complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

गेटा मेडिकल कजेललाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन सुदूरपश्चिमका सांसदद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

64x64
नेपाल लाइभ सोमबार, जेठ ३०, २०७९  ११:४५
1140x725

काठमाडौं– कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कजेललाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।

उनीहरूले प्रधानमन्त्रीलाई गेटा मेडिकल कलेजलाई किन विश्वविद्यालय बनाउन आवश्यक छ भन्ने विषयमा बुँदागत रुपमा ज्ञापन पत्रसमेत बुझाएका छन्। 

‘देश संघीय संरचनामा गइसकेको अवस्था छ। विकास निर्माणको दृष्टिकोणबाट पछि पारिएको सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म स्वास्थ्य क्षेत्रतर्फ भरपर्दो आधार निर्माण हुन सकेको छैन। कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेज सञ्चालनको काम निकै ढिलो भएको छ,’ उनीहरुले ज्ञापन पत्रमा भनेका छन्, ‘अहिले सरकारले डडेलधुरामा पनि मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेको छ। त्यहाँ कलेज स्थापना हुनु आफ्नो ठाउँमा उपयुक्त नै होला तर, भौतिक संरचना लगायतका थुप्रै संरचना निर्माण भइसकेको गेटाका विषयमा प्रष्ट रुपमा सरकारको ध्यान गएको देखिएको छैन।’

विश्वमा धेरैजसो स्वास्थ्य क्षेत्रका लागि नै भनेर विश्वविद्यालय स्थापना गरिएका प्रशस्त उदाहरण भएपनि नेपालमा त्यसको व्यवस्था अझै नथालिएको सांसदहरुको भनाइ छ।

‘गेटा मेडिकल कलेजलाई मेडिकल राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रुपमा अगाडि बढाउनेतर्फ सरकारको ध्यान जानुपर्छ,’ विश्वविद्यालय बनाउनुपर्ने भन्दै पहल गर्दै आएका कञ्चनपुरका प्रतिनिधि सभा सदस्य डा. दीपकप्रकाश भट्टले भने, ‘सरकारले यसतर्फ ध्यान दिन सक्यो भने त्यसबाट सुदूरपश्चिमको स्वास्थ्य सेवामा ठूलो योगदान पुर्‍याउने छ।’

सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, बयलपाटा अस्पलात र डडेलधुरामा रहेको संघीय अस्पतालका अन्य जिल्ला अस्पतालहरुलाई समेत विश्वविद्यालय अन्तर्गत आंगिक मेडिकल संस्थानका रुपमा सञ्चालन गर्न सकेमा त्यसले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मार्ने बताइएको छ। 

गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा अगाडि बढाउनुपर्ने भन्दै आवाज उठाउँदै आएका सामाजिक अभियन्ता अभयराज जोशीले राज्यले मेडिकल कजेललाई विश्वविद्यालयका रुपमा स्थापना गर्न सके त्यसले सुदूरपश्चिम मात्र नभइ नेपालको स्वास्थ्य क्षेत्रमा नै ठूलो सुधार ल्याउने बताए।

Ncell 2
Ncell 2
nimb
nimb

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री  देउवाले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा अगाडि बढाउने कुरामा आफू सकारात्मक रहेको भन्दै पहिला प्रतिष्ठान बनाएर अघि बढ्नुपर्ने धारणा राखेका थिए।

‘म तपाईंहरुले उठाएको विषयमा सकारात्मक छु। यसका विषयमा पहिले अध्ययन गरौं,’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै जोशीले भने, ‘पहिले प्रतिष्ठानका रुपमा सुरु गरेर त्यसपछि अध्ययन गरी विश्वविद्यालयका रुपमा अघि बढाउनुपर्छ।’

राष्ट्रिय चिकित्सा विश्वविद्यालय किन आवश्यक छ भनेर प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा समावेश बुँदाहरू : 
१. प्रस्तावित गेटा मेडिकल कलेजलाई स्तरोन्नति गरेर राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रुपमा अघि बढाउँदा सुदूरपश्चिम मात्रै होइन समग्र नेपालमै स्वास्थ्य क्षेत्रको अध्ययन, अध्यापन, सन्धान, अनुसन्धान गर्नेदेखि लिएर अध्ययनका लागि पनि आफ्नै क्षेत्रमा वातावरण बन्ने छ। जसबाट वर्षेनी करोडौं रुपैयाँ मेडिकल शिक्षाका लागि बाहिर गइरहेको छ त्यो रोकिने छ।
 
२. वर्षौंदेखि गुणस्तरीय स्वास्थ्य सेवा नपाइरहेका नागरिकहरुले अहिले पनि नेपालगञ्ज, चितवन, काठमाडौं वा भारतका विभिन्न ठाँउहरुमा धाउनुपर्ने बाध्यता छ। जसले गर्दा गम्भीर प्रकृतिका बिरामीले सास्ती खेप्नु परेको छ। गेटा मेडिकल विश्वविद्यालय निर्माण भए त्यसबाट नागरिकले सर्वसुलभ र प्रभावकारी सेवा लिन सक्नेछन्। 

३. स्वास्थ्य क्षेत्रमा ठूलो रुपान्तरण हुनेछ। त्यसले समग्र सुदूरपश्चिमको आर्थिक गतिविधिदेखि स्वास्थ्य पर्यटन लगायतका अन्य विविध विषयमा पनि मद्दत पुगाउने छ।
 
४. विश्वविद्यालय स्थापना भएमा देशभित्र र देश बाहिरबाट पनि ठूलो मात्रामा जनशक्ति फर्केर आउने छन्। यहाँ विश्वविद्यालय स्थापना भएपछि स्वदेशमै रोजगारीको अवसर सिर्जना हुनेछ। जसबाट विदेशीएको जनशक्ति पनि आफ्नै क्षेत्रमा आएर सेवा दिनका लागि अग्रसर हुने अवस्था पनि सिर्जना हुनेछ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

५. विश्वविद्यालयको स्थापना भएसँगै यसले कैलालीको गेटा क्षेत्र मात्रै होइन समग्र सुदूरपश्चिम र देशकै स्वास्थ्य अवस्थामा देखिएको समस्यामा आमुल परिवर्तन ल्याउने छ। मुख्यगरी सुदूरपश्चिमका पहाडी जिल्ला र तराईंका जिल्लाहरुमा पनि अहिले नागरिकलाई पाउँदै आएको स्वास्थ्य सेवाभन्दा अझ बढी गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बन्ने छ।
 
६. विश्वविद्यालय स्थापना भएसँगै यहाँ मेडिकल शिक्षाका विभिन्न कार्यक्रमहरु जस्तै, फार्मेसी, पब्लिक हेल्थ, मेडिकल ल्याबोरेटरी, फिजियोथेरापी, डेन्टल, अप्टोमेट्री र फड साइन्स लगायत आधुनिक चिकित्सा विज्ञानका नयाँ र आवश्यक विधाका कोर्सहरु सञ्चालन हुनेछन्। यसबाट दक्ष जनशक्ति उत्पादन गर्नेछ। विभिन्न विदेशी विद्यार्थी, प्राध्यापक लगायतका अध्ययन अनुसन्धान गर्न चाहने मानिसहरू पनि यहाँ आउनेछन्। जसका कारणले यस प्रदेशको समग्र विकासको प्रकृयाले गति लिनेछ। 

७. विश्वविद्यालय स्थापना गरेर अघि बढ्न सकेको खण्डमा आम नागरिकले पनि मेडिकल अध्ययनका लागि अवसर प्राप्त गर्नेछन्। बढ्दो बेरोजगारी समस्याले उत्पादन भएका जनशक्ति विदेशीनु पर्ने जुन समस्या छ त्यसलाई न्यूनीकरण गर्ने कार्य हुनेछ।

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  ११:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह
सम्बन्धित सामग्री
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्ज... बिहीबार, असोज २९, २०८३
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली तर, यस वर्षको दसैँमा विगतका वर्षमा जस्तो उल्लास र उमङ्ग भने सबैको अनुहारमा देखिँदैन । देशमा देखिएका विभिन्न विपद्, आर्थिक मन्दी, महँ... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया, स्वास्थ्य अवस्था सामान्य पेट दुख्ने समस्या देखिएपछि अस्पताल पुगेकी काफ्लेको चिकित्सकीय परीक्षणका क्रममा एपेन्डिसाइटिस पुष्टि भएको थियो। त्यसपछि चिकित्सकको सल... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर बिहीबार, असोज २९, २०८३
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका बिहीबार, असोज २९, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्