• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा
शनिबार सिनेमा

सडक यात्रामा देखिएको अमेरिका र फिरन्ते फ्रेनको कथा

64x64
युवराज भट्टराई शनिबार, जेठ २१, २०७९  ०९:२२
1140x725
क्लोइ झाओ र फ्रेन्सिस म्याक डोर्माण्ड

काठमाडौं– ‘नोमाडल्याण्ड (२०२०)’को कथा हामीले देखिरहेको वा सुनिरहेको अमेरिकाको कथा होइन। अमेरिकी सपनाको कथा होइन। 

विश्व शक्ति अमेरिका सपना बाँढ्छ, यर्थाथ लुकाउँछ। एफ स्कट फिट्जेराल्ड कृत ‘द ग्रेट ग्याट्बी’को प्रमुख पात्र ग्याट्बीको जस्तो सम्पन्नता, सुख, स्वतन्त्रताको कुरा गरिरहन्छ अमेरिका।

तर, यी सबै कुराहरु अमेरिकाले देखाइरहेका र देखाउन चाहेका कुराहरु हुन्। वास्तवमा भने अमेरिका केवल ‘अमेरिकी सपना’हरुले सिर्जित दुनियाँ मात्रै होइन्। यहाँभित्रका यर्थाथहरु फरक छन्। विरोधाभासले भरिएको छ अमेरिका। ‘नोमाडल्याण्ड’ तीनै विरोधाभास भित्रबाट देखाइएको यथार्थ हो।

०००

सन् २०११ मा फ्रेन (फ्रेन्सिस म्याक डोर्माण्ड अभिनित) ले आफ्नो जागिर गुमाइन्। सन् २००७–२००९ को समयमा विश्वशक्ति अमेरिकासमेत आर्थिक संकटसँग जुँधिरहेको थियो। त्यसैको परिणामस्वरुप फ्रेन अमेरिकाको नेभाडा राज्यको ‘युएस जिप्सम’मा गरिरहेको काम गुमाइन्।

वर्षौंसम्म गरेको जागिर गुमेपछिको अवस्था। श्रीमानको मृत्युपछिको विछोड। फ्रेनको आफ्नो जीवनका अर्थहरु खोज्न सडकमा निस्किइन्।

फ्रेन आफूसँग भएका सम्पूर्ण कुराहरु बेचेर एउटा ‘क्याराभान’ बोकेर सडकमा निस्किइन्। अमेरिकाका चिसा सडकहरुमा जीवनको अस्थिर यर्थाथ र सुख दुःखको अंकगणितभन्दा बाहिरको दुनियासँगको साक्षात्कार थियो, यो यात्रा। र, यो यात्राले उनलाई अमेरिकी सडकमा भौतारिरहेका आफूजस्तै अन्य फिरन्ते आत्माहरुसँग परिचित गरायो।

त्यो सडक यात्राले बृहत अमेरिकी सपनाहरुले गाँजिएका मानिसहरुको वास्तविकतासँग उनलाई चित्रण गरायो।विश्वकै शक्ति र धनी राष्ट्रमा फिरन्ते भइ हिँड्ने ‘नोम्याड’हरुको कथा देखायो। अमेरिकाका अस्थिर मानिसहरुको कथा देखायो। अव्यवस्थित आत्माहरुको कथा देखायो।

Ncell 2
Ncell 2
nimb
nimb

‘नोमाडल्याण्ड’ यस्तै फिरन्ते आत्माहरुको कथा हो। सडकमा उत्रिएर जीवनको अर्थसँग निकट भएकाहरुको कथा हो। सडकको यात्रासँग अघि बढ्ने जीवनको कथा र त्यो कथासँग जोडिएका पात्रहरु समेटिएको छ, नोमाडल्याण्डमा।

एक्लो जीवन लिएर सडकमा उत्रिएकी छिन् फ्रेन। सडकका कथाहरु बेग्लै हुन्छन्। जीवनका अधिंकाश दिनहरु काम र अमेरिकी सपना पछ्याउँदा पछ्याउँदै बिताएकी फ्रेनसँग गुमाउन बाँकी केही छैन अब। भएका सबै कुराहरु आफ्नो यात्राका सामल बनेका छन्।

सडकमा क्याराभान लिएर निस्किएकी छिन्। सडकका कथाहरु सुन्दै, चिसो बतासलाई महसुस गर्दै र सडकमा यात्रा गरिरहँदा भेटिने अस्थाई र मौसमी जागिरहरु उनको यात्राका सहयात्रीहरु झैं बनेका छन्। 

क्याराभ्यानसहित फ्रेन पश्चिम अमेरिकातर्फ लाग्छिन्। उनको घर भन्नु वा यात्राको साधन भन्नु त्यहि क्याराभ्यान मात्रै हो। यात्रा केही क्षण रोकिन्छ। अमेजोनको मौसमी जागिरले केही समयसम्म उनलाई त्यहिँ राख्छ। उनको घर अर्थात् क्याराभ्यान डेजर्ट रोज आर्मिको पार्किङमा हुन्छ।

Xtrem

Xtrem

मौसमी जागिरका बीच आफूजस्तै फिरन्ते भइ हिँड्ने लिन्डा (लिन्डा मे)सँग भेटिन्छिन्, फ्रेन। दुवैको जीवनको मोड उस्तै अवस्थामा आएको छ। दुवै जना नोम्याडको रुपमा जीवन बिताइरहेका छन्।
घर के हो?
आफ्नाको साथ रहे पो घर घर हुन्छ
नत्र त केवल इट्टा र पत्थर हुन्छ

कवि रसिक राजले एक हरफ कवितामा बयान गरेजस्तै। सायद! घर साथहरुको पनि प्रतिक हो। फ्रेनका निम्ति पनि यहि लागू हुन्छ।

सुपर मार्केटमा काम गरिरहँदा एक दिन आफ्ना पुराना साथीहरुसँग भेटिन्छिन् फ्रेन। साथीकी छोरीले उनलाई ‘होमलेस’ हो भनेर सोध्छिन्। फ्रेन जवाफमा आफू ‘होमलेस’ नभएर ‘हाउसलेस’ भएको बताउँछिन्।

‘नोमाडल्याण्ड’को कथा साधारण मान्छेहरुको कथा हो। फ्रेनजस्तै उनको यात्रामा भेटिएकाहरुका कथा उस्तै छ। ठूला सपना छैनन्। कोही मृत्यु अंगाल्नुअघि आफ्नो कुकुर देखेर पन्छिएका पात्रहरु छन्, कोही बाँच्ने केही महिना मात्रै बाँकी राखेर सडकमा ओर्लिएकाहरु।

फ्रेनकी साथी लिन्डा एक रात आफ्नो कथा सुनाउँछिन्। त्यो कथा उनको जीवन गाथा हो। ३ वर्षअघि आफू कामबिहीन हुँदा लिन्डाको सोच आत्महत्याको विकल्पसम्म पुगेको हुन्छ। तर, आफूसँग भएको कुकुरको मायाले आफ्नो निर्णय बारे फेरि सोच्छिन्। निर्णयबाट पन्छिन सक्छिन्। बाँकी जिन्दगी आफ्नो इच्छाले बाँच्ने सोचसहित फिरन्ते भई हिँडन थालेकी हुन्छिन्।

फिरन्तेहरुको घर हुँदैन। उनीहरु आफ्नो घर आफू यात्रारत साधनमै घर बनाएर हिँडिरहेका हुन्छन्। तर, उनीहरुमा कथा समान हुन्छ। फ्रेन, लिन्डाजस्ता फिरन्तेहरुको समूह हुन्छ, जो एउटै किसिमको कथा बाँड्छन्।

बब वेल्स फ्रेन र लिन्डाजस्ता फिरन्तेहरुको एक समूहलाई ‘लिड’ गरिरहेका हुन्छन्। ‘नोम्याड’ भएर बाँच्नेहरुका लागि आवश्यक कुराहरुको बारेमा सिकाउन समय समयमा ‘बुट क्याम्प’को आयोजना गर्छन्।

अमेजोनको मौसमी जागिरको अन्त्य हुन्छ। मौसम चिसिँदै जान्छ। चिसो अत्याधिक बढ्छ। फ्रेन फेरि जागिर बिहीन हुन्छिन्। जाडो छल्न लिन्डाले देखाएको फिरन्तेहरुको बुट क्याम्पमा पुग्छिन्।

र, त्यहाँ उनी आफूजस्तै थुप्रै फिरन्तेहरुलाई भेटछिन्। उनीहरुबीच समानता सडक हुन्छ, उनीहरुको यात्रा हुन्छ, उनीहरुले साटेका कथाहरु हुन्छन्। सबै जना सडकमा रमाइरहेका हुन्छन्।

फ्रेन र यात्रामा भेटिएका उनका सहयात्रीहरुको कथाले अमेरिकाको यर्थाथ देखाउँछ। जागिरको अभावमा आत्महत्या गर्नसम्म पुग्ने लिन्डादेखि परिवारबाट छुटिएर हिँडेको डेब (डेभिड स्टङाथैर्न अभिनित), क्यान्सरले ग्रस्त भइ केही महिनाको आयु लिएर अलास्का पुगि यादहरु बटुल्ने चाहना राखेकी स्वान्कीको कथाले वास्तविक अमेरिकीहरुको कथा देखाउँछ। यात्रा मोहक मात्रै नभएर गुमाएका कुराहरुको यादले भरिएको पनि हुन्छ, ‘नोमाडल्याण्ड’ले यहि भन्छ।

०००

‘नोमाडल्याण्ड’ बन्नुभन्दा ४० वर्षअघि अमेरिकी फिल्म निर्देशक टेरेन्स मेलिक्कले ‘डेज अफ हेभन (१९७८)’ बनाएका थिए। फिल्म साधारण थियो। फिरन्ते (नोम्याण्ड) भइ हिँडेका कामदारहरुको कथा प्रस्तुत थियो फिल्ममा, जसमा उनीहरुबीचको प्रेम पनि समेटिएको थियो।

मेलिक्कको फिल्मको प्रसंगको आवश्यकता हो, ‘नोमाडल्याण्ड’को प्राविधिक पाटोबारे गर्नुपर्ने कुरा। मेलिक्कले दुई वर्ष लगाएर फिल्म सम्पादन गरेका थिए। बजेटको अभावमा छायांकनबाटै सीमित स्रोत र साधनको प्रयोगमा फिल्म बनेको थियो। प्राकृतिक प्रकाश, सीमित साधन र सानो निर्माण समूहका बीच बनेको फिल्मले कलाकारको अनुभवलाई पर्दामा उस्तै उतार्यो। उनीहरुले भोगिरहेको पीडा र खुसी, उनीहरुले गर्नुपरेको संघर्ष फिल्ममा उतारिएको थियो।

मेलिक्कको यसअघिको फिल्म ‘ब्याडल्याड्स (१९७३)’मा पनि उनको यो शैली देखिन्छ। ‘नोमाडल्याण्ड’को विश्वव्यापी चर्चा चुलिँदै जाँदा फिल्म खिच्दाका ‘बिहाइड द सिन’ फुटेजहरु सार्वजनिक भए, जसमा फिल्मकी निर्देशक क्लोइ झाओको फिल्म छायांकन शैली प्रस्तुत भयो। पर्दामा पनि उनले गरेका ‘प्रयोग’हरु देखिए। प्राकृतिक प्रकाश, सीमित निर्माण पक्ष, र साधारण तथा न्यून कलाकार। झाओले पात्रसँग दर्शकलाई ‘कनेक्ट’ हुने ठाउँ दिइन्। कथासँगै अभिनयमार्फत् दर्शकलाई पात्रसँगको निकटता महसुस गराइन्। चाहे त्यो डेबले फ्रेनप्रति राखेको स्नेह भाव होस वा अमेरिकी ‘रियल स्टेट’ व्यवसायीसँग फ्रेनको भनाभनको दृश्यमा होस्।

साधारण मान्छेको कथा, साधारण शैली र झकिझाउ बिना भन्दा झाओको उत्कृष्टता प्रस्फुटन भयो। सम्पादनमा पनि ‘कन्टिन्युटी’लाई यथावत राख्नेभन्दा ‘मोन्टाज’ शैलीमा प्रस्तुत गरिनुले निर्देशक झाओको परिष्कृत कामलाई थप बलियो बनाएको छ। यो शैलीले साधारण व्यक्तिसँग कथालाई जोड्छ।

उत्कृष्ट कथा र उत्कृष्ट कलाकारसँगै उत्कृष्ट प्राविधिक पक्ष हुँदाको ‘नोमाडल्याण्ड’ साधारण कथा माथिको बलियो प्रस्तुति बनेको छ।

०००

हामीले हेरिरहेका फिल्मभन्दा फरक छ, ‘नोमाडल्याण्ड’। जीवनका दुःखहरु मात्रै नभएर यात्राका पीडाहरु र रोमाञ्चकताहरु समेटिएको ‘नोमाडल्याण्ड’ले संघर्षरत मान्छेहरुको कथा भन्छ।

‘नोमाडल्याण्ड’ वास्तविकताहरुको कथा भन्छ। निर्देशक क्लोइ झाओले सडकमा हिँडेका फिरन्तेहरुमार्फत् अमेरिकाको वास्तविक कथा भनेका छन्। पुँजीवादको प्रचारक देशभित्रै रहेको असमानता र मान्छेमाथि हुने व्यवहारको कथा भनिन्छ फिल्म भर नै।

साधारण मान्छेहरुको कथा बोकेको यो यर्थाथपरक फिल्मले सन् २०२० मा अस्कर अवार्ड जित्यो। निर्देशक क्लोई झाओको प्रशंसा भयो। तर, उनले बाँचेको समय र उनको यथार्थ भने फिल्मले देखाइदिएको दु:खदायी अमेरिकी यर्थाथजस्तै थियो र छ पनि।

‘म जिउनका लागि जुन कुरालाई प्रेम गर्छु, त्यसका लागि म आफूलाई सक्षम मान्छु। त्यसैले पनि म भाग्यमानी छु।’

यी कुराहरु भनिरहँदा झाओको मनमा पीडा थियो। झाओले अस्कर र गोल्डेन ग्लोभ अवार्ड जितेपछि पनि चीनमा उनीप्रति कुनै किसिमको कृतज्ञता थिएन्। एकातिर झाओ आफूले पाएको अवस्था र आफ्नो सपना बाँचिरहेका विश्वभरका मानिसहरुको निम्ति पीडा मिश्रित आवाजमा खुसी साटिरहेकी थिइन्। तर, अर्कातिर उनको आफ्नो देश भने उनकै विपक्षमा थियो।

सन् २०१३ मा उनले ‘फिल्ममेकर’ म्यागजिनलाई दिएको अन्तर्वार्तामा चीनबारे बोल्दै भनेकी थिइन्, ‘यस्तो ठाउँ जहाँ चारैतिर झुट नै झुट छ।’

झाओको आलोचना भयो। उनको सिर्जनाको आलोचना भयो। सर्जकमाथि दमनको श्रृङ्खलामा अग्रणी स्थानमा देखिएको चीनमा झाओको फिल्मलाई हलमा प्रदर्शन हुन दिइएन्। उनले जितेको ९३ औं अस्कर अवार्ड पनि चीनमा सेन्सर गरिएको थियो।

एक देशको यथार्थ देखाउँदा झाओले विश्वव्यापी प्रशंसा पाइन्। पुरस्कृत भइन्। अर्को देशको यर्थाथबारे बोल्दा उनको मुख थुनियो। उनको सिर्जनामाथि दमन भयो।

एकातिर चीनबाट अमेरिका पुगेकी झाओले भनेको अमेरिकी समुदायको कथालाई विशेष रुपमा हेरियो, अर्कातिर ठिक उल्टो।

फिल्मको सुरुवातमा अमेजोनमा मौसमी जागिर गर्दा फ्रेन र उनका साथी सामुन्ने एक महिला आफ्नो हातमा लेखिएका ट्याटुबारे भन्छिन्। अनेकमध्ये उनको सर्वप्रिय ट्याटु हुन्छ, ‘होम इज...’ अर्थात् ‘घर भनेको...’।

‘नोमाडल्याण्ड’को अन्त्यमा फ्रेन आफूले जीवनको लामो आयु बिताएको जिप्समको कारखानाको ‘घर’मा पुग्छिन्। घर खण्डहरजस्तो भइसकेको हुन्छ। सायद, फ्रेन र फ्रेनजस्ताका लागि घरको अर्थ खण्डहर भइसकेको छ। वा घर ‘होम’ नभएर ‘हाउस’ रुपमा आइसकेको छ।

निर्देशक झाओले पनि आफ्नो जन्मभूमिबारे सोच्दा कल्पनामा कतै यस्तै ‘खण्डहर’ पो देख्छिन् कि?

प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  ०९:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
महिलाका संघर्ष र अनुभव समेटिएको ‘सन्धान सङ्ग्रह’को दोस्रो संस्करण सार्वजनिक मंगलबार, असोज १३, २०८३
जानकी मन्दिर संरक्षणको जिम्मेवारीमा सरकारी निकायबीच हानथाप, विवाहपञ्चमी प्रभावित हुने चिन्ता मंगलबार, असोज १३, २०८३
कांग्रेस महाधिवेशनको नयाँ तालिका : १८ गते उद्घाटन, २१ गते मतदान मंगलबार, असोज १३, २०८३
फर्जी मतपत्र भेटिएपछि सिन्धुपाल्चोक–२ कांग्रेस अधिवेशन रोकियो मंगलबार, असोज १३, २०८३
दुई सहसचिव सचिवमा बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जामा मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्