काठमाडौं– बाजुराबाट प्रतिनिधि सभा उम्मेदवारका लागि बाजुराबाट नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेसहित ७ जना सिफारिस भएका छन्।
सिफारिस हुनेमा नेपाल सरकारका महान्यायाधिवक्ता खम्मबहादुर खाति, पूर्व जिल्ला सभापतिद्वय मानबहादुर रावल, कविराज पण्डित, पूर्व सांसद् जनकराज गिरी, शेर बहादुर खाति र अर्थविद् डा.अंगराज तिमिल्सेना रहेका छन्। एकजनामा सहमति नजुटेपछि ७ जनालाई नै जिल्ला कमिटिले सिफारिस गरेको हो ।
गिरि भने प्रदेश क बाट प्रदेश सभाको उम्मेदवारका लागि पनि सिफारीस भएका छन् । दुईदिनसम्म बसेको बैठकमा सहमति नभएपछि अन्तमा सबैजनाको नाम सिफारिस गरेको हो ।
पण्डित, खम्मबहादुर, शेरबहादुर खाति र तिमिल्सेना देउवा पक्षका हुन्। पाण्डे र मानबहादुर रावल कोइराला पक्षका हुन् । जनकराज गिरी सिटौला पक्षका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।