• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

काठमाडौंको फोहरमा वर्षौंदेखि राजनीति हुने गरेको छ : डा कुल मरहट्टा [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, असार ५, २०७९  २०:०५
1140x725

तत्कालीन सोभियत संघअन्तर्गत युक्रेनको किभ युनिभर्सिटीबाट औद्योगिक तथा सिभिल इन्जिनियरिङमा मास्टर्स र सोही युनिभर्सिटीबाट पीएचडी गरेका डा. कुल मरहट्टाले २०५३ सालमा काठमाडौंस्थित फोहरमैला तथा श्रोत परिचालन केन्द्रमा महाप्रबन्धकको जिम्मेवारी सम्हालेका थिए। पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा केही समय लेक्चररको रुपमा पनि काम गरेका उनी हाल लन्डनमा बसोबास गर्छन्। उनीसँग काठमाडौँमा फोहरमैला व्यवस्थापनको समस्या र समाधानका उपायबारे नेपाल लाइभले गरेको कुराकानी :

काठमाडौंको फोहर व्यवस्थापनमा धेरै समस्या देखियो। हप्तौँसम्म नउठेको फोहर अहिले बल्ल उठ्न थालेको छ। विगतमा तपाईं यही क्षेत्रमा हुनुभएकाले त्यो अवस्थामा के थियो? 
काठमाडौंको फोहरमा पहिलेदेखि नै राजनीति हुने गरेको हो। यसका धेरै कारण छन्। फोहरमा सधैं बार्गेनिङ गरेर केही स्थानीय व्यक्तिहरुबाट पैसा कमाउने काम भएको विगतको अनुभव छ।  शुरुका दिनहरुमा काठमाडौँ, ललितपुर र भक्तपुरको फोहर व्यवस्थापनमा जर्मन सहयोग संस्था, जीटीजेड, ले तालिम र उचित व्यस्थापनमा सहयोग गरेको थियो। म २०५३ सालमा फोहरमैला तथा स्रोत परिचालन केन्द्रको प्रमुख भएँ। २५-२६ वर्षदेखि यही अवस्था छ। अहिलेसम्म केही सुधार आएको मैले देखेको छैन। जब मेयर र जनप्रतिनिधिले केही गर्छु भन्छन्, अनि राजनीतिक हस्तक्षेप हुने र काम गर्न नदिने भएको हो। मेरो पालामा हामीले गोकर्णको ल्यान्डफिट साइटमा फोहर व्यवस्थापन गर्ने गरेका थियौं। त्यसको समय सकिने अवस्था थियो। म महाप्रवन्धक भएको बेलासम्म फोहर संकलन र सरसफाईको काम स्थानीय विकास मन्त्रालयले जिम्मा लिएर गर्थ्यो। ६१३ जना कर्मचारी थिए।  त्यसलाई हामीले सरकारबाट रु. १३ करोड निकासा गरेर सबै कर्मचारीहरुलाई 'गोल्डेन ह्यान्डशेक' सहित बिदा दियौं।  त्यसपछि काठमाडौँ र पाटन नगरपालिकालाई फोहर व्यवस्‍थापनको जिम्मा दिइयो।  केन्द्रले चाहिं नीति नियम तर्जुमा गर्ने काम थाल्यो।  

तत्कालीन समयमा मैले पूर्वाधारहरू बनाउने तर यसरी पैसा वितरणको कुरा गर्न नहुने भनेको थिएँ। गोकर्ण गाविस अध्यक्ष भरत फुयाँललगायतका साथीहरूले निकै सहयोग गर्नु भएको थियो। हामीले अन्यत्र पनि फोहर व्यवस्थापन गर्न दीर्घकालीन स्थान खोजेका थियौं। अल्पकालीन रूपमा रामकोट र गुह्येश्वरीमा बाटो निर्माणमा पनि केही व्यवस्थापन गरेका थियौं। त्यही बेलामा हामीले सिसडोल र बञ्चरेडाँडा भेटाएका थियौँ। त्यस्तै, चोभारको तल हिमाल सिमेन्ट उद्योग र बुङ्गमतीमा पनि अध्ययन गरिएको थियो। तर, अल्पकालीन र सहज सिसडोल नै पाइएको थियो। त्यस्तै बञ्चरेडाँडालाई दीर्घकालीन भनि छुट्टाइएको थियो। प्राविधिक अध्ययनबाट गर्दा ५० वर्षको क्षमता छ भन्ने अनुमान थियो। वातावरणीय असरसम्बन्धी (ईआईए) अध्ययन भएको थियो।

२५-३० वर्षमा काठमाडौको जनसंख्या धेरै बढेको छ। राजनीतिक कोर्स पनि बदिलए। तर, फोहरको समस्या उस्तै किन रह्यो? के कारण व्यवस्थित हुन सकेन? 
नेपालमा नगरपालिकाले स्थानीय नागरिकलाई राम्रोसँग डेलिभरी नै गर्न सकेनन्। त्यस्तै, फोहरमैला व्यवस्थापन गरेवापत कर पनि त्यति लिन सकेन। जनतालाई हामी व्यवस्थापन राम्रो गर्छौँ अनि कर पनि लिन्छौं भन्न सक्नुपर्ने थियो। फोहर भन्नेबित्तिकै एकै खालको हुँदैन। ‘थ्री आर’ भनिन्छ-रिड्युस, रिसाइकल र रियुज गर्ने। कुहिने र नकुहिने फोहर अलग गर्ने हो भने यसको समस्या आधा हुन्छ। कुहिने फोहर कम्पोस्ट मलको रुपमा पुन: प्रयोग गर्ने अनि नकुहिने मात्र ल्याडफिट साइटमा लैजानुपर्छ। अहिले कौसी खेतीका लागि आफैँ कम्पोष्ट मल बनाउने कार्य थालेको देखिन्छ। यो राम्रो अभ्यास पनि हो। 

तर, अहिले देखिएको समस्या राजनीतिक हो। यसलाई चुस्त रुपमा समाधान गर्न राजनीतिक तहमा काम नभएको देखिन्छ। अहिले बञ्चरेडाँडामा फोहर लैजान समस्या भएको देखियो। बागमती प्रदेशका एक मन्त्रीज्यूले काठमाडौँको फोहर काठमाडौँमै मात्रै व्यवस्थापन गर्नुपर्छ भनेको पनि सुनियो, यसरी समस्या समाधान हुँदैन। यो राष्ट्रिय समस्या नै हो। स्थानीयहरुले पाउनुपर्ने पूर्वाधार पनि बन्नु पर्‍याे। स्थानीय तहका जनप्रतिनिधिमा पनि समस्या छ।  अघिल्लो दिनसम्म आफ्नो सरकार हुँदा फोहर गन्हाउँदैन, जब आफ्नो सरकार जान्छ अनि फोहरले समस्यै समस्या जन्मायो भनेर विरोध सुरु हुन्छ। हामीले व्यवस्थापन राम्रोसँग गर्न सकेनौं कि? मेरो विचारमा सरकारले पनि फोहरमैला व्यवस्थापनभन्दा फोहर गएकै छ भनेर डम्पिङ साइटलाई मात्र हेर्दा अहिलेको समस्या भएको हो। 

महानगरपालिकाले अबदेखि कुहिने र नकुहिने फोहर छुट्टाएर मात्र लिने भनेको छ। यसलाई दुई भागमा  विभाजन गर्दैमा समाधान होला त? 
यत्तिले मात्र समाधान होला जस्तो लाग्दैन। महानगरमा अरु धेरै समस्या छन्। आजकै आज व्यवस्थापन होला भन्ने लाग्दैन। बेलायतमा फोहर जम्मा गर्ने बिन चारथरि छन्। बेलायतले म्यानेज  गरेकै देखिन्छ। उनीहरुले यसको राम्रो अनुगमन पनि गरेका छन्। उनीहरुले दिएको अनुसार फोहर राखेको छ कि छैन हेर्छन्। छ भने उठाउँछ, छैन भने पहिलो पटक चेतावनी दिएर सिकाउने र दोस्रोमा फोहरै नलैजाने गर्छन्। 

पश्चिम लण्डनको एक घरमा फोहर संकलन गर्न राखिएका चार वटा भाँडा। तस्बिर: नेपाल लाइभ

नेपालमा यसरी कडाइ गर्न कति सम्भव छ? गर्ने हो भने फोहरको समस्या समाधान हुन्छ भन्ने लाग्छ। सिसडोल अल्पकालीन नै थियो, तर बञ्चरेडाँडा दीर्घकालीन समाधानका लागि बनाइएको ल्याडफिड साइट हो। फोहरलाई मल बनाउने र बिजुली निकाल्ने प्रयास चलि नै रहन्छ। मेरो समयमा पनि यो चलेको थियो। मेरै कार्यकालमा एउटा मलेसियन कम्पनी आएर फोहर जलाएर त्यसबाट ऊर्जा निकाल्ने प्रस्ताव गरेको थियो, तर धेरै महँगो भएकाले अगाडि बढेन। त्यसको शुल्क यति धेरै छ कि हामीले नसक्ने देखेपछि रोकिएको थियो। 

बेलायतले कसरी फोहरमैला व्यवस्थापन गर्ने गरेको छ? 
म यहाँ फोहरमैला व्यवस्थापनमा संलग्न छैन। तर, यहाँ पनि यसरी विभाजन गरेको फोहर ल्यान्डफिल साइटमा लैजाने र रिसाइक्लिङ पनि गर्छन्। फोहर फाल्ने केन्द्रमा ढाक्ने,  प्रदूषण कम गर्न त्यसको वरिपरि बिरुवाहरु लगाउने गरिन्छ। केन्यामा पनि फोहरको समस्या छ, तर उचित व्यवस्थापन हुन सकेको छैन। यसबाट विकसित देशमा फोहरको व्यवस्थापन राम्रो रहेको, तर अविकसित देशहरूमा अस्तव्यस्त रहेको पाइयो। हाम्रोमा भक्तपुरले त आफैँ राम्रोसँग व्यवस्थापन गर्दै आएको छ। पाटन र काठमाडौंमा समस्या छ। यो फोहरको समस्या हुँदाहुँदै राजनीतिक समस्या पनि हो भन्ने मलाई लाग्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौँमा कति थरिका फोहर छुट्टाउनुपर्छ होला? 
हाम्रोमा तीन थरि पर्दैन। कवाडीले लैजाने फोहर त पैसा तिरेर नै लैजाने चलन छ। यसलाई बिक्री गरेर आम्दानी पनि गर्न सकिन्छ। यसबाट फाइदा पनि छ। समस्या भनेको होटल र रेष्टुरेन्टबाट निस्कने फोहर अलग हुन सम्भव छैन। यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने अबको समस्या हो। घरबाट निस्कने फोहरको व्यवस्थापन सहजै रुपमा गर्न सकिन्छ।  

मेडिकल क्षेत्रबाट निस्कने फोहर व्यवस्थापन कसरी गर्न सकिन्छ? 
अहिले सरकारले यसमा नीति नै बनाएको छ। अस्पतालहरुले फोहर बाहिर पठाउन पाउँदैनन्। यसलाइ जलाउने गरिन्छ।  विश्व स्वास्थ्य संगठनले नै नियम बनाएको छ। यो फोहर बाहिर फालेमा ठूलो कारबाही हुन्छ। त्यस्तै, फोहरलाई कम गर्ने अभियान नेपालमा पनि चलिरहेको छ। विभिन्न संघ संस्था र मानिसहरु यसमा लागिरहेका मैले पाएको छु। 

‘फोहरलाई मोहर बनाउने’ नारा सुनिन्छ। यो कति सम्भव छ? 
हामीकहाँ निस्कने फोहरमध्ये कुहिने फोहरलाई मल बनाउने हो। कम्पोष्ट मल बनाएर बिक्री गर्न सकेमा फोहरबाट मोहर कमाउन सक्छौं। त्यस्तै ऊर्जाको रुपमा पनि प्रयोग गर्न सकिन्छ।  

फोहर सबै नगरपालिकाहरूको समस्या देखिन्छ। यसलाई कसरी व्यवस्थापन गर्नेमा ध्यान दिनुपर्ला? 
विस्तारै धेरै जनसंख्या भएका सहरहरुमा फोहरको समस्या देखिन थालेको छ। पोखरा, भरतपुरजस्ता ठूला सहरमा यो समस्या आउन थालिसकेको छ। अहिले उनीहरुले खोलाको किनारामा ल्याण्डफिल साइट  बनाएर फोहर फालिरहेका छन्। तर, यो त्यति उपयुक्त होइन। यसरी नदी प्रदूषण हुने गरी फोहर व्यवस्थापन गर्नु हुँदैन। दातृ निकायले पनि यसमा काम गरेका छन्। स्थानीय निकायहरुले आफैँ सक्षम भएर काम गर्नुपर्छ। केन्द्रले नीति बनाउने मात्र हो। सहरका सबै स्थानीय तहसँग ल्याण्डफिल साइट नहुनसक्ने भएकाले यसमा उचित नीति र समन्वयन हुनुपर्छ। पहिलाभन्दा अहिले धेरै सुध्रेको छ। फोहरले मात्र हैन अन्यले पनि प्रदूषण हुने गरेकाले अन्य निकायसँग पनि समन्वय गरेमा मात्रै यसको दीगो समाधान हुन सक्छ। तर, कछुवाको गतिमा मात्र गएर भने समस्याको समाधान हुँदैन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

काठमाडौंको फोहर साँच्चै व्यवस्थापन हुनसक्ला त? 
अहिलेसम्मको समस्या भनेको यसमा भएको राजनीति पनि हो। राजनैतिकबाहेक विज्ञको कुरा सुनेर गयौं भने समाधान हुन्छ। म भएको बेलामा मन्त्रीले गुहेश्वरीमा फोहर लैजाउ भन्नु भयो। मैले एयरपोर्ट नजिकै भएकाले चराहरुले समस्या गर्ने भनेको थिएँ। समस्या भयो पनि। तर, नेपाली सेनाको सहयोगमा राम्रोसँग व्यवस्थापन गर्न सकियो। केन्द्रले नीति निर्देशन मात्र दिने र विज्ञले काम गर्न पाएमा सम्भव छ। 

काठमाडौं कचौराजस्तो भएकाले प्रदूषण त्यहीं रही रहन्छ। उचित  किसिमले  व्यवस्थापन गरिएन भने समस्या रही रहन्छ। मुख्य कुरा बञ्चरेडाँडालाई राम्रोसँग व्यवस्थापन गर्ने हो। समय बाँकी नै रहँदा विकल्प खोज्न जरुरी छ। मूलपानीमा फोहर फाल्ने गरिएको ठाउँ अहिले क्रिकेटस्थल बनाइएको छ। स्थानीयवासीले फोहर फाल्दा पूर्वाधार निर्माणमा बार्गेनिङ हैन त्यहाँ दीर्घकालीन फोहर कसरी व्यवस्थापन गर्ने भन्नेमा ध्यान दिनुपर्छ। नेपालमा पैसाको कमी छैन। तर, समस्या भनेको अस्थिर सरकार हो। मुख्य कुरा नगरपालिकाले जनतासँग कर पनि लिनुपर्‍याे, अनि त्यसको उचित व्यवस्थापन गर्न जरुरी छ। आफूले तिरेको कर सदुपयोग भएमा जनता खुसी हुने छन्। फोहरको समस्या भविष्यमा समाधान हुनेमा म आशावादी छु।

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  २०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने
रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी !
बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध
सम्बन्धित सामग्री
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले नेपाली खेलाडीको क्षमता, विदेशी खेलाडीको अनुभव र समर्थकको विश्वासलाई आधार बनाएर यस वर्ष उत्कृष... सोमबार, कात्तिक ९, २०८३
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] हामी दशैंमा दरबारमा पनि टीका लगाउन जान्थ्यौँ। पछि दरबारसँग कलाकारको नाताले मेरो राम्रो सम्बन्ध भयो। उहाँहरूले मेरो स्वरलाई मन पराउनु... बुधबार, कात्तिक ४, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ सकभर बाहिरको खाना नखानुहोस्। बाहिरको स्वस्थकर नहुन सक्छ। होटेलहरुको धेरैपटक तेलमा पकाएको खानाहरु नखानुहोस्। यसले स्वास्थ्य जोखिम बढा... मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने मंगलबार, कात्तिक १०, २०८३
रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी ! मंगलबार, कात्तिक १०, २०८३
बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध मंगलबार, कात्तिक १०, २०८३
केनले जिते बालोन डी’ओर मंगलबार, कात्तिक १०, २०८३
आजको लागि तोकियो विदेशी मुद्राको विनिमयदर मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्