काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा महाअभियोग सिफारिस समितिमा आइतबार तेस्रोदिन पनि बयान दिन जाँदैछन्।
आइतबार बिहान ११ बजे बस्ने समिति बैठकमा उनको बयान निरन्तर अगाडि बढ्नेछ। यसअघि गत बुधबार र बिहीबार उनले बयान दिएका थिए।
बिहीबार बसेको समितिको बैठक २ घण्टा मात्र चलेको थियो। समितिका सदस्यहरुको कार्य व्यस्तताको कारण २ घण्टा बसेर सकिएको थियो। पहिलो दिनको बैठकमा ४ घन्टा राणाले जवाफ दिएका थिए।
हालसम्म छ वटा प्रश्न सोधिएको छ। समितिले ४३ प्रश्न तयार गरेको छ। प्रश्नहरू लामो भएकाले समय लागको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।