• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ ७, २०८३ Sun, Aug 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा
शनिबार सिनेमा

‘पानीफोटो’मा धुमिल आकृति र पर्खिनेहरुको कथा

64x64
युवराज भट्टराई शनिबार, साउन १४, २०७९  १५:१७
1140x725

काठमाडौं– पर्खाइ आफैंमा भयंकर कहरले भरिएको अनुभव हो। पर्खिनुको अर्थ कसैको आगमनको प्रतिक्षा गर्नु मात्रै होइन, पर्खिनुको पीडा हुन्छ। छाडेर जानेहरुको पर्खाइमा दोबाटोमा आँखा तेर्साएर बस्नेहरुले भोगेको अनुभव र हेरिरहेको बाटोको कथाभित्र लुकेको हुन्छ अथाह पीडा। र, त्यो पीडा पर्खिनेहरुभन्दा बाहेकले बुझ्दैनन् ।

२०६६ सालमा बानेश्वर हाइटस्थित गुरुकुल थिएटरमा यस्तै पर्खिनेहरुको कथा मञ्चन भएको थियो। खगेन्द्र लामिछानेको नाटक ‘पानीफोटो’मा सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता छोराको पर्खाइमा बसेकाहरुको पीडा देखाइएको थियो। नाटकले युद्धमा संलग्नदेखि युद्धको चोट भोगेका दुवैलाई झझक्याएको थियो।

नाटक मञ्चन भएको एक दशकभन्दा लामो समयपछि ‘पानीफोटो’ले सिनेमाको रुप लियो। कोभिडअघि छायांकन भएको फिल्म कोभिडपछि प्रदर्शनमा आएको छ। ‘पानीफोटो’ ले फेरि एकपटक युद्धको त्रास र युद्धको मारमा परेकाहरुको पीडालाई पर्दामा उतारेको छ। र प्रश्न गरेको छ– युद्ध आखिर कसका लागि?

‘पानीफोटो’मा बेपत्ता धुमिल आकृति
स्कूलबाट निबन्ध प्रतियोगितामा गएका पदम र कृष्ण त्यो दिनपछि घर फर्किएनन्। घरमा चिठ्ठी आयो। पदमका बुबाले छोराको प्रतिक्षामा लामो समय बिताए। बाटामा हेरिरहेका आँखाहरु थाके। आँसुको वर्षात आँखामा कोरिएको छोराको तस्बिरसम्मलाई बगाउने गरि भयो। अन्ततः पर्खाइमा थाकेर बेपत्ता भएको छोराको मृत्यु भएको ठाने। काजकिरिया गरे।

त्यो दिनबाट पदमका बुबाले छोरालाई सपनामा पनि देख्न छाडे। सपनामा पनि कोही आफ्नो मान्छे नआउनुको पीडा कति होला?

No description available.

‘पानीफोटो’ यस्तै पीडाहरुको संग्रह हो। पखाईंमा बसेका बुवा–आमाको कथा हो। स्कूले जीवनमा अंकुराएको प्रेम र सिन्दुरले सजिएको सिउँदोको सम्झनामा प्रियतम आउने प्रतिक्षा गरिरहेकी मायालुको कथा हो। युद्धको कथा हो, जसमा युद्धले डामेका सर्वसाधारणको चित्रण छ।

मेनुका प्रधान र अनुप बरालले श्रीमान्–श्रीमतीको भूमिका निभाएका छन्। स्याङ्जाको कुनै गाउँमा घर भएका चन्दन (अनुप बराल) र मैया (मेनुका प्रधान) आफ्नो छोरा कृष्णको प्रतिक्षामा आँखाहरु दोबाटोमा तेर्साएर बसेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

साथ छ त केबल छोराको धुमिल आकृतिको याद र बाँकी एउटा फोटो। फ्रेममा सजिएको तस्बिरभित्र हँसिलो अनुहार लिएर बसेका कृष्णको प्रतिक्षामा मैयाले जीवनका कैयौं वर्षहरु बिताइसकिन्। श्रीमान् चन्दनले पनि छोराको प्रतिक्षा र खोजीका लागि आफ्नो जीवनका कैयौं समय काटिसकेका छन्। पेन्सन पाक्ने जागिर छाडेर उनी छोराको खोजिमा हिँडेका थिए। तर, न छोरा भेटियो न मृत भएको नै पुष्टि भयो।

‘पानीफोटो’ले यिनै आमाबुबाले आफ्नो छोरा आउने आशामा गरेको प्रतिक्षा र छोराको खोजी गर्दाको व्यथालाई प्रस्तुत गरेको छ।

‘पानीफोटो’ का दृश्यहरु प्रतिक्षाका दृश्यहरु हुन्। दृश्यहरुमा व्यथा छ, पीडा छ। तर, प्रतिक्षा गर्नुअघि उनीहरुले खोजीको प्रयास नगरेका होइनन्। विभिन्न संस्थाहरुसँग हार गुहार गरे। बेपत्ता छानबिन आयोग सामुन्ने गएर आफ्नो पीडा पोखे, छोराको हुलिया बताए।

तर, पीडा उस्तै रह्यो।

फिल्मको एक दृश्यमा गाउँका युवाहरुले दशैंको समयमा पिङ्ग हाल्न डोरी बनाउन चाहिने बाबियो लिन आउँछन्। मैया घरको सिकुवामा बसेर आफ्नै काममा व्यस्त हुन्छिन्। गाउँको एक केटोलाई बाबियो दिँदै गर्दा सिकुवामा सफा गरेर राखिएको फोटो देख्छ उ। प्रश्न गर्छ मैयालाई, ‘कृष्ण दाईको अरु तस्बिर छैनन?’

मैया जवाफमा तस्बिरहरुलाई सम्झिन्छिन्। छोराका कैयौं तस्बिरहरु उनले जताततै बाँडिन्। कहिले कुन संस्थाले लगे, कहिले कुन व्यक्तिले। सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा धाइन्। त्यहाँ कैयौं तस्बिरहरु पुर्‍याइन्। तर, छोरोको बारेमा कसैले कुनै खबर दिएनन्। आशा रहिरहे पनि निराशाको बादलले जीवनको आकाशलाई धुमिल बनायो।

मैया भन्छिन्, ‘अब त अरु तस्बिर धुलाउन पनि पानीफोटो छैन्।’

त्यो धुमिल आकृति तस्बिरमा मात्रै सीमित रह्यो, यादमा मात्रै सीमित रह्यो। कृष्णको खबर नपाउनुको पीडा मैयाले बुझिन्, चन्दनले बुझे। उसका साथीभाई, युवावस्थाकी प्रेमिकाले बुझिन्। तर, युद्ध गर्नेहरुले बुझेनन्। 

‘पानीफोटो’को अभावमा अरु तस्बिर धुलाउन नसकेजस्तै जीवनमा पनि छोराको त्यो आकृति हराउँदै हराउँदै गयो। यादहरुमा समेटिएको आकृति विस्तारै धुमिल धुमिल हुँदै गयो ।

पर्खिनेहरुको कथा
युद्धका अनेक पक्षहरु होलान्। युद्ध कसैका लागि आफ्नो अधिकार पाउने बाटो होला, कसैका लागि आफूले भोगिरहेको पीडाबाट उम्किने विकल्प। युद्धका डोबहरु चारैतिर छरिन्छन्। अनि, युद्धसँग प्रत्यक्ष नजोडिएकाहरु पनि युद्धको मारमा पर्छन्।

देशले पछिल्लोपटक देखेको र भोगेको सबैभन्दा असर गरेको युद्ध थियो, सशस्त्र जनयुद्ध। सत्तापक्ष र आन्दोलन गरिरहेको पक्षबीचको युद्धले राजनीतिक व्यवस्थामा परिवर्तन ल्यायो। देशको राज्यसत्तामा परिवर्तन भयो। देशमा राजनीतिक पार्टीहरुको शासन कायम भयो। युद्ध गर्नुको पछाडि भनिएको समानता, विकास, समृद्धि र अधिकारजस्ता कुराहरु प्राप्त भए भएनन्, त्यो समय सापेक्ष समिक्षा हुने कुरा हो। तर, युद्धको प्रभावकारिता र युद्धले पुर्‍याएका असरमाथि भने निरन्तर बहस भइरहेको छ।

No description available.

हिजो युद्धमा होमिएकाहरुले बोकेको सिद्धान्तमा आज उनीहरुकै जीवन चलेको छैन। युद्ध गर्दा सर्वसाधारणलाई सनाएको कथा, उनीहरुले कल्पना गरेर बनाउँछु भनेको समाजको यर्थाथबाट आजको अवस्थामा आइपुग्दा उनीहरु नै बिमुख भइसकेका छन्।

तर, युद्धले छाडेका डोबहरु अझैं उस्तै छन्। युद्धमा मारिएकाहरुको परिवारमाथि परेको चोट उस्तै छ। सबैभन्दा ठूलो भने युद्धका कारण सर्वसाधारणले भोगेको पीडा छ। जनयुद्ध सकिएर ‘शान्ति’ सुरु भएको भनिएको दुई दशकभन्दा धेरै समय बितिसक्दा बेपत्ता भएकाहरुको प्रतिक्षा गर्नेहरु उस्तै छन्।

‘पानीफोटो’ यीनै प्रतिक्षा गर्नेहरुको कथा हो।

‘पानीफोटो’का प्रमुख पात्रहरु सबैको अनुहारमा आशा छ, आँखाहरु दोबाटोमा टाँगिएका छन् बेपत्ता भएकाहरुको आगमनको प्रतिक्षामा। मैया र चन्दन आफ्नो छोराको प्रतिक्षामा छन्। जिउँदो भएको खबर आओस वा मृत्यु भएको सन्देश पाइयोस भन्ने आशाले उनीहरुले आँखाहरु लोलाएका छन्।

यता कृष्णसँगै स्कूले जीवन बिताएर प्रेममा बाँधिएकी राधा (मलिका महत) पनि उत्तिकै प्रतिक्षामा छिन्। 

‘पानीफोटो’ भित्रका पात्रहरुमध्ये सबैभन्दा निरीह पात्र राधा हुन्। स्कूले जीवन पढ्दा सुरु भएको मायाको सम्झनामा उनी आफ्नो जीवन सुम्पिरहेकी छन्। घरमा परिवारले विवाहका लागि दबाब दिइरहन्छ। उनी दबाबबाट भाग्न खोज्छिन्। आफन्तहरु विवाहका लागि केटा देखाउन आउँछन्। उनी आफन्तबाट भाग्छिन्।
उनको यो दौडको गन्तव्य छैन।

राधा कृष्णको आगमन पर्खिरहेकी छन्। तर, भोलि गाउँमा फर्किएको पदमले जस्तै कृष्णले पनि विवाह गरेर फर्किए के गर्ने? यतिका वर्षसम्म उनले गरेको पर्खाइको कुनै अर्थ हुँदैन त्यो बेला। आफूले पर्खिरहेको मान्छेले पर्खिनेलाई नसम्झिएर अरु कसैसँगको सम्बन्धलाई अपनाएमा के होला?

जवाफहीन प्रश्न छ। तर, प्रश्नभन्दा ठूलो प्रेम छ। प्रेमको वाचा छ, प्रेमीसँग गरेको वाचा छ। त्यहि वाचाले राधाको मनमा अझैं उस्तै प्रतिक्षा गरिरहने आशालाई जगाईरहेको छ।

सुस्त, तर सशक्त
‘पानीफोटो’ जनयुद्धमा बेपत्ता छोराको प्रतिक्षा र खोजीमा निस्किएका बुबा आमा, उनको प्रतिक्षामा रहेकी प्रेमिकाको कथा हो। सिनेमा सुस्त गतिमा आफ्नो कथालाई लिएर अघि बढ्छ। सुस्त भए पनि कथा भन्ने शैली सशक्त छ।

स्याङ्जाको कुनै गाउँको परिवेशमा खिचिएका दृश्यहरुमा एउटा फ्रेममा रहेका दृश्यहरुलाई गाउँको घर वा ढोका वा झ्यालजस्ता वस्तुहरुभित्र अर्को फ्रेम बनाएर खिचिएको छ। फ्रेमभित्रको फ्रेममा राखिएका दृश्यहरुले गाउँले परिवेशको झझल्को दिन्छन्। सिकुवामा बसेर घरभित्र भएको मान्छेसँग गरिने संवादको याद गराउँछन्।

‘पानीफोटो’को सुरुवातमा बेपत्ता छोरा कृष्णको यादमा मैयालाई भइरहेको छटपटि सिनेमाको अन्त्यसम्म पनि उस्तै छ। सिनेमाको सुरुवातबाटै छोराको खोजीमा छटपटिएकी मैयाको जीवनमा आशा पलाउँछ। तर, त्यो निराशामा परिणत हुन कत्ति पनि बेर लाग्दैन।

No description available.

‘पानीफोटो’ सिनेमा भर नै मुख्य तीन घट्नाहरु हुन्छन्। युद्धमा बेपत्ता भएका प्रदिप घर फर्किएको खबर रेडियोमा सुनेपछि मैया उनलाई भेट्न जान्छिन् आफ्नो छोराको तस्बिर लिएर। गाउँकै पदम, जोसँगै कृष्ण पनि बेपत्ता भएका थिए, उनी गाउँमा आएपछि छोरा आउने आशा पलाउँछ कुन्दन र मैयाको जीवनमा। अन्त्यमा रोल्पाको कुनै दुर्गममा युद्धमा छोरासँगै हिँडेका चमन मगरलाई भेट्न जान्छन्।

यी तीन घटनाको सेरोफेरोमा फिल्मले कथा भन्छ। कृष्णको प्रतिक्षामा बसेकी राधाको जीवनमा आएको उतारचढाव यीनै घटनाको बीचमा आउँछन्। राधा कृष्णको खोजीमा जानेसम्मको अवस्था सिर्जना यिनै घटनाका बीचमा हुन्छ।

‘पानीफोटो’मा बेपत्ता छोरा जीउँदै छन् वा मृत भइसके, त्यो दर्शकले फिल्मबाटै थाहा पाउने कुरा हो। सँगै फिल्मबाट युद्धले छाडेको त्रासदीपूर्ण डोबको कथा दर्शकले बुझ्न सक्छन्। जनयुद्धलाई प्रत्यक्ष नदेखेकाहरुका लागि फिल्मले प्रस्तुत गरेको फरक कोणको कथा बुझ्न अहिले आवश्यक पक्ष पनि हो। युद्धले सर्वसाधारणको जीवनमा पारेको असरको पक्षबाट फिल्मले कथा बोलेको छ।

खगेन्द्रको डेब्यु निर्देशन भएका कारण ‘पानीफोटो’का केही दृश्यहरुमा नाटकीय स्वभाव भेटिन्छ । रंगकर्मीका रुपमा स्थापित खगेन्द्रको रंगमञ्चमा नाटक निर्देशन गर्दाजस्तै व्यवहार फिल्मकादृश्यलाई पनि गरेका छन्। 

कथाको बीच बीचमा आउने सपनाका दृश्यहरु र मोन्टाजहरुले कथालाई बग्न भने सघाएका छन्। सरल कथा, कम बिम्बहरुको प्रस्तुतिका साथ भनिएको ‘पानीफोटो’को दृश्यभाषा यर्थाथपरक सिनमामा हुनेजस्तै छ। सुस्त गतिमा बग्ने कथा, धेरै उतारचढाव नभइ दर्शकसँग प्रत्यक्ष रुपमा जोडिन सक्ने दृश्यहरुले फिल्म भरिएको छ।

No description available.
फिल्मको अर्को बलियो पाटोको रुपमा पुष्पा संगमले गरेको पाश्र्वसंगीत हो, जो निकै शक्तिशाली छ। सिनेमामा दृश्यहरुलाई संगीतले कसरी न्याय गर्छन् र भावनालाई दर्शकसम्म पुर्याउन सघाउँछन् भन्ने पक्षमा ‘पानीफोटो’को संगीतले काम गरेको छ।

फिल्मका लेखक, अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले नेपाल लाइभसँगको फिल्मवार्तामा भनेका थिए, ‘मैले फिल्मको प्रि–प्रोडक्सनको काम यसरी गरेको थिएँ, म मरेको भए पनि फिल्म बन्ने थियो।’

उनले भनेजस्तै फिल्मका हरेक दृश्यहरु निर्धारित फ्रेम र शैलीले खिचेको अनुभव हुन्छ।

दर्शकलाई यी दृश्यहरु अल्छि लाग्न सक्छन्। तर, यथार्थमा जीवनको गति र पर्खाइमा बस्नेहरुको नियति पनि दुःखले भरिएको हुन्छ। दुःखको आगमन भएपछि लामो समयसम्म त्यो रहिरहन्छ। पर्खाइ र पर्खिनेहरुको दुःख जीवनभर उस्तै हुन्छ।
 

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १५:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै आइतबार, भदौ ७, २०८३
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान आइतबार, भदौ ७, २०८३
५० वर्षमा बदलियो नेपालको अटो बजार : आयातबाट स्वदेशी उत्पादनतर्फको यात्रा आइतबार, भदौ ७, २०८३
शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै छौँ : शिक्षामन्त्री पोखरेल आइतबार, भदौ ७, २०८३
रेड नोटिसमा रहेका बलात्कार आरोपी ओमानबाट पक्राउ, नेपाल ल्याइयो आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्