नैरोबी (केन्या)– केन्याको राजधानी नैरोबीमा रहेको एउटा विद्यालयमा भएको आगलागीमा परी ७ जना बालबालिकाको मृत्यु भएको छ।
विद्यार्थीहरू निदाइरहेका समयमा भएको आगलागीमा परी अन्य १० जना बालबालिका घाइतेसमेत भएका स्थानीय सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।
शिक्षा मन्त्री फ्रेड माटिङले स्थानीय समय अनुसार शुक्रबार दिउसो २ बजे आगलागी भएको थियो । नैरोबीको किबेरामा रहेको मोइ गर्लस स्कुलमा आगलागी भएको हो माटिङले बताए।
मन्त्री माटिङले घटनास्थलको स्थलगत अबलोकन गरी घटनाका बारेमा अनुसन्धान सुरु गर्न निर्देशन दिए अनुसार अनुसन्धान सुरु भइसकेको छ । अनुसन्धानका लागि दुई महिना विद्यालय बन्द गर्न लागिएको उनले बताए।
‘यो निकै दुखद घटना भएको छ, यसलाई सुधार गर्न विद्यार्थीका अविभावकलाई खवर गर्न लगाएका छौं,’ उनले भने। रासस÷ सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।