काठमाडौं- शुक्रबारबाट शुभारम्भ भएको नेपाल लाइभ डटकममा अबदेखि हरेक शुक्रबार चर्चित हास्यकलाकार नारद खतिवडाको कमेडी शो प्रसारण हुने भएको छ। लामो समयपछि उनी नयाँ शो मार्फत दर्शकहरुमाझ आउन लागेका हुन्।
यसअघि कान्तिपुर टेलिभिजनमा प्रसारित उनको शो 'पोस्टमार्टम' दर्शकमाझ चर्चित थियो। नेपाल लाइभबाट प्रसारण हुने 'नारद खतिवडा शो'ले दर्शकलाई बेग्लै खालको मनोरञ्जन दिनेमा हामी आशावादी छौं। दर्शकहरूको प्रतिक्रियाका आधारमा शोलाई थप गुणस्तरीय बनाउँदै लगिने खतिवडाले बताए।
खतिवडाको पहिलो शोमा चुनावी गीत प्रस्तुत गर्नेछन्। खतिवडा हास्य प्रस्तुतिसँगै थुप्रै कमेडी गीतका लागि पनि चर्चित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।