। उनलाई धान जोगाउने कि तिर्खा मेटाउने चिन्ताले पिरोलेको छ।

गैडहवा गाउँपालिका–३, अहिरनडिहवा गाउँलाई खानेपानीको समस्याले गाँजेको छ। स्थानीय दीपक कलवारले भने, ‘गाउँमा पानीको संकट बढ्दैछ, समाधानतर्फ कुनै निकायको पहल छैन।’ उनका अनुसार अहिरनडिहवामा रहेका कूल ८० चापाकलमध्ये अधिकांशमा पानी आउँदैन।  

अहिरनडिहवाका दीपक कलवारले पानीको समस्या झेलेको १० वर्षभन्दा बढी भयो। खाना पकाउन, पिउन, नुहाउन र कपडा धुने पानीको खोजीमा सधैं भौँतारिनुपर्छ। ‘मेरो घरको चापाकलमा पानी नआएको आठ/दश वर्ष हुन लाग्यो’, अहिरनडिहवाका दीपक कलवारले भने, ‘खासगरी फागुनदेखि असारसम्म बढी समस्या हुन्छ।’ बर्खा लागेपछि जमिन रिचार्ज भएर केही समय पानी आए पनि फागुन लाग्नासाथ र गर्मीमा पानीको समस्या हुने गरेको उनले बताए। 

लुम्बिनी सांस्कृतिक नगरपालिकाको एकला, भरवलिया, भैसहिया, गेनवरिया, मसिना, मोगलहा, शिवगढियालगायत धुपही वरिपरिका गाउँमा समेत पिउने पानीको सबैभन्दा बढी समस्या रहेको देखिन्छ। बुटवल उपमहानगरदेखि लुम्बिनी क्षेत्र तथा मर्चवारको कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकालाई पनि पानीको समस्याले पिरोलेको छ। सम्मरीमाई–७ का पारस चौधरी भन्छन्, ‘सुक्खा मौसम लाग्नासाथ चापाकलमा यस्तो समस्या देखापर्छ।’ उनको ह्यान्डपाइपमा जडान गरिएको मोटरले पानी फाल्न छोडेको छ।
    
केही वर्षदेखि यो समस्या बढ्दै गरेको छ। यसअघि २०७६ असारमा रुपन्देहीको रोहिणी, गैडहवा गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाले सूचना जारी गर्दै रोपाइँको उद्देश्यले किसानका बोरिङ नचलाउन उर्दी जारी गरेको थियो। धारामा पानी सुक्दै गई खानेपानीको समस्या देखिएकाले बाध्यात्मक निर्णय गरेको पालिकाले जनाएको थियो। पर्यावरणविद् डा सतीश उपाध्याय भन्छन्, ‘चुरे शृङ्खला भूमिगत जलस्रोतको भण्डार मानिन्छ तर पछिल्लो समय यसको अत्यधिक दोहनले गर्दा तराई क्षेत्रमा पानीको संकट बढ्दै गएको छ।’ सामाजिक अध्येता रामचन्द्र श्रेष्ठ चुरेलाई बुझ्न असफल हुँदा नै यो समस्या आएको र यसले भविष्यमा अझ जटिलता ल्याउने बताउँछन्। 

संयुक्त राज्य अमेरिकाको वर्ल्ड रिजोर्सस इन्स्टिट्युटले २०७६ सालमा प्रकाशित गरेको एक प्रतिवेदनका अनुसार जलसंकट बेहोरिरहेका देशको सूचीमा नेपाल ४०औं स्थानमा छ। नेपालभित्र विशेषतः व्यवस्थापनको समस्याले जलसंकट समाधान हुन नसकेको र त्यसैको कारण विभिन्न स्थानमा पानीको समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ। भूमिगत पानीको तह तल धकेलिँदा चुरे क्षेत्र र चुरे दक्षिण क्षेत्रमा पानीको अभाव चुलिएको हो।

पानी परे बाढीको असर, नपरे खडेरीको असरले तराई–मधेसको अवस्था निकै नाजुक बनेको भन्दै लुम्बिनी सांस्कृतिक नगर कार्यपालिका सदस्य हुसेनी लोधले प्राकृतिक स्रोत साधनको थुनछेक कसैका लागि हितकर नहुने बताउँछिन्। उनी भन्छिन्, ‘स्थानीय सरकारले २०७४ देखि नै आम्दानी, विकास र भौतिक पूर्वाधार निर्माणको नाममा प्राकृतिक स्रोत साधनको प्रयोग र दोहन गर्दा समस्या अझ बढेको छ।’

नदीनालालगायत प्राकृतिक स्रोत साधनको प्रयोग र दोहन बढेको स्वीकार्दै कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण तिवारीले अबको नीति कुलानालाको सरसफाइ र जलाशय संरक्षण हुने बताए। उनले भने, ‘नियमविपरीत कुनै पनि प्रकारले नदीजन्य पदार्थको दोहन हुन दिँदैनौँ। जल नै जीवन हो भन्ने जनचेतना बढाउन जरुरी छ।’ सुक्खायाममा यस क्षेत्रको भू–जलस्तर करिब तीन मिटर त्यसै तल खस्किन्छ।

रुपन्देहीका महत्वपूर्ण नदी, साना–ठूला ताल–पोखरी र कुलानाला अतिक्रमणका कारण साँघुरिँदै गई धरातलले पर्याप्त पानी रिचार्ज गर्न नसक्दा यस्ता समस्या देखिएका छन्। तिनाउ, दानव र रोहिणीलगायत मुख्य तथा अन्य सहायक नदीमा पनि निश्चित दूरी बनाई ठाउँ–ठाउँमा चेकवाल राखेर भूमिगत जल समस्याको समाधान गर्न सकिने उनको सुझाव छ। 

‘जनसंख्या बढ्दो छ, तर पानीको संकट थपिँदो र कृषि उब्जनी घट्दो छ। निरन्तरको अतिक्रमणबाट जलस्रोतका मुहान पुरिँदै, साँघुरिँदै गर्दा जमिनले पर्याप्त पानी रिचार्ज गर्न नसकेपछि भू–जलस्तर दिन प्रतिदिन तल झर्दै गएको छ’, सामुदायिक विपद् व्यवस्थापन राष्ट्रिय सञ्जालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मी बताउँछन्, ‘वर्षाको पानीलाई विभिन्न माध्यमको प्रयोगले भूमिगत जल भण्डारण रिचार्जको उपाय हुनुपर्छ।’ 

भविष्यमा हुन सक्ने जल संकटको सामना गर्न जलाशय अतिक्रमण नियन्त्रणसम्बन्धी छुट्टै ऐन बनाउनुपर्ने उनको माग छ।

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १२:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने आइतबार, असार ७, २०८३
रास्वपालाई लडाउने अरु कसैको तागत छैन : रवि लामिछाने आइतबार, असार ७, २०८३
अख्तियार पदाधिकारी प्रकणमा प्रधानमन्त्रीको प्रष्टीकरण, ‘आवश्यक परे अख्तियारलाई ५ वर्ष राखेर सल्लाह गरिन्छ’ आइतबार, असार ७, २०८३
सीमाको विषयमा प्रधानमन्त्रीले भने, ‘ब्रिटिसलाई मध्यस्तकर्ता बनाउन खोजेका होइनौं, प्रमाण ल्याउँछौं भनेको हो’ आइतबार, असार ७, २०८३
हाम्रो गाडी अनियन्त्रित छैन, गन्तव्यमा पुगेपछि मात्र रोकिन्छ : प्रधानमन्त्री शाह आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ शनिबार, असार ६, २०८३
महाधिवेशनका लागि चितवन पुगे रवि लामिछाने शनिबार, असार ६, २०८३
रास्वपा महाधिवेशनमा सहभागी हुन कुन दलबाट कुन-कुन नेता पुगे ? आइतबार, असार ७, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
कोशी प्रदेशबाट नेपाल प्रवेश गर्‍यो मनसुन,आज यि स्थानमा हुनेछ वर्षा शनिबार, असार ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्