• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

बालअधिकारः विगतका कमजोरी र अबको बाटो

दिवाकर भट्ट बुधबार, भदौ २९, २०७९  १५:०५
1140x725

‘बालबालिका देशका कर्णधार हुन्’ भन्ने कयौँ वर्षबाट सुन्दै आइरहेको एउटा चर्चित नारा हो। भदौ २९ गते बाल दिवसका दिन एउटा सामान्य मान्छेको मुखबाट लिएर देशका ठूल्ठूला नेता कार्यकर्ता, सामाजिक संघ संस्था र देशको नेतृत्व सम्हाल्दै आइरहेका राष्ट्रपति र प्रधानमन्त्रीले पनि ‘बालबालिका देशका कर्णधार हुन्’ भन्दै आएका छन्। बाल दिवसमा विभिन्न संघ संगठन, क्लबहरुको आयोजनामा विभिन्न कार्यक्रम पनि आयोजना हुँदै आएका छन्। कार्यक्रममा विभिन्न मीठामीठा गफ पनि नसुनिएका होइनन्। 

सरकारकोतर्फबाट पनि विगतमा बालबालिकाको लागि यस्तो गर्नेछौँ, उस्तो गर्नेछौँ भनेर नसुनिएको होइन। नीति नियम पनि नबनेका होइनन्। नेपालले बाल अधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको झन्डै ३१ वर्ष हुन लागिसक्यो। नेपालमा त्यसपछि बालबालिकाको लागि विभिन्न ऐन कानुन, नीति नियम बनेका छन्। नेपालको संविधान २०७२ मा मौलिक हकभित्र बालबालिकाको हक भनेर सुनिश्चित गरिएको छ। तथापि, अहिलेसम्म नेपालका अधिकांश बालबालिकाले बालअधिकारको पूर्ण रूपमा अनुभूति गर्न पाएका छैनन्।

देशको सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको समाजमा एउटा उखान नै रहिआएको छ, जसबाट प्रस्ट हुन्छ - बालबालिका बिना कुनै पनि काम अधुरै रहन्छ। त्यहाँ भन्ने गरिन्छ कि ‘जुन ठाउँमा बालबालिका छैनन्, त्यो ठाउँमा देउताको  पूजा  आराधनामा समेत समस्या आउँछ अर्थात् बालबालिका बिना देउतालाई समेत पूजा लाग्दैन।’ यसबाट बुझ्न सकिन्छ कि प्राचीन कालदेखि नैं समाजका हरेक क्रियाकलापमा बालबालिकालाई सहभागी गराइँदै आइएको थियो। हुन पनि हो, बालबालिका नै समाज/देशको भविष्य भएका हुनाले उनीहरूलाई सानै उमेरबाट समाजका हरेक राम्रा क्रियाकलापबारे अवगत गराउनै पर्छ।

समस्याः
बाल दिवसको दिनमात्रै बालबालिकाको लागि आश्वासन दिने र अरु दिन बालबालिकाको वास्तै नगर्ने देशको नेतृत्वका कारण देशका अधिकांश स्थानका बालबालिका आफ्नो अधिकारबारे अवगत छैनन्। सुदूरपूर्व होस् या सुदूरपश्चिम पहुँच हुने व्यक्तिका छोराछोरीले मात्रै विभिन्न बाल विकाससम्बन्धी तालिम पाउने गर्छन्। यस्तो म आफैँले पनि धेरै पटक देखेको छु। तर अधिकांश बालबालिका आफ्नै बाध्यता, जिम्मेवारीमा बाँधिदै आएका छन्। सरकारले बाल अधिकार र बाल मैत्री स्थानीय शासनका लागि स्थानीय सरकारलाई जिम्मेवार निकाय तोके छ। तर, अधिकांश स्थानीय पालिकाको नेतृत्वकर्तालाई बाल अधिकार र बालबालिकाको बारेमा थाहा छैन।    

बाल अधिकार बारेमा सबैलाई बुझाउने सरकारको एउटा अर्को प्रयास हो बाल क्लब। तर देशका धेरै ठाउँमा बाल क्लब नै नभएको र भएको ठाउँमा पनि पहुँच वाला मात्रै क्लबमा बस्ने गरेका छन्। पहुँचवालाबाहेक बाँकी बालबालिकालाई बाल क्लबबारे कुनै अत्तोपत्तो हुँदैन। यो एउटा समस्याको रुपमा रहेको छ। बालबालिकाको व्यक्तित्व विकास र बाल अधिकारको सुनिश्चिता लागि खोलिएका बाल क्लबहरु पनि आईएनजीओ/एनजीओको कमाइ खाने भाँडो भएका छन्। बाल अधिकारको नारा लगाउँदै बालबालिकाको प्रयोग गरेर त्यस्ता एनजीओ/आईएनजीओहरुले बाल अधिकार र बाल क्लबको मर्म नै मारिसकेका छन्। 

सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न ठाउँका बालबालिका गरिबीका कारण ७, ८ कक्षा पढ्दै गर्दा विद्यालय छाड्न बाध्य हुन्छन्। र, कामका लागि उनीहरु भारतको विभिन्न ठाउँ पुग्ने गरेका छन्। पढ्ने, खेल्ने र रमाउने उमेरमा विभिन्न बाध्यता र परिस्थितिले उनीहरू अर्काको देशमा श्रम गर्न बाध्य भएका छन्। अझै पनि सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा १० कक्षाको पढाइसकेपछि भारत जानुपर्छ भन्ने सोच जीवितै छ। त्यसै कारण दिनहुँ नाकाहरुमा भारत जाने नेपाली किशोर तथा युवाहरुको लर्को लाग्ने गरेको छ। मुलुकको भविष्य बोकेका युवा विदेसिनु र गाउँमा जनशक्तिको अभाव हुनु दु:खद् पक्ष हो।

अब के गर्ने ?
भनिन्छ विगतमा भएका गल्तीहरु मात्रै हेर्ने हो भने भविष्य पनि बिग्रने सम्भावना हुन्छ। त्यसैले अहिलेसम्म भएका सकारात्मक कामलाई नियाल्दै अब अझ प्रभावकारी ढंगले बालबालिका र बालअधिकारको क्षेत्रमा सरोकारवाला निकायले ध्यान दिनु जरुरी देखिन्छ। विगतका कमी कमजोरीबाट सबैले एउटा गतिलो पाठ सिकेर अघि बढ्नु नै सही मार्ग दिशा हो। देशका सबै ठाउँमा बालअधिकारको बारेमा बुझाउन बालश्रम लगायतका क्रियाकलाप रोक्न निम्नलिखित केही बुँदाहरूलाई विचार गर्दै अघि बढ्ने हो भने पक्कै पनि बालअधिकारको बारेमा सबैमा सकारात्मक सोचको विकास हुने देखिन्छ।
         
–देशमा बनेका नीति, नियम र कानुनको प्रभावकारी कार्यान्वयन 
      
–देशमा बाल अधिकारको संरक्षण गर्ने जिम्मेवार निकायलाई अझ प्रभावकारी बनाउने र खबरदारी गर्ने

– नेपालले हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय सन्धि सम्झौता/महासन्धिलाई मध्यनजर गर्दै तिनमा भएका नीति कार्यक्रमलाई थप प्रभावकारी बनाउने

Ncell 2
Ncell 2
nimb
nimb

– देशका सबै पालिकास्तरमा बाल क्लब/सञ्जाल बनाउने र हरेक वडासमेत कम्तिमा एक बाल क्लब गठन गर्ने

– त्यस्ता बाल क्लबलाई स्थानीय सरकारले विशेष प्राथिमकतामा राखेर हेर्ने

– बालश्रम गराउने र बालअधिकारको हनन् गर्ने जोकोहीलाई कडाभन्दा कडा कारबाही गर्ने

– बालबालिकालाई प्रयोग गर्दै आएका आईएनजीओ/एनजीओहरुलाई बालबालिकाको क्षेत्रबाट हटाई बाल क्लब/सञ्जालहरुलाई स्वयं सरकारले हेर्ने प्रावधान बनाउने,

Xtrem

Xtrem

– बालबालिकालाई विभिन्न बालविकासका तालिमहरु स्वयं स्थानीय सरकारले प्रदान गर्ने

– विभिन्न समस्याबाट ग्रसित विभिन्न ठाउँका बालबालिकालाई सरकारले प्राथमिकतामा राखेर हेर्ने र समस्या समाधान गरिदिने

– भारतमा बालश्रम गर्न बाध्य बालबालिकालाई उद्धार गरी अध्ययनका लागि सरकारले उचित व्यवस्थापन गर्ने

– बालबालिका नै देशका भविष्य हुन् भन्ने कुरामा कसैको दुई मत नहुने भएकाले अरु क्षेत्रभन्दा पनि बालबालिकाको विषयलाई संवेदनशील मानेर प्राथमिकतामा राख्ने

निष्कर्षः 
कुनै पनि वृक्षलाई वर्षमा एकदिन मात्रै मलजल गरेर हुँदैन । हरेक दिन गोडमेल र मलजल गर्‍यो भने मात्रै त्यसले राम्रो फल दिन्छ। ठीक त्यस्तै बाल दिवसको दिन मात्र बालबालिकाको अधिकार हनन्‌का विषयमा चर्को नारा लगाएर पुग्दैन। यसका लागि बालबालिका र उनीहरुको अधिकारलाई सधैँ प्राथमिकतामा राखिनु पर्छ।

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १५:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्