• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

महिनावारी अनुभव: अझै पनि चेतना नाइँ सुदूरका गाउँमा

रेखा जोशी शनिबार, साउन २१, २०७९  ११:१५
1140x725

कति चेली बली चढिन् छाउपडीका नाउँमा
अझै पनि चेतना नाइँ सुदूरका गाउँमा

मेरो स्वर रहेको छाउपडी सम्बन्धी देउडा गीतको अंश हो यो। ‘गायिका’को रुपमा परिचय बनाउँदासम्म व्यवसायिक मात्रै होइन, समाजमा रहेका कुप्रथा र अन्धविश्वासका विरुद्ध पनि धेरै गीतमा आवाज दिने अवसर मिलेको छ। 

हाम्रो समाजमा रहेको छाउ बार्ने ‘छाउपडी’ प्रथाको भुक्तभोगी भएकाले पनि होला, यससँग सम्बन्धित गीतमा आवाज दिँदा अन्तरहृदयको पीडा पोखेको जस्तो हुन्छ। बेदनाका गीत गाउदा कारुणिक भएपनि स्रोतालाई ‘मीठा’ लाग्छन् होला। तर, छाउपडी प्रथाका विषयमा मैले गाएका हरेक गीत बेदना र पीडाले भरिएका छन्। ती मेरो आवाजमा निस्किएकका सुदूर तथा कर्णालीका धेरै दिदीबहिनाका क्रन्दन हुन्।  ती गीतले कहिलेकाहिँ आफ्नै विगततर्फ फर्काउँछन्, र म जन्मेको भूमिका दिदीबहिनीका लागि अहिले पनि यो एक यथार्थ पीडा हो भन्ने सम्झिँदा त मन झन् अमिलो भएर आउँछ। 

धेरै समयसम्म म आफैं पनि अन्धविश्वासको भूमरीमा थिएँ। छाउ (महिनावारी) भएका बेला देवीदेवताका थानमा गए अनिष्ट हुन्छ भन्ने भयले मेरो मनमा लामो समय डेरा जमायो। तर, अहिले भने त्यसलाई दिमागबाट हटाएकी छु।  

स्कूल पढिरहँदासम्म महिनावारी हुँदा अलग बस्ने अर्थात् छाउ बार्ने गरेँ। पुर्ख्यौली घर बाजुराको बुढीगंगा नगरपालिकाको थुमा भए पनि जन्मे हुर्केको ठाउँ भने कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखाल हो। आमाबुवा रोजगारीका क्रममा बाजुराबाट भारततर्फ जानुभयो। त्यहाँबाट फर्केपछि २०४० सालतिर पहाड नउक्ली कञ्चनपुरतिरै बस्नुभएछ। 

ठूलो परिवार, दिदीबहिनीको संख्या पनि धेरै नै। घरमा आमा र  दिदीहरु महिनावारी हुँदा सानो ठाउँ अर्थात् घरको एक कुनामा बस्ने गरेको देखेकी थिएँ। त्यतिबेला सबै कुरा सामान्य नै लाग्थ्यो। हजुरआमा, आमा, काकी, भाउजु, दिदीबहिनी सबैजना छाउ (महिनावारी) हुँदा घरको तल्लो कोठाको कुनामा बस्थे। मेरा आमाहरुले छाउपडी प्रथा विरासतका रुपमा बोक्नुभयो। दिदीहरुले भोग्नुभयो। मैले पनि खेपेँ। मेरो समाजमा छाउ बार्नु महिलाले पुस्तौंदेखि पाएको बाध्यात्मक ‘लिगेसी’ थियो, जसलाई त्याग्नु कल्पनाभन्दा पनि बाहिरको कुरा लाग्थ्यो सबैलाई। समाजका अन्य बालिकाजस्तै मलाई पनि लाग्थ्यो, छाउ भयो भने यसरी नै अलग्गै बस्नुपर्छ। कसैलाई छुन पाइँदैन। दूध दही खान/पिउन पाइँदैन। 

कक्षा १० सम्मको पढाइ स्थानीय जनसेवा माध्यामिक विद्यालयमा पूरा गरियो। १० कक्षासम्म पुग्दा मेरा सबै स‌ंगीसाथी छाउ भइसकेका थिए। तर म भइनँ। १० कक्षा पूरा हुनै लाग्दासम्म पनि महिनावारी नभएपछि घरपरिवार, छरछिमेक, साथी दौतरी सबैले भन्न थाले- यो छाउ क्यान भइन? त्यसले मेरो दिमाग यस्तो मनोवैज्ञानिक त्रास सिर्जना गर्‍यो कि दुईचारजना कोही भेला भएर कुरा गरेको देख्दा लाग्थ्यो- मेरै कुरा काटिरहेका छन्। म आफैं पनि आत्तिन थालेँ। आफैंसँग पनि प्रश्न गर्थे- म किन छाउ भइनँ?

विद्यार्थीका लागि ‘फलामको गेट’ मानिने एसएलसी दिनुपर्ने वर्ष। भदौको महिना थियो। गौरा पर्व हेर्न भनेर म नजिकैको मेला लाग्ने ठाउँमा गएको थिएँ। शरीरमा पानी बगेको जस्तो महसुस भयो। म झस्किएँ। हतार-हतार घर फर्कें। मनमा अनेकन कुरा खेलाउँदै कतिबेला  घर पुगें पत्तो भएन।  

घर पुगेपछि शरीरबाट एक्कासी रगत बग्यो।  आफू महिनावारी भएको  अनुमान लगाएँ। विद्यालय गइनँ। दिदीलाई महिनावारी भएको कुरा बताएँ। अरुहरु महिनावारी हुँदा रुन्थे। उनीहरुलाई डर लाग्थ्यो होला। सुरुमा लाजले लुक्थे होलान्। त्यतिबेला त पहिलोपटक महिनावारी हुँदा लुक्नुपर्ने चलन थियो। म पनि आफैं लुक्न गएँ। लुक्न गएकै ठाउँमा रोएँ।

Ncell 2
Ncell 2
nimb
nimb

दिदीले घरपरिवार सबैलाई भनिदिनुभयो, ‘रेखा त बाहिर सरी (महिनावारी भइ)।’ मेरो भने भित्रभित्रै डरले डेरा गरिसकेको थियो। निकै आत्तिन थालेँ। परिवारले ६ दिनसम्म घरभन्दा टाढा बसायो। एसएलसीको वर्ष थियो। त्यसैले विद्यालय भने नियमित गएँ। तर, महिनावारी भएकी छु भनेर स्कूलमा कसैलाई भन्ने अवस्था भने थिए।भनिनँ पनि। 

महिनावारी भएर स्कूल जाँदा पनि डराइडराइ बस्नुपर्थ्यो। जसको असर पढाइमा पर्थ्यो। सँगैका केटी साथीहरुले थाहा पाउँदा त केही हुँदैनथ्यो, केटाहरुले थाहा पाउँछन् कि भन्ने भयले हेरक क्षण डरसँगै कट्थ्यो।त्यो समयसम्म हाम्रो घरमा शौचालय थिएन। गाउँमा बिरलै शौचालय हुन्थे। दिसापिसाब गर्न नजिककै खोल्साखोल्सीमा जानुपर्थ्यो। महिनावारीको समयमा खोल्साखोल्सीमा शौच गर्नु निकै गाह्रो हुन्थ्यो। 

विद्यालयमा छात्र र छात्राको संयुक्त शौचालय थियो। पानी हुँदैनथियो। पिसाबले च्याप्ये पनि सकेजति सहेर बस्नु नै उत्तम विकल्प हुन्थ्यो। 

घरभन्दा टाढा, अलग्गै एक्लो बसाइ। त्यसमाथि छाउ भएका बेला घरपरिवारबाट बेहोर्नुपर्ने व्यवहारले चेली भएर जन्मिनु नै दोष हो कि? भन्ने खयाल आउँथ्यो। 

खाने भाँडा र लुगाकपडा एउटा मात्रै हुने। त्यहि थाल, त्यहि बटुकामा खाने। पानी राख्ने कसौंडी पनि एउटा मात्रै। घरबाट खाना पुर्‍याउन आउनेहरु माथिबाट खान खसालीदिन्थे। भुइँमा राखेर थापिन्थ्यो। पहिलोपल्ट महिनावारी हुँदा केही पुराना कपडा दिइन्थे। मलाई पनि त्यही दिइयो। भित्र भान्छा कोठामा छिर्न गहुँत खाएर मात्र छिरें।

फेरि एक वर्षसम्म महिनावारी रोकियो। पहिले सवै महिनावारी भइसकेर आफू मात्रै नहुँदा एउटा डर थियो। फेरि एकपटक भएर एक वर्षसम्म नहुँदा अर्को चिन्ताले पिरोल्यो। त्यो डरले पनि लामै समय पछ्यायो। फेरि एक वर्षपछि महिनावारी भएँ। त्यसपछि नियमित हुन थालेँ। केही पुराना कपडा जम्मा गरेर राख्थें। महिनावारी भएको बेला तिनै पुराना कपडालाई ‘प्याड’का रुपमा प्रयोग गर्थें।

स्नातक पढ्दापढ्दै रेडियो कञ्चनपुरमा समाचारवाचकका रुपमा काम गरें। त्यसबेला पनि महिनावारीका बेला ४ दिनसम्म कतै छोइनँ। छोइछिटो नै बारेँ। भान्छा, भगवान र घरका कुलदेवता भएको कतै छुन नमिल्ने भनिन्थ्यो। त्यही गरियो।

गीत गाउन रुचि थियो।  विस्तारै गीतसंगीततर्फ आएँ। पश्चिममा प्रचलित देउडा गीत गाउन सुरु गरेपछि भने चेतनाको विकास हुँदै आयो। म पनि छाउपडी बार्ने ठाउँभन्दा केही परसम्म पुगें। नयाँ समाज, फरक प्रचलन देखेपछि विस्तारै मनको डर पनि कमजोर हुँदै गयो। 

म सानो हुँदा पनि महिनावारीसम्बन्धी जनचेतनामूलक कार्यक्रम गाउँमा हुन्थे। तर महिलाको कार्यक्रम भनेर सुन्ने–हेर्ने मान्छे नै हुँदैनथे। अहिले म यस्ता कार्यक्रममा जाँदा सुन्ने–हेर्ने मान्छेहरु प्रशस्त देख्छु। सुनेपछि बुझाउन सहज हुन्छ। बुझेपछि केही परिवर्तन हुन्छ। त्यो परिवर्तन देखेँ। तर बुढापाकामा भने परिवर्तन देखिनँ। कति परिवर्तन शिक्षाबाट सम्भव छ, बाँकी समयले गरिदिन्छ।  

अहिले पनि जब कोही महिला र किशोरी छाउ गोठमा मरेको खबर सुनिन्छ, पढिन्छ आफैं महिनावारी हुँदा विताएका दिनहरु झल्झल्ती दिमागमा आउँछन्। त्यसपछि छाउपडी जस्तो कुप्रथाका विरुद्ध गीत गाएर मात्रै पुग्दैन भन्ने महसुस हुन्छ। आफैं अभियन्ताका रुपमा अघि बढेर त्यसका विरुद्ध लागौं जस्तो लाग्छ।

यही क्रममा छाउपडीविरुद्ध काम गरिरहेको एक संस्थासँग आवद्ध भएर सुदूरका गाउँ पुग्ने मौका पनि मिल्यो।युरोपेली संघको सहयोग, नेपाल सरकार र फिन्ल्याड सरकारको संयुक्त सहकार्यमा २००६ देखि सुदूरपश्चिम प्रदेशका ८ वटा जिल्ला र कर्णाली प्रदेशका २ जिल्लामा सुरक्षित महिनावारीसम्बन्धी एउटा परियोजना सञ्चालित छ। 

छाउपडीसम्बन्धी कार्यक्रमको सिलसिलामा अछामको तुर्माखाद गाउँपालिकामा पुगेकी थिएँ। त्यहाँ छाउपडीविरुद्ध विद्रोही चेतना बढ्दै गएको त्यो कार्यक्रममा उपस्थित स्थानीयको संख्याले पनि बताउँथ्यो। उनीहरुका कुरा सुन्दा लाग्थ्यो, छाउ बार्ने प्रथाको कहालीलाग्दो पीडाबाट साँच्चै हाम्रा आमा–चेलीहरु आजित भइसकेका छन्। समाजले पनि बुझ्नुपर्छ– अब उनीहरुलाई कुनै पनि बहानामा महिनावारी हुँदा साँघुरो गोठमा थुन्न हुँदैन। 

डडेलधुराको आलीताल गाउँपालिका पुग्दा देखिएको दृश्यले भने मन कटक्कै पार्‍यो। त्यहाँ हरेक ३/४ घरपिच्छे छाउगोठहरु थिए। महिनावारी हुँदाको समयमा त्यहाँका आमा–चेली, दिदीबहिनीले भोग्नुपरेको पीडा सुन्दा समाज परिवर्तन हुँदैछ भन्ने ठानेकी मलाई ग्लानि बोध भयो। यद्यपि परिवर्तनको झिल्कोले भने गाउँलाई छोइसकेको रहेछ। 

अहिलेको आमा पुस्ताभन्दा छोरी पुस्ता भने छाउ (महिनावारी)बारे सचेत भएको पाएँ। समग्र सामाजिक र राजनीतिक प्रणालीको प्रभावले पनि होला, छोरीहरु छाउपडीविरुद्ध विद्रोह गर्न पनि तयार भएका छन्। उनीहरु अब महिनावारी हुँदा आमाहरुले जस्तै गोठमा बसेर शर्पले टोक्दा अकाल मृत्युवरण गर्न तयार छैनन्। 

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  ११:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने
अनियन्त्रित मोटरसाइकलले दियो पाँच पैदलयात्रीलाई ठक्कर, चालकसहित ७ जना घाइते
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित]
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
अनियन्त्रित मोटरसाइकलले दियो पाँच पैदलयात्रीलाई ठक्कर, चालकसहित ७ जना घाइते शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
कांग्रेसको देउवा पक्ष पनि जुट्यो महाधिवेशन तयारीमा, ७७ वटै जिल्लामा खटाइयो केन्द्रीय प्रतिनिधि शनिबार, भदौ २७, २०८३
स्ट्याटस लेखेपछि पक्राउ परेका पत्रकार खड्का धरौटीमा रिहा गर्न आदेश शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
उपाधि जित्न नेपालले यूएईलाई दियो विशाल लक्ष्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्