• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

काठमाडौंको फोहरमा वर्षौंदेखि राजनीति हुने गरेको छ : डा कुल मरहट्टा [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, असार ५, २०७९  २०:०५
1140x725

तत्कालीन सोभियत संघअन्तर्गत युक्रेनको किभ युनिभर्सिटीबाट औद्योगिक तथा सिभिल इन्जिनियरिङमा मास्टर्स र सोही युनिभर्सिटीबाट पीएचडी गरेका डा. कुल मरहट्टाले २०५३ सालमा काठमाडौंस्थित फोहरमैला तथा श्रोत परिचालन केन्द्रमा महाप्रबन्धकको जिम्मेवारी सम्हालेका थिए। पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा केही समय लेक्चररको रुपमा पनि काम गरेका उनी हाल लन्डनमा बसोबास गर्छन्। उनीसँग काठमाडौँमा फोहरमैला व्यवस्थापनको समस्या र समाधानका उपायबारे नेपाल लाइभले गरेको कुराकानी :

काठमाडौंको फोहर व्यवस्थापनमा धेरै समस्या देखियो। हप्तौँसम्म नउठेको फोहर अहिले बल्ल उठ्न थालेको छ। विगतमा तपाईं यही क्षेत्रमा हुनुभएकाले त्यो अवस्थामा के थियो? 
काठमाडौंको फोहरमा पहिलेदेखि नै राजनीति हुने गरेको हो। यसका धेरै कारण छन्। फोहरमा सधैं बार्गेनिङ गरेर केही स्थानीय व्यक्तिहरुबाट पैसा कमाउने काम भएको विगतको अनुभव छ।  शुरुका दिनहरुमा काठमाडौँ, ललितपुर र भक्तपुरको फोहर व्यवस्थापनमा जर्मन सहयोग संस्था, जीटीजेड, ले तालिम र उचित व्यस्थापनमा सहयोग गरेको थियो। म २०५३ सालमा फोहरमैला तथा स्रोत परिचालन केन्द्रको प्रमुख भएँ। २५-२६ वर्षदेखि यही अवस्था छ। अहिलेसम्म केही सुधार आएको मैले देखेको छैन। जब मेयर र जनप्रतिनिधिले केही गर्छु भन्छन्, अनि राजनीतिक हस्तक्षेप हुने र काम गर्न नदिने भएको हो। मेरो पालामा हामीले गोकर्णको ल्यान्डफिट साइटमा फोहर व्यवस्थापन गर्ने गरेका थियौं। त्यसको समय सकिने अवस्था थियो। म महाप्रवन्धक भएको बेलासम्म फोहर संकलन र सरसफाईको काम स्थानीय विकास मन्त्रालयले जिम्मा लिएर गर्थ्यो। ६१३ जना कर्मचारी थिए।  त्यसलाई हामीले सरकारबाट रु. १३ करोड निकासा गरेर सबै कर्मचारीहरुलाई 'गोल्डेन ह्यान्डशेक' सहित बिदा दियौं।  त्यसपछि काठमाडौँ र पाटन नगरपालिकालाई फोहर व्यवस्‍थापनको जिम्मा दिइयो।  केन्द्रले चाहिं नीति नियम तर्जुमा गर्ने काम थाल्यो।  

तत्कालीन समयमा मैले पूर्वाधारहरू बनाउने तर यसरी पैसा वितरणको कुरा गर्न नहुने भनेको थिएँ। गोकर्ण गाविस अध्यक्ष भरत फुयाँललगायतका साथीहरूले निकै सहयोग गर्नु भएको थियो। हामीले अन्यत्र पनि फोहर व्यवस्थापन गर्न दीर्घकालीन स्थान खोजेका थियौं। अल्पकालीन रूपमा रामकोट र गुह्येश्वरीमा बाटो निर्माणमा पनि केही व्यवस्थापन गरेका थियौं। त्यही बेलामा हामीले सिसडोल र बञ्चरेडाँडा भेटाएका थियौँ। त्यस्तै, चोभारको तल हिमाल सिमेन्ट उद्योग र बुङ्गमतीमा पनि अध्ययन गरिएको थियो। तर, अल्पकालीन र सहज सिसडोल नै पाइएको थियो। त्यस्तै बञ्चरेडाँडालाई दीर्घकालीन भनि छुट्टाइएको थियो। प्राविधिक अध्ययनबाट गर्दा ५० वर्षको क्षमता छ भन्ने अनुमान थियो। वातावरणीय असरसम्बन्धी (ईआईए) अध्ययन भएको थियो।

२५-३० वर्षमा काठमाडौको जनसंख्या धेरै बढेको छ। राजनीतिक कोर्स पनि बदिलए। तर, फोहरको समस्या उस्तै किन रह्यो? के कारण व्यवस्थित हुन सकेन? 
नेपालमा नगरपालिकाले स्थानीय नागरिकलाई राम्रोसँग डेलिभरी नै गर्न सकेनन्। त्यस्तै, फोहरमैला व्यवस्थापन गरेवापत कर पनि त्यति लिन सकेन। जनतालाई हामी व्यवस्थापन राम्रो गर्छौँ अनि कर पनि लिन्छौं भन्न सक्नुपर्ने थियो। फोहर भन्नेबित्तिकै एकै खालको हुँदैन। ‘थ्री आर’ भनिन्छ-रिड्युस, रिसाइकल र रियुज गर्ने। कुहिने र नकुहिने फोहर अलग गर्ने हो भने यसको समस्या आधा हुन्छ। कुहिने फोहर कम्पोस्ट मलको रुपमा पुन: प्रयोग गर्ने अनि नकुहिने मात्र ल्याडफिट साइटमा लैजानुपर्छ। अहिले कौसी खेतीका लागि आफैँ कम्पोष्ट मल बनाउने कार्य थालेको देखिन्छ। यो राम्रो अभ्यास पनि हो। 

तर, अहिले देखिएको समस्या राजनीतिक हो। यसलाई चुस्त रुपमा समाधान गर्न राजनीतिक तहमा काम नभएको देखिन्छ। अहिले बञ्चरेडाँडामा फोहर लैजान समस्या भएको देखियो। बागमती प्रदेशका एक मन्त्रीज्यूले काठमाडौँको फोहर काठमाडौँमै मात्रै व्यवस्थापन गर्नुपर्छ भनेको पनि सुनियो, यसरी समस्या समाधान हुँदैन। यो राष्ट्रिय समस्या नै हो। स्थानीयहरुले पाउनुपर्ने पूर्वाधार पनि बन्नु पर्‍याे। स्थानीय तहका जनप्रतिनिधिमा पनि समस्या छ।  अघिल्लो दिनसम्म आफ्नो सरकार हुँदा फोहर गन्हाउँदैन, जब आफ्नो सरकार जान्छ अनि फोहरले समस्यै समस्या जन्मायो भनेर विरोध सुरु हुन्छ। हामीले व्यवस्थापन राम्रोसँग गर्न सकेनौं कि? मेरो विचारमा सरकारले पनि फोहरमैला व्यवस्थापनभन्दा फोहर गएकै छ भनेर डम्पिङ साइटलाई मात्र हेर्दा अहिलेको समस्या भएको हो। 

महानगरपालिकाले अबदेखि कुहिने र नकुहिने फोहर छुट्टाएर मात्र लिने भनेको छ। यसलाई दुई भागमा  विभाजन गर्दैमा समाधान होला त? 
यत्तिले मात्र समाधान होला जस्तो लाग्दैन। महानगरमा अरु धेरै समस्या छन्। आजकै आज व्यवस्थापन होला भन्ने लाग्दैन। बेलायतमा फोहर जम्मा गर्ने बिन चारथरि छन्। बेलायतले म्यानेज  गरेकै देखिन्छ। उनीहरुले यसको राम्रो अनुगमन पनि गरेका छन्। उनीहरुले दिएको अनुसार फोहर राखेको छ कि छैन हेर्छन्। छ भने उठाउँछ, छैन भने पहिलो पटक चेतावनी दिएर सिकाउने र दोस्रोमा फोहरै नलैजाने गर्छन्। 

पश्चिम लण्डनको एक घरमा फोहर संकलन गर्न राखिएका चार वटा भाँडा। तस्बिर: नेपाल लाइभ

नेपालमा यसरी कडाइ गर्न कति सम्भव छ? गर्ने हो भने फोहरको समस्या समाधान हुन्छ भन्ने लाग्छ। सिसडोल अल्पकालीन नै थियो, तर बञ्चरेडाँडा दीर्घकालीन समाधानका लागि बनाइएको ल्याडफिड साइट हो। फोहरलाई मल बनाउने र बिजुली निकाल्ने प्रयास चलि नै रहन्छ। मेरो समयमा पनि यो चलेको थियो। मेरै कार्यकालमा एउटा मलेसियन कम्पनी आएर फोहर जलाएर त्यसबाट ऊर्जा निकाल्ने प्रस्ताव गरेको थियो, तर धेरै महँगो भएकाले अगाडि बढेन। त्यसको शुल्क यति धेरै छ कि हामीले नसक्ने देखेपछि रोकिएको थियो। 

बेलायतले कसरी फोहरमैला व्यवस्थापन गर्ने गरेको छ? 
म यहाँ फोहरमैला व्यवस्थापनमा संलग्न छैन। तर, यहाँ पनि यसरी विभाजन गरेको फोहर ल्यान्डफिल साइटमा लैजाने र रिसाइक्लिङ पनि गर्छन्। फोहर फाल्ने केन्द्रमा ढाक्ने,  प्रदूषण कम गर्न त्यसको वरिपरि बिरुवाहरु लगाउने गरिन्छ। केन्यामा पनि फोहरको समस्या छ, तर उचित व्यवस्थापन हुन सकेको छैन। यसबाट विकसित देशमा फोहरको व्यवस्थापन राम्रो रहेको, तर अविकसित देशहरूमा अस्तव्यस्त रहेको पाइयो। हाम्रोमा भक्तपुरले त आफैँ राम्रोसँग व्यवस्थापन गर्दै आएको छ। पाटन र काठमाडौंमा समस्या छ। यो फोहरको समस्या हुँदाहुँदै राजनीतिक समस्या पनि हो भन्ने मलाई लाग्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

काठमाडौँमा कति थरिका फोहर छुट्टाउनुपर्छ होला? 
हाम्रोमा तीन थरि पर्दैन। कवाडीले लैजाने फोहर त पैसा तिरेर नै लैजाने चलन छ। यसलाई बिक्री गरेर आम्दानी पनि गर्न सकिन्छ। यसबाट फाइदा पनि छ। समस्या भनेको होटल र रेष्टुरेन्टबाट निस्कने फोहर अलग हुन सम्भव छैन। यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने अबको समस्या हो। घरबाट निस्कने फोहरको व्यवस्थापन सहजै रुपमा गर्न सकिन्छ।  

मेडिकल क्षेत्रबाट निस्कने फोहर व्यवस्थापन कसरी गर्न सकिन्छ? 
अहिले सरकारले यसमा नीति नै बनाएको छ। अस्पतालहरुले फोहर बाहिर पठाउन पाउँदैनन्। यसलाइ जलाउने गरिन्छ।  विश्व स्वास्थ्य संगठनले नै नियम बनाएको छ। यो फोहर बाहिर फालेमा ठूलो कारबाही हुन्छ। त्यस्तै, फोहरलाई कम गर्ने अभियान नेपालमा पनि चलिरहेको छ। विभिन्न संघ संस्था र मानिसहरु यसमा लागिरहेका मैले पाएको छु। 

‘फोहरलाई मोहर बनाउने’ नारा सुनिन्छ। यो कति सम्भव छ? 
हामीकहाँ निस्कने फोहरमध्ये कुहिने फोहरलाई मल बनाउने हो। कम्पोष्ट मल बनाएर बिक्री गर्न सकेमा फोहरबाट मोहर कमाउन सक्छौं। त्यस्तै ऊर्जाको रुपमा पनि प्रयोग गर्न सकिन्छ।  

फोहर सबै नगरपालिकाहरूको समस्या देखिन्छ। यसलाई कसरी व्यवस्थापन गर्नेमा ध्यान दिनुपर्ला? 
विस्तारै धेरै जनसंख्या भएका सहरहरुमा फोहरको समस्या देखिन थालेको छ। पोखरा, भरतपुरजस्ता ठूला सहरमा यो समस्या आउन थालिसकेको छ। अहिले उनीहरुले खोलाको किनारामा ल्याण्डफिल साइट  बनाएर फोहर फालिरहेका छन्। तर, यो त्यति उपयुक्त होइन। यसरी नदी प्रदूषण हुने गरी फोहर व्यवस्थापन गर्नु हुँदैन। दातृ निकायले पनि यसमा काम गरेका छन्। स्थानीय निकायहरुले आफैँ सक्षम भएर काम गर्नुपर्छ। केन्द्रले नीति बनाउने मात्र हो। सहरका सबै स्थानीय तहसँग ल्याण्डफिल साइट नहुनसक्ने भएकाले यसमा उचित नीति र समन्वयन हुनुपर्छ। पहिलाभन्दा अहिले धेरै सुध्रेको छ। फोहरले मात्र हैन अन्यले पनि प्रदूषण हुने गरेकाले अन्य निकायसँग पनि समन्वय गरेमा मात्रै यसको दीगो समाधान हुन सक्छ। तर, कछुवाको गतिमा मात्र गएर भने समस्याको समाधान हुँदैन। 

काठमाडौंको फोहर साँच्चै व्यवस्थापन हुनसक्ला त? 
अहिलेसम्मको समस्या भनेको यसमा भएको राजनीति पनि हो। राजनैतिकबाहेक विज्ञको कुरा सुनेर गयौं भने समाधान हुन्छ। म भएको बेलामा मन्त्रीले गुहेश्वरीमा फोहर लैजाउ भन्नु भयो। मैले एयरपोर्ट नजिकै भएकाले चराहरुले समस्या गर्ने भनेको थिएँ। समस्या भयो पनि। तर, नेपाली सेनाको सहयोगमा राम्रोसँग व्यवस्थापन गर्न सकियो। केन्द्रले नीति निर्देशन मात्र दिने र विज्ञले काम गर्न पाएमा सम्भव छ। 

काठमाडौं कचौराजस्तो भएकाले प्रदूषण त्यहीं रही रहन्छ। उचित  किसिमले  व्यवस्थापन गरिएन भने समस्या रही रहन्छ। मुख्य कुरा बञ्चरेडाँडालाई राम्रोसँग व्यवस्थापन गर्ने हो। समय बाँकी नै रहँदा विकल्प खोज्न जरुरी छ। मूलपानीमा फोहर फाल्ने गरिएको ठाउँ अहिले क्रिकेटस्थल बनाइएको छ। स्थानीयवासीले फोहर फाल्दा पूर्वाधार निर्माणमा बार्गेनिङ हैन त्यहाँ दीर्घकालीन फोहर कसरी व्यवस्थापन गर्ने भन्नेमा ध्यान दिनुपर्छ। नेपालमा पैसाको कमी छैन। तर, समस्या भनेको अस्थिर सरकार हो। मुख्य कुरा नगरपालिकाले जनतासँग कर पनि लिनुपर्‍याे, अनि त्यसको उचित व्यवस्थापन गर्न जरुरी छ। आफूले तिरेको कर सदुपयोग भएमा जनता खुसी हुने छन्। फोहरको समस्या भविष्यमा समाधान हुनेमा म आशावादी छु।

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  २०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्