• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

तीन गभर्नर, जो सर्वोच्च अदालतबाट पुनर्बहाली भए 

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १६, २०७९  २०:३५
1140x725

काठमाडौं–शुक्रबार करिब १५ घन्टा लामो बहसपछि नेपाल राष्ट्र बैंकका १७ औं गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालतबाट पुनर्बहाली भएका छन्। सर्वोच्चले बैशाख ६ गते नै अन्तरिम आदेश जारी गरेर अधिकारीले जिम्मेवारी सम्हाले पनि बैशाख १३ गतेसम्मका लागि अन्तरकालीन रुपमा मात्र थियो। सर्वोच्चले तत्कालीन अवस्थामा दुई पक्षका बीचमा छलफल नभएसम्मका लागि भन्दै उक्त आदेश जारी गरेको थियो। तर शुक्रबार भने अब फैसला नभएसम्मका लागि उनलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको छ। 

नेपाल राष्ट्र बैंकको इतिहासमा पदमै रहँदा सरकारबाट कारबाहीस्वरुप निलम्बनमा परेका तीन गभर्नरहरु सर्वोच्चको आदेश र फैसलाबाट पुनर्बहाली भएका छन्। यसअघि तिलक रावल र विजयनाथ भट्टराई यसरी नै कारबाहीमा परेपछि सर्वोच्चको आदेशबाट फर्केका थिए। अहिले अधिकारी पनि त्यसैगरी फर्केका छन्।  विगतका गभर्नरहरु भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेका थिए भने अहिलेका गभर्नर अधिकारीलाई सरकारले आफअनुकूल काम नगरेको भन्दै कारबाहीस्वरुप निलम्बन गरेको हो। तिलक रावलको समयमा सर्वाेच्चले गरेको फैसलाले नेपाल राष्ट्र बैंक ऐन नै निर्माण भएको थियो। उक्त ऐनमा पाँच वर्षको अवधि पनि तोकियो । त्यस्तै गभर्नर पदमा नियुक्त भएको व्यक्ति सहजै हटाउन नसकिने केही कानुनी व्यवस्थासमेत गर्‍यो। 

नेपाल राष्ट्र बैंकको दफा २७ मा ‘नेपाल सरकार, मन्त्रिपरिषद्ले उपदफा (५) बमोजिम पदमुक्त हुने अवस्थामा पुगेका गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकलाई पदमुक्त गर्नेछ।  तर नेपाल सरकारले यसरी पदमुक्त गर्नुभन्दाअघि सम्बन्धित व्यक्तिलाई आफ्नो सफाइ पेश गर्ने उचित अवसरबाट बञ्चित गर्ने छैन’ भनिएको छ।

त्यस्तै उपदफा २ मा  नेपाल सरकारले उपदफा (१) बमोजिम गभर्नरलाई पदमुक्त गर्दा दफा २३ बमोजिम गठन भएको जाँचबुझ समितिको सिफारिसमा गर्नेछ भनिएको छ। सरकारले यी सबै प्रक्रिया पुरा नगरेको अवस्था भने सर्वोच्चले उल्टाउने छ। 

१. डा. तिलक रावल 
रावल राष्ट्र बैंकका ११ औँ गभर्नर थिए। उनी २०५६ माघ ४ देखि २०५७ भदौ १२ गतेसम्म गभर्नर भएका थिए। त्यतिबेला उनीमाथि भ्रष्टाचारको मुद्धा लागेको थियो। भ्रष्टाचारमा मुछिएपछि उनी बर्खास्त भएका थिए। उनको बर्खास्तीपछि दीपेन्द्रपुरुष ढकाल गभर्नर भएका थिए। मुद्धाबाट सफाइ पाएपछि उनलाई फेरि पुनर्बहाली गरियो। तत्कालीन अर्थमन्त्री महेश आचार्यले उनलाई पदबाट हटाउने प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए। रावल निलम्बनमा परेपछि उनको ठाउँमा दीपेन्द्रपुरुष ढकाल नियुक्त भए। तर रावल सरकारको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालत पुगे। सर्वोच्चले उनको पक्षमा फैसला सुनायो। सर्वोच्चले राष्ट्र बैंक ऐन सुधार गरि निर्माण गर्नसमेत आदेश ग¥यो। जसले गर्दा नेपाल राष्ट्र बैंक ऐन २०५८ जारी भयो।  

Ncell 2
Ncell 2
nimb
nimb

उनले आफ्नो कार्यकालमा पाँच रुपैयाँ दरको नोटको छपाइमा साधारण त्रुटि गरेबापत डिलारु कम्पनीलाई करिब ११ करोडको थप व्ययभारमा नोट पुनः मुद्रण गराएका थिए। त्यसबाट उनी विवादमा परे। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अष्ट्रेलियामा पोलिमर नोट छपाइमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा पनि दायर ग¥यो। उक्त मुद्दामा उनले विशेष अदालतबाट सफाइ पाए । उनी एक पटक सांसदसमेत भए। 

२. विजयनाथ भट्टराई
विजयनाथ भट्टराई राष्ट्र बैंकका १३ औँ तथा गणतान्त्रिक नेपालका पहिलो गभर्नर थिए। उनी २०६१ माघ १८ गतेदेखि २०६५ माघ २ गतेसम्म गभर्नर भएका थिए। साथै उनको पालामा कायममुकायम गभर्नर कृष्णबहादुर मानन्धरले पनि मुद्रामा हस्ताक्षर गर्ने अवसर पाएका थिए। उनलाई पनि गभर्नर रहेका बेला भ्रष्टाचारको आरोप लागेको थियो। त्यसैक्रममा उनलाई बर्खास्तसमेत गरियो। तर, पछि छानबिनपश्चात् पुनर्बहाली गरियो। उनीमाथि भ्रष्टाचारको मुद्दा दायर भएपछि दीपेन्द्रबहादुर क्षेत्री गभर्नर पदमा नियुक्त भएका थिए। पछि भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि सर्वोच्चले पुनः जिम्मेवारी सम्हाल्न दिनु भनेकाले उनी राष्ट्र बंैक फर्किएका थिए। यसरी उनी सर्वोच्चको निर्णयबाट राष्ट्र बैंक फर्कने दोस्रो गभर्नर भए।   

३.महाप्रसाद अधिकारी 
महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकका सत्रौ गभर्नर हुन्। उनलाई केपी शर्मा ओली सरकारले २०७६ चैत २४ गते गभर्नर नियुक्त गरेको थियो। उनले प्रधानन्यायााधीश चोलेन्द्रशम्शेर राणासँग चैत २५ गते सपथ लिएका थिए। उनको नियुक्तिमा तत्कालीन अर्थमन्त्री एवं पूर्वगभर्नर युवराज खतिवडाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनलाई सरकारले चैत २४ गते कारबाही गरेको थियो। विभिन्न आरोप लगाउँदै सरकारले उनलाई निलम्बन गरेको थियो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अधिकारीमाथि सरकारले मुख्य रुपमा तीन आरोप लगाएको छ। सरकारले निलम्बन गरेर डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यबाहक जिम्मेवारी हाक दिएको थियो छ। सरकारको नीतिमा सहयोग नगरेको, राष्ट्र बैंकका महत्वपूर्ण सूचना चुहाएकोलगायतका आरोपमा सरकारले यस्तो कारबाही गरेको थियो।  सरकारको उक्त निर्णयविरुद्ध  वैशाख ५ गते अधिकारीले सर्वोच्चमा रिट दायर गरेका थिए। न्यायाधीश हरि फुयाँलको एकल इजलासले उक्त रिटमा पहिलो सुनुवाइ गर्दै वैशाख ६ गते अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो। 

 वैशाख १३ गतेदेखि दुवै पक्षको बहसपछि शुक्रबार सर्वोच्चले २ वटा आधारलाई टेकेर मुद्दाको फैसला नभएसम्मका लागि पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न भनेको छ। सर्वोच्चको उक्त आदेशपछि सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा रहेको छानबिन समितिले काम गर्न नपाउने भएको छ। सर्वाेच्चले यो विवाद छिटो टुङ्गाउनुपर्ने भन्दै सबै विपक्षीहरुको लिखित जवाफ परेको एक महिनाभित्र पेशी तोकेर अन्तिम सुनुवाइमा लैजान पनि भनेको छ। 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  २०:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
जब ट्रक घरभित्र पस्यो... प्रहरीले दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ । बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार सार्वजनिक कार्डमा उनले सामाजिक न्याय, सुशासन, दलित अधिकार, जलवायु न्याय, प्रेस स्वतन्त्रता, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक... बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित भएका ११ जना विदेशी नागरिकसहित ७६ जनालाई नेपाली सेनाको टोलीले सुरक्षित स्थानमा पुर्‍याएको... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्