• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

असारमा रोपाइँ गर्दैनन् ताप्लेजुङका किसान, धान झुल्ने खेतमा अलैँची फल्छ अचेल  

64x64
नेपाल लाइभ बिहीबार, साउन ५, २०७९  १४:१३
1140x725

फुङ्लिङ– विक्रम याक्सो अहिले बाँझो खेतबारीमा आँखा टोलाउँछन्। ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–४ हाङपाङ निवासी उनी विगतका असार साउनमा दिनहरुमा हिलोले लत्तपतिएर असारे गीत गाउँदै खेतबारीमा आली लगाएका दिनहरु सम्झिन्छन्। खेतबारीमा हलो जोतेको, आली लगाएको यादहरु याक्सोको सम्झानामा मात्र सीमित हुन पुगेको छ। 

उनी विगका समयमा जेठ महिनाको पहिलो सातादेखि साउन तेस्रो सातासम्म खेतबारीमै हुन्थ्यो। असारे झरीमा लुथ्रक्कै भिज्दै बिहानीको उज्यालोको झिसमिसमै खेतबारी पुग्थे र बेलुका गोधुली साँझसम्म खेतबारीमै हुन्थे।  

जुनेली रातमा पानीको कुलो फर्काउन खेतमा पुग्थे। उमेरले ६५ वर्ष पुगेका छन्। हुर्किएकी तीन बहीनी छोरी विवाह गरेर गइसके। परिवार घट्दै गयो। खेतबारी पनि बाँझो हुँदै गयो। 

विगतमा ८० मुरीदेखि ९० मुरी धान फल्ने उनको खेतबारीमध्ये धेरैजसो अहिले बाँझो हुन पुगेको छ।  'पहिले त बेठी लगाएर नौमती बाजासहित धान रोप्थे, तर अहिले कसैले बेठी लगाउँदैन। विस्तारै खेतीपाती गर्न छोड्दै गए। बरु खेतबारी बाँझो राखेर विदेशतिर जाने बढ्दै गयो,' याक्सो भन्छन्। 

फक्ताङलुङ गाउँपालिका–२ खेजिमिका दिलकुमार पतङवा विगत  तीन वर्ष अगाडिसम्म जेठ–असारमा खेतबारीमा हिलोले लत्पतिएर खेतको आली लगाउँथे। पहिले धानखेतमा गोरु नार्दै भेटिने उनी अहिले अलैँची बगानमा अलैँचीका बोट स्याहार्दै गरेको भेटिन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

पहिले धान फल्ने खेतमा अहिले उनले अलैँची लगाएका छन्। केही वर्ष अगाडि ३० मुरी धान फलाउँदै आएका पताङवा अहिले भने एक दाना पनि फलाउँदैन। धान रोप्ने खेतबारीहरुमा सुन्तला, किबी, कफी र अलैँचीजस्ता फूलदेखि नगदे बाली लगाउन थालेको ३ वर्ष भयो। गाउँ–गाउँमा सडक खन्ने काम सुरु भएसँगै खेतमा धान रोप्न छोडेर अलैँची तथा अन्य  खेतीपाती गर्न तिर लागेको पताङवाको भनाइ छ। 

'सडकले गाउँका खेतबारी चिराचिरा बनाएको छ। बर्खाको समयमा घरमा बस्नसमेत जोखिम छ। यस्तो समयमा खेतमा झन पानीको कुलो लगायो भने गाउँ पहिरोको उच्च जोखिम हुन्छ। त्यसैले रुखको बिरुवासँगै अलैँची बगान लगाउन थालेको छु,'  पताङवा भन्छन्, 'अलैंची एक पटक रोपेपछि ८/९ वर्ष रोप्नुपर्दैन, फल दिइरहन्छ। अलैँचीलाई शीतलता दिनका लागि रुख चाहिन्छ। रुख बिरुवा हुर्कायो भने पहिरो जानबाट रोकिन्छ।'

फक्ताङलुङ–६ मादिबुङ गाउँका सन्तकुमार फेम्बू पाँच वर्ष अगाडि गाउँकै सबैभन्दा धेरै धान फलाउनेमा पर्थे। गाउँका अधिकांश परिवार फेम्बुको खेतबारीमा धान रोप्न नपुगेको कोही पनि हुँदैनथ्यो, तर विस्तारै गाउँमा खेतमा काम गर्ने खेताला पाउनै छोड्यो।  खेतालाको ज्याला पनि बढ्दै गयो। गाउँका युवा ऋण खोजेर विदेशिन थाले। खेतमा काम गर्ने ज्यालादारी पाउनै मुस्किल। त्यसपछि फेम्बुले खेतबारी मासेर अलैँची लगाउनुको विकल्प रहेन। 

विगतमा असारमा धमाधम धान रोपाइँ हुने खेत अहिले अलैँची बगानमा परिणात भएका छन्।

सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकका चैतन्य इवारमको करिब १४ रोपनी खेतबारी अहिले बाँझोबारी हुन पुगेको छ। इवारम वैदेशिक रोजगारीमा जाए। उनको परिवार पनि सहरतिर बसाइँसराइ सरेर गएसँगै खेतबारी अहिले बाँझो छ। 

इवाारमको मात्र होइन सिरिजङ्गा–४ तेल्लोक र आम्वेगुदिन क्षेत्रमा रहेको खेतबारी धेरै बाँझो हुन पुगेको सिरिजङ्गा–४का वडाध्यक्ष सिंहबहादुर लिम्बू बताउँछन्। गाउँलेमा अहिले विस्तारै खेतीपाती गर्ने बानी हराउँदै गएको वडाध्यक्ष लिम्बूको अनुभव छ। 

'मान्छेहरु खेतबारीमा दुःख गरेर खान मान्दैनन्। कसरी हुन्छ सुखको खोजी गर्छन्। गाउँमा रहेका पनि सुख खोज्दै युवा विदेश जाने क्रम बढ्दो छ। गाउँदेखि सहरमा बसाइँ सर्नेको पनि लर्को उस्तै छ। गाउँका उर्बर जमिन बाँझो हुने क्रम बढ्दै गएको छ,' लिम्बू भन्छन्।

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १४:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालिकाको पेटमा डेढ किलो ट्युमर, केएमसीको सफल शल्यक्रियाले बचायो जीवन
बाढीपीडितका नाममा आफ्नै क्यूआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ
‘बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणा’
सम्बन्धित सामग्री
देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशभरका कुल धानखेती योग्य जमिनमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। आइतबार, भदौ ७, २०८३
डीडीसीको घ्यू अब दुबईमा, पहिलो चरणमा ६ सय किलो निर्यात नेपाली दुग्धजन्य उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने लक्ष्यसहित डीडीसीले पहिलो खेप घिउ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पठाएको... शुक्रबार, भदौ ५, २०८३
अकबरे खुर्सानी खेतीबाट लाखौँ कमाउँदै मोतीबहादुर कुनै बेला गोलभेँडा खेतीबाट रामेछाप जिल्लामा स्थापित भएका मन्थली नगरपालिका–८ चिसापानीका कृषक मोतीबहादुर सारू मगर अहिले अकबरे खुर्सानी... शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
बालिकाको पेटमा डेढ किलो ट्युमर, केएमसीको सफल शल्यक्रियाले बचायो जीवन बिहीबार, भदौ १८, २०८३
बाढीपीडितका नाममा आफ्नै क्यूआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ बिहीबार, भदौ १८, २०८३
‘बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणा’ बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सागर ढकाल र श्रीराम न्यौपानेलाई उद्धार कार्यमा अवरोध भए तत्काल फर्किन रास्वपाको निर्देशन बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्