• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ २१, २०८२ Wed, Jun 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
पूर्वप्रधानन्यायाधीश र बारका पदाधिकारीमाथि चोलेन्द्रको गम्भीर आरोप– न्यायाधीश नियुक्तिमा भाग मागेका थिए ‘आफूअनुकूल फैसला गर्न दबाब दिएका थिए’
64x64
नेपाल लाइभ बुधबार, भदौ १५, २०७९  १७:२०
1140x725
तस्बिर : रासस।

काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पूर्वप्रधानन्यायाधीश, नेपाल बार एसोसिएसनका पदाधिकारी र सर्वोच्च अदालत बारका पदाधिकारीहरूले न्यायाधीश नियुक्तिमा भाग मागेको गम्भीर आरोप लगाएका छन्। 

आफूमाथि दर्ता गरिएको महाभियोग प्रस्तावबारे महाभियोग सिफारिस समितिलाई बुधबार बयान दिने क्रममा राणाले यस्तो आरोप लगाएका हुन्। उनले प्रधानन्यायाधीशबाट निवृत्त भइसकेपछि पनि अदालत चलाउन खोजेको आरोप लगाए। राणाले खासगरी कल्याण श्रेष्ठ र सुशीला कार्कीप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्। 

यसअघि पनि उनले सार्वजनिक रुपमा उनीहरूमाथि आरोप र आलोचना गर्दै आएका थिए।

‘अवकाश पाएपछि पनि पूर्वप्रधानन्यायाधीशहरूले विभिन्न कोणबाट न्यायपालिकामा डिक्टेट गर्न खोज्नुभयो। कर्मचारीमा आफ्नो अनुकूलता खोज्नुभयो। न्यायाधीश आफू अनुकूल पठाउन खोज्नु भयो’, राणाले भने, ‘पूर्वप्रधानन्यायाधीश संरक्षक हो भन्दै न्यायाधीश र कर्मचारीमा भाग खोज्ने काम भयो।’  

उनले आफूले यी कुरा अस्वीकार गरेकाले आफ्नाविरुद्ध विज्ञप्ति निकाल्नेदेखि न्यायाधीश र कानुन व्यवसायीलाई आन्दोलनमा उत्रन उक्साएको आरोप लगाए। उनले न्यायाधीशहरू, नेपाल बारका पदाधिकारी, पूर्वअध्यक्ष र सर्वोच्च बारका अध्यक्षलाई समेत मुछे।
 
नेपाल बारका पूर्वपदाधिकारीले उच्च अदालतको न्यायाधीश मागेको र सर्वोच्च अदालत बारका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले मुद्दा मिलाइदिनुपर्ने कुरा राखेको राणाले आरोप लगाए। संवैधानिक कानुनका विज्ञ शाक्यले अदालतमा देखिएको अवरोध हटाउन भनी गरेको छलफलका क्रममा आफूसँग यस्तो माग गरेको राणाको दाबी छ।

Ncell 2
Ncell 2

बयान दिने क्रममा राणाले नामै लिएर नेपाल बारका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र पूर्वमहासचिव लिलामणि पौडेलले उच्च अदालतमा न्यायाधीश मागेको पनि आरोप लगाए।

‘नेपाल बारका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठले उच्च अदालतको न्यायाधीशमा कोटा माग्नु भयो’, राणाले भने,  ‘बारका महासचिवले उच्च अदालतको मुख्य न्यायाधीशमा आफैंलाई राख्न माग गर्नुभयो। उहाँ न त वरिष्ठ अधिवक्ता हुनुहुन्थ्यो, न लैजान मिल्थ्यो। त्यसैले मैले हुँदैन भनेको थिएँ।’ 

बारका पदाधिकारी सिद्धान्त र नैतिकताले आन्दोलनमा नगएको राणाको टिप्पणी छ। ‘सर्वोच्च बारका अध्यक्ष प्राध्यापक हुनुहुन्छ। उहाँले आफ्नो मुद्दाको कुरा गर्नुभयो’, राणाले थपे।

उनले आफ्ना सहकर्मीहरूको आन्दोलन बारको उक्साहटमा भएको आरोप लगाए। राणामाथि बुधबार ४ प्रश्नमा मात्र बयान भएको छ। बिहीबार ११ बजे फेरि बयानका लागि बोलाइएको छ। बिहीबार बाँकी प्रश्नमा बयान गरेर समिति निष्कर्षतिर जाने समितिका सदस्यहरूले बताएका छन्।

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भूकम्पको धक्कापछि पाकिस्तानको जेलबाट भागे दुई सय बढि कैदी
एनसेलले सुरु गर्यो  ‘लीग अफ क्रिएटर्स’ अभियान, विजेतालाई १० लाख बराबरको ब्रान्ड डिल जित्ने मौका
आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै
सम्बन्धित सामग्री
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाइँदै नेपालको संविधानले सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधा... बुधबार, जेठ २१, २०८२
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुने छ । बुधबार, जेठ २१, २०८२
आन्दोलन स्थगित भए संगै सार्वजनिक यातायात आजबाट चल्न थाले त्यसैका आधारमा गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेको हो । सोमबार सरकार र यातायात व्यवसायीबीच मध्यरातमा सहमति भएको थियो । बुधबार, जेठ २१, २०८२
ताजा समाचारसबै
भूकम्पको धक्कापछि पाकिस्तानको जेलबाट भागे दुई सय बढि कैदी बुधबार, जेठ २१, २०८२
एनसेलले सुरु गर्यो  ‘लीग अफ क्रिएटर्स’ अभियान, विजेतालाई १० लाख बराबरको ब्रान्ड डिल जित्ने मौका बुधबार, जेठ २१, २०८२
आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै बुधबार, जेठ २१, २०८२
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बुधबार, जेठ २१, २०८२
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाइँदै बुधबार, जेठ २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सांसदहरुले गरे सार्वजनिक यातायात सञ्चालन गरेर जिम्मेवार बन्न यातायात व्यवसायीहरुलाई आग्रह
सांसदहरुले गरे सार्वजनिक यातायात सञ्चालन गरेर जिम्मेवार बन्न यातायात व्यवसायीहरुलाई आग्रह मंगलबार, जेठ २०, २०८२
राजावादीको प्रदर्शन सिफल चौर
राजावादीको प्रदर्शन सिफल चौर मंगलबार, जेठ २०, २०८२
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समिति बैठक
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समिति बैठक मंगलबार, जेठ २०, २०८२
राष्ट्रिय सभा (अठाराैँ अधिवेशन) बैठक
राष्ट्रिय सभा (अठाराैँ अधिवेशन) बैठक मंगलबार, जेठ २०, २०८२
ऐतिहासिक पदक जितेकी एरिका गुरुङ स्वदेश फिर्ता
ऐतिहासिक पदक जितेकी एरिका गुरुङ स्वदेश फिर्ता मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
गृहमन्त्रीलाई सदनमा बोल्न दिन विपक्षी दल तयार मंगलबार, जेठ २०, २०८२
महानगर प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित मंगलबार, जेठ २०, २०८२
राजावादीको पहिलो चरणको आन्दोलन सम्पन्न, बैठक आह्वान मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
राजावादीको दीप प्रज्वलनमा वाइसिएलको नाराबाजी, प्रहरीले गर्‍यो हस्तक्षेप सोमबार, जेठ १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्