काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरभित्र आफ्नै मार्ट ‘केएमसी मार्ट’लाई सञ्चालनमा ल्याउने भएको छ।
आइतबार प्रस्तुत भइरहेको नीति तथा कार्यक्रममा महानगरपालिकाले आगामी आर्थिक वर्षमा नमुनाको रुपमा महानगरभित्र आफ्नै ‘केएमसी मार्ट’ सञ्चालनमा ल्याउने उल्लेख गरेको छ।
नीति तथा कार्यक्रममा भनिएको छ, ‘नमुनाको रुपमा केही स्थानहरुमा केएमसी मार्ट सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था मिलाइने छ।’
त्यस्तै, महानगरपालिकाले आफ्नै शितभण्डारको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। हाल महानगरका मेयर बालेन्द्र शाहले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।