• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत १७, २०८२ Tue, Mar 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
एकीकृत समाजावादीको एक वर्ष

महासचिव भूसाल भन्छन्-  जे-जति मत र जित प्राप्त गरियो हामी सन्तुष्ट नै छौं  [अन्तरवार्ता]

64x64
नेपाल लाइभ बिहीबार, भदौ ९, २०७९  १२:३९
1140x725

काठमाडौं– भदौ ९ अर्थात् निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र पाएकै दिन नेकपा एकीकृत समाजवादीले स्थापना दिसव मनाउँदैछ। यसलाई 'पार्टी पुनर्गठन'को संज्ञा दिइएको छ। एमालेबाट छुट्टिएपछि निरन्तर सत्ता गठबन्धनको हिस्सा बनिरहेको एकीकृत समाजवादीले एक वर्षमा आफू जन्मिनुको औचित्य पुष्टि गरेको कि गरेन? अपेक्षाअनुसार नै पार्टी अघि बढिरहेको छ वा छैन? आदि विषयमा महासचिव बेदुराम भुसालसँग नेपाल लाइभको कुराकानी :

'पार्टी पुनर्गठन'को वार्षिकोत्सव मनाउँदै हुनुहुँदो रहेछ। आफू जन्मिनुको औचित्य पुष्टि भएको आत्ममूल्यांकन छ?
पहिलो कुरा त विद्रोह गर्ने बेलामा लोकतन्त्र र संविधानकको रक्षा गर्न सकेका छौं। यो राम्रो उपलब्धी हो। नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने र वाम एकताको कुरा गरेका थियौं। पुनर्गठनको अभियान एक वर्षभित्र हामी सबै ठाउँमा पूरा गर्छौं। ७७ जिल्लामा पार्टी कमिटी र पार्टीको जनवर्गीय संगठन  बनाएका छौं। पालिकामा ७५ प्रतिशतभन्दा बढी पुर्‍याएका छौं। वडा तहमा पुगेका छौं। ५५ प्रतिशतभन्दा बढी वडामा पार्टी कमिटी बनाएका छौं।  यि सबै पुनर्गठनका राम्रै उपलब्धी हुन्।

यही बीचमा स्थानीय तहको निर्वाचन पनि सामना गरेका छौं। कतै एकल रुपमा त कतै गठबन्धन भयो।  गठबन्धनका कारण सबै ठाउँमा उम्मेदवारी दिन सकेनौं। उम्मेदवारीका हिसाबले जे जति मत र जित प्राप्त गरियो त्यसमा हामी सन्तुष्ट नै छौं। २७ प्रतिशत उम्मेदवारी दिएर ३ दशमलव ७७ प्रतिशत मत पाएका छौं। 

अहिले पार्टी प्रशिक्षणको अभियान सुरु गरेका छौं। सँग–सँगै एकताको अभियान सुरु गर्न हामीसँग सबैभन्दा धेरै विचार मिल्ने पार्टी एकीकृत माओवादीसँग सहकार्यका निम्ति समन्वय समिति बनाएर जाने प्रस्तावना अघि सारेका छौं।  हामीले राष्ट्रियता र लोकतन्त्रप्रति भूमिका निर्वाह गरेका छौं। वैचारिक अभियान पनि सुरु गरेका छौं। 

स्थानीय तहमा एमालेबाट छुट्टिँदा झन्डै १० प्रतिशत जनप्रतिनिधि लिनुभएको थियो तर गएको निर्वाचननमा ३ दशमलव ७७ प्रतिशतमा झर्नुभयो भन्ने कोणबाट पनि चर्चा हुन्छ नि?
त्यो चर्चा सान्दर्भिक छ जस्तो लाग्दैन। दोस्रो कुरा ठाउँहरु चाहिँ धेरैजसो वडाका वडाध्यक्ष र वडासदस्य जस्ता लिएका थियौं। अहिले हामीले महानगर र उपमहानगर नै प्राप्त गरेका छौं। करिब ८ पालिकामा सेट नै विजयी बनाएका छौं।

Ncell 2
Ncell 2

६ वटा पालिकामा हामीले एकल उम्मेदवारी दिएका हौं। केही ठाउँमा निर्विरोध भएका छौं। महत्वपूर्ण पदका हिसाबले कमजोर देखिँदैन, संख्याका हिसाबले अलिकति कम देखिएको हो। 

पुनर्गठन भन्नुभएको छ तर तपाईंहरु आफ्नै अस्तित्व संकटमा पर्ने डरले माओवादी केन्द्रसँग चुनावअघि नै एकता खोजिरहेको जस्तो देखिएको छ नि?
आफ्नो अस्तित्वका लागि लत्रिदैछ भन्ने कुरा जुन छ,  यी मनोगत कुरा हो। हामीले २७ प्रतिशत उम्मेदवारी दिएर राष्ट्रिय पार्टी हुनका निम्ति चाहिनेभन्दा बढी मत प्राप्त गरेका छौं। सबै ठाउँमा उम्मेदवारी दिने हो भने जनसमर्थनको अवस्था राम्रै देखिन्छ। हामीले आत्तिनुपर्ने वा अस्तित्वका निम्ति कसैसँग जानुपर्ने भन्ने कुरै होइन।

माओवादी केन्द्रसँग एकताका लागि समिति बनाउनुको कारण के हो?
हामीले कम्युनिष्ट एकता गरेर अगाडि बढ्नुपर्छ। त्यसका लागि सबैभन्दा पहिले कोसँग हात मिलाउने भन्दा जो निकट छ, हामीसँग प्रतिगमनविरुद्ध सँगै लडेको थियो। जोसँग एकता भइसकेको थियो,  जोसँग आज हाम्रा धेरै कुरा मिल्छन्, त्यसैसँग पहिले हात बढाएको हो। छलफल प्रारम्भ गर्ने कुरा गरेका हौं। एकताका आधार हेरौं।

हामी दुई पार्टी सँग–सँगै अरु पार्टी पनि लिएर नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन के गर्न सकिन्छ भनेर एकै ठाउँमा छलफल गर्न समिति बनाएका हौं। सहकार्य सघन बनाउन खाका निर्माण गर्न संयोजन समिति बनाएर अघि जान खोजेका हौं। सहकार्य त हामीले  राजनीतिक हिसाबले जतिबेला विद्रोह गरेका थियौं,  त्यही बेलादेखि छँदै छ नि।

तत्कालीन एमाले केपी शर्मा ओलीको पार्टी चलाउने शैली र संसद् विघटनविरुद्ध थियो। विद्रोहको औचित्य पुष्टि भयो? एमाले र ओलीलाई साइजमा राख्न सफल भएको मूल्यांकन छ कि छैन?
ओली कहाँ पुग्छन्, एमाले कहाँ जान्छ, त्यो हाम्रो  विषय होइन। उनीहरु कुन साइजमा बस्छन्, त्यो हाम्रो सरोकार होइन। हाम्रो विषय भनेको ओलीले अगाडि सारेको विचार गलत छ। खाली कार्यशैली मात्रै होइन,  उनले सारेको विचार र काम गलत छन् भनेका छौं।

ओलीको नेतृत्वमा एमालेमा रहेको नेतृत्व पंक्तिको काम सैद्धान्तिक रुपले गलत छ। वैचारिक हिसाबले पनि गलत बाटोमा छ। समाजवादतर्फ अघि बढ्ने बेला नभएको बताउँछ, एउटा कम्युनिष्ट नेता र पार्टी। कम्युनिष्ट पार्टीले समाजवादतर्फ जाने कुरा गर्दैन भने त्यो कम्युनिष्ट नै रहँदैन। कम्युनिष्ट विचारधारा नै त्यागिसकेको छ। धार्मिक विचार लिएर मार्क्सवाद बिर्सिसकेको छ। संविधान पनि तहस-नहस गरेर अघि बढ्यो भनेर हामी विद्रोहमा पुगेका हौं।
 

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १२:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
व्यवसायी भट्ट अध्यागमनको कालोसूचीमा
एमालेद्वारा थप आन्दोलन घोषणा, यस्तो छ वैशाख १२ सम्मको कार्यक्रम
एमालेले ओली पक्राउको विषय संसदमा उठाउने
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
व्यवसायी भट्ट अध्यागमनको कालोसूचीमा मंगलबार, चैत १७, २०८२
एमालेद्वारा थप आन्दोलन घोषणा, यस्तो छ वैशाख १२ सम्मको कार्यक्रम मंगलबार, चैत १७, २०८२
एमालेले ओली पक्राउको विषय संसदमा उठाउने मंगलबार, चैत १७, २०८२
निर्माण क्षेत्रमा अनुचित लेनदेन नगर्ने व्यवसायीको प्रतिबद्धता, कानुनी सुधारका लागि छाता ऐनको माग मंगलबार, चैत १७, २०८२
सीमा सुरक्षा सुदृढीकरण र विपद् तयारीबारे गृहमन्त्री गुरुङद्वारा एपीएफ नेतृत्वसँग छलफल मंगलबार, चैत १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति सोमबार, चैत १६, २०८२
ठेकेदारले कर्मचारीलाई कमिसन नदिने सहमति सोमबार, चैत १६, २०८२
ओलीको निवेदनमा कारण देखाउ आदेश, रिहा गर्न अस्वीकार सोमबार, चैत १६, २०८२
एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? सोमबार, चैत १६, २०८२
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश सोमबार, चैत १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्