फाइल तस्बिर
काठमाडौं– नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेपालको अर्थतन्त्र सीमित व्यापारिक घरानाको नियन्त्रणमा रहेको औँल्याएका छन्।
बिहीबार त्रिभूवन विश्वविद्यालय अर्थशास्त्र विभागमा भिजिटिङ प्रोफेसरका रूपमा विद्यार्थीलाई कक्षा लिने क्रममा उपमहासचिव पुनले यस्तो औँल्याएका हुन्। पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले अर्थतन्त्रको ठूलो हिस्सा सीमित घरानाका मुठ्ठीमा रहनुले मुलुकको आर्थिक विकासमा चुनौती खडा गरेको बताए।
उनले अर्थतन्त्रको ठूलो हिस्सा सीमित घरानाको एकाधिकार हुन नहुने बताउँदै सीमित घेरामा मात्रै नभएर सबैमा प्रतिष्पर्धी बनाउनुपर्ने बताए। उनले नेपालमा अहिलेको लागि मिश्रित अर्थनीति नै राम्रो हुने बताए। पुनले राज्यले सकेसम्म एकाधिकार खालको पुँजीलाई नियन्त्रण कम गर्नुपर्ने बताए।
उनले भने,‘मुलुकको अर्थतन्त्र एउटा सानो घेराले मात्रै सञ्चालन गरेर उनीहरुको स्वार्थमा अर्थमन्त्रीलाई सफल र असफल बनाउने खालको काम सानो समूहले खेल्छ भन्नेछ। तर त्यस्तो एकाधिकार हुनुहुँदैन। यसलाई प्रतिष्पर्धी नै बनाउनु पर्छ। हाम्रो लागि मिश्रित अर्थनीति राम्रो हो। यो अवस्थामा निजी क्षेत्रलाई पुँजी निर्माण गर्न प्रेरित गर्नुपर्छ। सरकारले करमा छुट दिने र लोककल्याणकारी कामहरु गर्नुपर्छ। त्यसो गर्दा मात्रै ब्यालेन्स हुन्छ। सरकारले अरुलाई नियन्त्रण गर्ने भन्दा पनि सरकारले गर्नसक्छु भन्ने पुष्टि गर्नुपर्छ। राज्यले सकेसम्म एकाधिकार खालको पुँजीलाई नियन्त्रण कम गर्नुपर्छ।’
उनले सरकारले पुँजीगत खर्च गर्न नसक्नु संरचनागत समस्या रहेको बताए। उनले सरकारसँग १ लाख ३३ हजार निजामती कर्मचारीहरु भएपनि प्राविधिक कर्मचारी कम भएकाले समस्या रहेको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।