• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'एमाले सत्ताको सेयर खोज्ने पार्टी हो'

64x64
नेपाल लाइभ शनिबार, असोज २१, २०७४  १७:१४
1140x725

एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे वैचारिक र सैद्धान्तिक बहसमा पनि पोख्त नेता हुन् । पार्टीको विचार निर्माणमा उनको पनि धेरथोर योगदान छ । केही समययता एमालेमा वैचारिक र सैद्धान्तिक बहस निकै कम हुन थालेको छ । यसै सेरोफेरोमा केन्द्रित रहेर दशैंअघि नेपाल लाइभका किशोर दहालले लामो संवाद गरेका थिए । प्रस्तुत छ उक्त संवादको सम्पादित अंशः

एमालेभित्र हिजोआज किन बहस हुन छाड्यो नि?

बहस नहुने होइन, भइरहेका छन् । कहिले कम र कहिले अलि बढी हुन्छ । कहिले संविधान बनाउने, कहिले कार्यान्वयन गर्ने, कहिले चुनाव गर्नेतिर हाम्रो सम्पूर्ण ध्यान केन्द्रित भइरहेकाले आराम लिएर बहस गर्ने अवस्था नै छैन । त्यसले पनि पार्टीभित्रको बहस ओझेल परेको जस्तो लागेको हो । तर, हामी विभिन्न हिसाबले बहसमै छौं।

एमालेमा आलोचनात्मक चेत नै हरायो भन्छन् त !

यो मानिसहरुले नबुझेको कुरा हो । आलोचना कहिले मन्द हुन्छ, कहिले खुला हुन्छ । अलि चर्को र सार्वजनिक रुपमा मिडियामा आयो भने मात्रै एमालेमा आलोचना भएछ, नत्र भएन भन्ने बुझ्नु पनि भएन । आलोचनाहरु भइरहन्छ, आलोचना बेगर पार्टी त अगाडि जाँदै जाँदैन नि!

सामाजिक सञ्जालमा एउटा शब्द निकै प्रयोग हुन्छ, हनुमान । त्यो शब्द अन्धभक्तिसँग जोडेर प्रयोग गरिन्छ र सबैभन्दा बढी एमालेकै निम्ति प्रयोग गरिन्छ । कस्तो लाग्छ?

त्यो संख्या सानो छ । हनुमानगिरी गर्ने मान्छे कहिल्यै पनि ठूलो हुँदैन । धेरै मान्छे स्वतन्त्र छन् । आजकाल त झन् ‘फ्रिडम अफ एक्प्रेसन’ नयाँ उँचाइबाट आइरहेको छ । हनुमान भएर पछि लाग्ने मान्छेहरु थोरै हुन्छन् । धेरै पौरख गर्न सक्नेहरु गरेर खान्छन् । पौरख गर्न नसक्नेहरु पो हनुमानगिरी गर्छन्। 

त्यो आरोप चाहिँ किन एमालेलाई लागेको त?

Ncell 2
Ncell 2
nimb
nimb

एमालेमा भन्दा अरु पार्टीमा हनुमान बेसी छन् । थाहा छैन, तपाईंले एमालेलाई नजिकबाट हेरेकाले पो एमालेको मात्रै हनुमानगिरी देख्नुभयो कि ! अरु पार्टीको गतिविधिलाई नजिकबाट विश्लेषण गर्नुभयो भने त्यहाँ झन् बढी छन् । अहिलेको सन्दर्भमा हेर्नुहुन्छ भने सबैभन्दा चुस्त संगठन भएको र अलिकति भए पनि सवालजवाफ हुने पार्टी एमाले मात्रै हो।

आजकाल एमाले सत्ताको पार्टी हो । कुनै क्रान्तिको पार्टी होइन । सत्ता केन्द्रित पार्टीमा सत्ताको सेयर मात्रै खोजिन्छ । एमाले सेयर खोज्ने पार्टी हो ।

एमाले हिजोदेखि नै बहस र छलफल गर्दै, हरेक कुराको नेतृत्व गर्दै आएको पार्टीमा अलि बहस कम भएको हो कि भन्ने प्रश्न हो भने त्यसमा पक्कै केही त्रुटि भएका छन्।

अहिले हामी बेसी चुनावमुखी भयौं । जुनसुकै प्लेटफर्ममा पेट्टी इन्ट्रेस्टमा दौडधुप गर्ने प्रचलन बढ्यो । स्वार्थीपन बढेर गयो । आफूसँग भएको क्षमतालाई कार्यकर्ताले ठीक ढंगले गर्न सकिरहेका छैनन् । पद पाउँछु कि पाउँदिनँ भन्नेमा नै दौडिरह्यो । काम गरेपछि नपाउने त प्रश्नै छैन नि भनेर आत्मविश्वास बढ्यो भने बहस नयाँ ढंगले जाने थियो र त्यसले पार्टीमा नयाँपन ल्याउँथ्यो भन्नेमा म पनि सहमत छु । तर, अरु पार्टीमा भन्दा एमालेमा गणेश प्रवृत्ति वा हनुमानगिरी बढेको भन्ने चाहिँ मलाई लाग्दैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नाकाबन्दीपछि तपाईंका अध्यक्ष ओलीले व्यक्त गरेका तिखा शब्दहरु बढी सुनिन्छन् । पार्टी मिटिङमा कहिल्यै सचेत गराउनुभएको छ?

पार्टीमा हामीले छलफल गरेका छौं । यस्ता शब्द नबोल्नुस् भनेर उहाँलाई सचेत पनि गराएका छौं । पटकपटक हामीले भनेका छौं । तपाईंलाई याद होला, उहाँले संसदमा आएर समेत मैले यसो भनेको होइन भन्नुभएको छ । त्यो त उहाँले हाम्रो पार्टीभित्रका साथीहरुको सल्लाहमै भन्नुभएको होला नि!

ओलीजीका समुदायबीच फाटो ल्याउने खालका शब्द प्रयोगप्रति तपाईंका धारणा के छ?

शब्द मीठो नै बोल्नुपर्छ । कुनै पनि विषयवस्तुमा आफ्नो टिप्पणी राख्नु भनेको शालीन शब्द प्रयोग नगर्नु होइन । छुच्चो शब्द प्रयोग गरेर मात्रै दृढ अडानवाला भनेर पुष्टि हुँदैन । आफ्ना कुरा सटीकतापूर्वक राख्ने तर सम्बन्ध सबैसँग राम्रो हुनुपर्छ।

एमालेको पछिल्लो गतिविधि हेर्दा पहिलेको जीवन्त एमालेको सम्झना आउँदैन?

आउँछ नि । पार्टी ४६ सालभन्दा अगाडि लडिरहेको बेलामा जीवन्त थियो । त्यतिबेला हाम्रा कुनै निजी स्वार्थ थिएनन् । झगडा गर्नुपर्ने कुनै विषय थिएनन् । त्यहाँ केवल योग्यता थियो । पार्टीप्रतिको बफादारिताको कुरा थियो । संघर्षप्रति दृढ छ कि छैन, निष्ठा छ कि छैन ?  व्यक्तिको मूल्यांकन गर्न कुनै समय लाग्दैनथ्यो, सबै पारदर्शी हुन्थ्यो । यो कामका लागि फलानो योग्य हुनुहुन्छ, उहाँलाई जिम्मेवारी दिऔं भन्ने हुन्थ्यो।

आजकाल एमाले सत्ताको पार्टी हो । कुनै क्रान्तिको पार्टी होइन । सत्ता केन्द्रित पार्टीमा सत्ताको सेयर मात्रै खोजिन्छ । एमाले सेयर खोज्ने पार्टी हो । हरेक मान्छे पार्टीमा लाग्छु भन्छ । हिजो म पार्टीमा लाग्छु, जेल जान तयार छु भनेर कसैले भन्थ्यो ? मान्छेहरु पहिल्यै भाग्थे । पहिले त थोरै मात्रै छानिएर पार्टीमा आउँथे।

अहिले पनि हाम्रा कतिपय कार्यकर्ता चुनावमा जानका लागि मरिहत्ते गर्छन् । म पार्टीमा लागेँ, गरिबी भयो, घरपरिवार बिग्रियो, बिल्लीबाठ भयो भन्छन् । एकपटक चुनावको टिकट दिनुपर्‍यो भन्छन् । अचम्म लाग्छ, चुनावबाट कोही मान्छे धनी हुन्छ ? अहिले त भएको सम्पत्ति पनि सकिने स्थिति छ । गरिबी छ भने त कमाउन गए हुन्छ नि !

त्यसैले क्रान्तिको पार्टी र सत्ताको पार्टीको चरित्र फरक हुन्छ । क्रान्तिको पार्टी चलाएको आधारमा सत्ताको पार्टी चल्दैन । सत्तामा गइसकेपछि सत्ता चलाउने तरिकाको विकास गर्नुपर्छ । नयाँ नीति, शैली, कार्यदिशा, कार्यशैली, कार्यतरिकाहरु विकास भएन भने पार्टीभित्र विरोधाभाष हुन्छ अनि कार्यकर्तामा पनि अन्योल हुन्छ। 

परिस्थितिले नयाँ रुपमा फड्को मारिसक्यो, तर पुरानैमा अल्झिएर बसिरहनेहरु पनि छन् । अहिलेको अन्तरविरोधको मुख्य पक्ष यहाँ पनि छ । चीनका राष्ट्रपति सी जिन पिङले भनेका छन्– विद्वान् मान्छे त्यो हो, जसले समय घर्केका विचारहरु समय पाक्ने बित्तिकै छाडिदिन्छ र उपाय परिवर्तन गर्छ।

जनआन्दोलनपछि एमाले एउटा बाहेक सबै दलीय सरकारमा धेरथोर सहभागी भएको छ । किन यस्तो सत्तालिप्सा ?

सत्तालाई सामाजिक परिवर्तनको लागि, राष्ट्रको विकास र परिवर्तनको लागि एउटा औजारको रुपमा प्रयोग गर्नुपर्छ । निजी फाइदाको लागि, निजी महत्त्वाकांक्षा पूर्ति गर्नका लागि भयो भने त्यो अभिशाप हुन्छ। चाहे कम्युनिस्ट हुन् वा पुँजीवादी देश हुन्, व्यक्तिगत कुरामा जाने बित्तिकै टकराव सुरु हुन्छ र त्यो सत्ता असफल हुन्छ । तर, जब मुलुकको हितमा हुन्छ, त्यसले समर्थन प्राप्त गर्दै जान्छ।

सत्ताको राजनीति नै मुलुक बनाउनको लागि हो । त्यसैले सत्तामा जानै हुँदैन भन्ने आदर्शवादी कुरासँग म सहमत छैन । तर, सत्तामा निजी स्वार्थपूर्तिका लागि जानुपर्छ भन्ने प्रवृत्ति बढ्दो छ, त्यसबाट हामीले उपलब्धि प्राप्त गर्दैनौं । त्यस्ता राजनीतिक दलहरु जसले जनताको अपेक्षा पूरा गर्दैनन्, त्यसको विकल्प जनताले खोज्न थाल्छन्। त्यसैले हामीले सत्ता प्राप्ति गर्ने नै हो । तर, त्यो सत्ता मुलुकको हितमा भएन भने टिकाउ हुँदैन । सत्ता जनताको अपेक्षा र सपना पूरा गर्ने खालको हुनुपर्छ । भयो कि भएन, त्यसको समीक्षा गर्नुपर्छ । एमाले प्रत्येक पटक सरकारमा जाँदा के गर्योख वा के गर्न सकेन, त्यसको समीक्षा भएको छैन। 

एमाले सरकारमा जाने कुरालाई उद्देश्य केन्द्रित बनाउन सकेनौं भने राजनीतिमा लागिहालियो, एकपटक मन्त्री बनौं भन्नेमा सीमित बनायौं भने यो राजनीतिको अर्थ हुँदैन । यसले परिणाम दिँदैन।  

समृद्धिको लक्ष्यबेगर पनि एमालेका लागि सत्ता गन्तव्य बनिरहेको चाहिँ किन?

यो बुझाइमा समस्या छ । अहिले पनि हाम्रा कतिपय कार्यकर्ता चुनावमा जानका लागि मरिहत्ते गर्छन् । म पार्टीमा लागेँ, गरिबी भयो, घरपरिवार बिग्रियो, बिल्लीबाठ भयो भन्छन् । एकपटक चुनावको टिकट दिनुपर्‍यो भन्छन् । अचम्म लाग्छ, चुनावबाट कोही मान्छे धनी हुन्छ ? अहिले त भएको सम्पत्ति पनि सकिने स्थिति छ । गरिबी छ भने त कमाउन गए हुन्छ नि ! व्यवसाय गर्न गए हुन्छ नि ! तर, चुनाव जित्नु कुनै गुजाराको क्षेत्र हो भन्ने मान्छेलाई परेको छ । सांसद नै भयो भने पनि ५० हजार कमाइ हुन्छ । त्यति त मिहिनेत गरे बाहिरै पनि आर्जन हुन्छ नि!

त्यसैले सत्ता मुलुक परिवर्तन गर्ने औजार हो । कोही कसैको व्यक्तिगत गरिबी अन्त्य गर्ने प्लेटफर्म होइन । यो कुरा मान्छेले बुझिरहेका छैनन्। 

तपाईंहरुको एउटा मुखपत्रले एकजना नेताले भनेको कुरा छापेको थियो । नेताको भनाइ छ– मलाई ऋण लागेको छ, त्यसैले सरकारमा जानैपर्नेछ । नेतृत्व स्तरमा पनि पटकपटक मन्त्री हुनुपर्ने लोभ किन?

पार्टी र नेतृत्व समाजभन्दा माथि हुँदैन । जस्तो समाज र परिस्थिति छ, त्यो अभिव्यक्त हुन्छ नै । मान्छेका सोचहरु अनेक किसिमले अभिव्यक्त हुन्छ । त्यसबाटै परीक्षण गर्नुपर्यो,, को कुन लेभलको छ । त्यसैले पहिले त समाजकै स्तर परिवर्तन गर्नुपर्‍यो । समाजको स्तर परिवर्तन भए त्यस्ता प्रवृत्तिहरु राख्ने मान्छेहरु नै हुने थिएनन्। 

तपाईं युरोपमा जानुभयो भने गाडी किन्नका लागि मन्त्री हुन्छु भन्छन् ? भन्दैनन् । किनकि, त्यहाँ गाडी त सबैको छ नि ! हामीमा पनि त्यो अवस्था आएपछि त्यतिका लागि सरकारी पद खोज्दैनन्।

प्रकाशित मिति: शनिबार, असोज २१, २०७४  १७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्