काठमाडौं- बेलायतका पूर्व वित्त मन्त्री ऋषि सुनकले कन्जरवेटिव पार्टीका नेता र आगामी प्रधानमन्त्रीका लागि भएको पहिलो चरणको मतदानमा जित हासिल गरेका छन्।
पार्टी सांसदको चुनावमा उनले ८८ मत पाएका छन्। उता व्यापार मन्त्री पेनी मोर्डेन् ६७ मतका साथ दोस्रो स्थानमा छन्। विदेश सचिव लिज ट्रस ५० भोटका साथ तेस्रो नम्बरमा आएका छन्।
वित्त मन्त्री नादिम जहावी र पूर्व स्वास्थ्य सचिव जेरेमी हन्ट प्रधानमन्त्री बन्ने दौडबाट बाहिर भएको बीबीसीले उल्लेख गरेको छ। उम्मेदवारहरुले पुन: एक चरणको मतदानको सामना गर्नुपर्ने छ जो बिहीबार हुनेछ।
आगामी हप्ताको अन्तिमसम्म यस दौडमा दुई उम्मेदवार बाँकी हुनेछन्। त्यसपछि १ लाख ६० हजार टोरी सदस्यले कुनै एक उम्मेदवारलााई कन्जरवेटिव पार्टीका नेता र बेलायतका आगामी प्रधानमन्त्री तय गर्नेछन्। ५ सेप्टेम्बरमा बेलायतको आगामी प्रधानमन्त्री घोषणा हुने छन्।
ऋषि सुनकले पछिल्लो हप्ता बोरिस जोनसन क्याबिनेटबाट राजीनामा दिएका थिए। त्यसपछि केही मन्त्री र अधिकारीले सरकारको साथ छाडेका थिए। आखिरमा बेरिस जोनसनको कन्जर्वेटिवको नेताबाट राजीनामा दिनु परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।