• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अर्थतन्त्र समस्याग्रस्त छैन, तर संकट आउन सक्छ

शेखर गोल्छा शुक्रबार, वैशाख १६, २०७९  १९:१८
1140x725

केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा ५.८४ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। सुरुको पाँच महिनामा भएको अर्थतन्त्रको तीव्र विस्तारले यो वृद्धि सम्भव भएको हो। अझ ७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिए पनि त्यो खुम्चिने नयाँ प्रक्षेपणले देखाएको छ। अघिल्लो प्रक्षेपण त्यति स्वाभाविक देखिँदैन।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कोभिड महामारीबाट अतिप्रभावित बाहेक अन्य व्यवसायमा सुधार देखिन थालेको थियो। त्यसबाट मुलुकले तीब्र आर्थिक वृद्धि हासिल गर्ने संकेत देखिएको थियो। तर, निजी क्षेत्रले गरेको कर्जाको उच्च मागलाई अर्थतन्त्रले थेग्न सकेन। निक्षेपभन्दा करिब तीन गुणा बढी कर्जा प्रवाह भयो। यसले अर्थतन्त्रमा तरलता अभाव देखिएको छ। उच्च आयातलाई विदेशी मुद्रा आर्जनका अन्य स्रोतहरुले भरथेग गर्न नसक्दा करिब २ खर्ब ६० अर्ब रुपैयाँ सोधनान्तर घाटा बेहोर्नुपरेको छ।

अझै पनि विदेशी विनिमय सन्चिति साढे ६ महिनाको आयात धान्न पर्याप्त छ। अहिले हाम्रो अर्थतन्त्र समस्याग्रस्त भैसकेको छैन। तर, सुधारका प्रयास थालिएन भने संकट आउन सक्छ।

उद्योगहरुका लागि दुःखको खबर पनि छ। अब औद्योगिक क्षेत्रमा लोडसेडिङ सुरु भएको छ। यो कस्तो सोच हो? समस्या भयो, उद्योगलाई जोखिम सारिदियो। औद्योगीकरण हुन नसकेका कारण अहिलेको समस्या आएको कुरा हामीले कहिले बुझ्छौँ होला? अब हामीले तरलता एवं वाह्य क्षेत्र व्यवस्थापन गर्दै मुलुकको सम्पत्ति अभिवृद्धिका लागि लगानी प्रोत्साहन गर्नुपर्छ। सँगै निर्यात प्रवर्द्धन, आयात प्रतिस्थापन गर्न कोभिडपछिको नवउत्थानमा केन्द्रित रही अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन कार्ययोजनामा लाग्नुपर्छ। आगामी दिनमा यस्ता संकट नआउन् भन्न तयारी थाल्नुपर्छ।

सुधारका एजेण्डा 

हामीले गर्नुपर्ने केही सुधारका विषयहरु यस प्रकार छन्।

तरलता एवं बाह्य क्षेत्र व्यवस्थापनअन्तर्गत रेमिटेन्स प्रोत्साहन कार्ययोजना र निर्यात प्रवर्द्धन विशेष कार्यक्रम चाहिन्छ। यसैगरी, पर्यटन सुधार योजना, आयात प्रतिस्थापन र कोभिडपछिको नवउत्थान मुख्य छन्।

वैदेशिक रोजगारीमा जाने युवाहरू, जसले औपचारिक माध्यमबाट रेमिटेन्स पठाउँछन्, उनीहरुलाई पासपोर्ट, श्रम स्वीकृति र विदेशी नियोगहरुले दिने सेवामा छुट तथा सहजीकरण गर्नुपर्नेछ।

Ncell 2
Ncell 2
nimb
nimb

वैदेशिक रोजगारीमा जाने युवालाई दुई कार्यदिनमा पासपोर्ट उपलब्ध गराउनुपर्छ। निजी क्षेत्रसँगको सहकार्यमा हरेक प्रदेशमा सीप विकास तालिम स्थापना  गर्नुपर्छ। नगरपालिकाहरूले पनि स्थानीय माग र विदेशको आवश्यकता हेरी सीप विकास तालिम संचालन गर्नुपर्छ। प्रधानमन्त्री रोजगार कार्यक्रमलाई क्षमता विकास संयन्त्रका रुपमा पनि उपयोग गर्नुपर्छ।

साना तथा मझौला उद्यमीलाई ५ प्रतिशतमा नै पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ। यसले सरकारको रकम बैंकिङ माध्यमबाट उद्यमीसम्म पुग्न सहज हुन्छ।

नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने चरणमा रहेको हुँदा निजी क्षेत्रको प्रत्यक्ष संलग्नतामा संक्रमणकालीन रणनीति तयार गर्नुपर्छ। निर्यातमा देखिने समस्या समाधानका लागि निजी क्षेत्रको नेतृत्वदायी भूमिका हुनुपर्छ। यसबारे नेपाल उद्योग वाणिज्य महासंघले अध्ययन प्रतिवेदन सार्वजनिक गरिसकेको छ, यसलाई आधार बनाउन सकिनेछ।

चीन र बंगलादेशसँग स्वतन्त्र व्यापार सम्झौता गरी भारतजस्तै सहुलियतपूर्ण बजार पहुँचका लागि पहल गर्नुपर्नेछ। विशेषगरी, कृषिजन्य उत्पादनलाई शून्य भन्सारमा बजार पहुँचको व्यवस्था गर्न पहल गर्नुपर्छ।

यसपटकको बजेटको मुख्य रुझान निजी क्षेत्र प्रोत्साहन हुनुपर्ने हाम्रो माग छ। पुँजी निर्माणमा ७७ प्रतिशत हिस्सा राख्ने निजी क्षेत्रलाई ध्यानमा राखेर बजेट निर्माण हुन सके सामाजिक न्यायसहितको खुला अर्थव्यवस्था बलियो हुनेछ।

आर्थिक स्थायित्व र तीव्र वृद्धि हासिल हुन स्वदेशी र विदेशी लगानी आकर्षित गर्नुपर्छ। यसका लागि महासंघले भारत र चीन लक्षित लगानी सम्मेलन आयोजना गर्दैछ, यसमा सहकार्य आवश्यक छ।

प्रतिस्पर्धी औद्योगीकरणको बाधकका रुपमा रहेको उच्च संचालन खर्च न्यूनीकरणलाई बजेटले प्राथमिकता दिनुपर्छ। घरजग्गा नभइ, परियोजना नै धितो राखेर कर्जा दिन सकिने सम्भावनाबारे अध्ययन गरी महासंघले नेपाल राष्ट्र बैंकमा प्रतिवेदन बुझाइसकेको छ। अब त्यसको कार्यान्वयन गर्नुपर्छ।

मुलुकभित्र उत्पादनको सम्भावना भएका वस्तु तथा सेवा, जसले आयातलाई प्रतिस्थापन गर्न सक्छन्, तिनको संरक्षणका लागि उपभोक्तालाई व्ययभार नपर्ने गरी अभियान संचालन गर्नुपर्छ। एक अर्ब रुपैयाभन्दा बढीको आयात हुने वस्तुको नेपालमै उत्पादन गर्न प्रोत्साहन गर्नुपर्नेछ।

उत्पादनमूलक उद्योगका मुख्य चार समस्या हुन् पूँजीको लागत, राजश्व, पूर्वाधार एवं झन्झटिलो प्रशासनिक प्रक्रिया। यसको निवारणका लागि उद्योग विभागमा निजी क्षेत्रको समेत सहभागितामा उत्पादनमूलक उद्योग प्रवर्द्धन केन्द्र स्थापना गर्नुपर्छ।

विद्युत उत्पादन, प्रशारण, वितरण र निर्यात सबैमा हामीले रणनीति बनाएर काम गर्नुपर्छ। उदाहरणका लागि, निर्यातमा बढी फाइदा हुन्छ कि सस्तोमा उद्योगहरुलाई बिजुली उपलब्ध गराउँदा, यसमा ध्यान दिइनुपर्छ।

कृषिमा बजेट र योजना हेर्दा, सहयोग छ र पनि उपलब्धि निक्कै न्यून छ।। कृषिमा पूरै ‘इकोसिस्टम’मा समस्या छ। त्यसैले इकोसिस्टम सुधारका लागि पहल आवश्यक छ, जसलाई यसपटकको बजेटले महत्व दिनुपर्छ।

सार्वजनिक सेवामा सुशासन र प्रविधिको प्रयोग अर्को आवश्यकता हो। राजस्व प्रणाली सुधारमा केही ठोस काम हुन जरुरी छ। दोस्रो चरणको सुधारको आवश्यकता हामीले महसुस गरेका छौं। हामीले मूल्य अभिवृद्धि करको बहुदरको विषय उठाएका छौँ। हामी एकीकृत कर प्रणालीको बहस गरिरहेका छौं। उत्पादनलाई बढाउन राजस्वमा आवश्यक सुधार गर्नुपर्ने हाम्रो माग छ।

(नेपाल लाइभ टुडेको पहिलो वार्षिकोत्सव समारोहको अवसरमा बिहीबार आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाले दिएको मन्तव्यको सम्पादित अंश।)

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
वनस्पति घ्यू–तेल उत्पादक संघद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
रसुवा बाढीमा मृत्यु भएका प्रतिप्रहरी परिवारलाई १० लाख राहत दिने निर्णय
भोटेकोशी बाढी : ग्राउण्ड जीरोमा गोल्याण फाउण्डेशन, खानादेखि मनोपरामर्शसम्म
सम्बन्धित सामग्री
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? नेपाली सेनाले मात्र विभिन्न क्षेत्रमा स्थल तथा हवाई माध्यमबाट उेको छ। त्रिशूली क्षेत्रमा अस्पतालको पहुँचसमेत प्रभावित भएपछि सैनिक ब्... आइतबार, भदौ १४, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? आगामी रजिष्ट्रारको सबैभन्दा ठूलो चुनौतीमध्ये एउटा प्रतिष्ठानलाई दीर्घकालीन रुपमा आर्थिक तथा संस्थागत रुपमा बलियो बनाउनु हुनेछ । यसका... शनिबार, भदौ १३, २०८३
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? सरकारले उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन गरेको दाबी गरिरहेको छ। सामाजिक सञ्जालमा सरकारी सक्रियताका तस्वीर र सूचना पनि आइरह... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
वनस्पति घ्यू–तेल उत्पादक संघद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग बुधबार, भदौ १७, २०८३
रसुवा बाढीमा मृत्यु भएका प्रतिप्रहरी परिवारलाई १० लाख राहत दिने निर्णय बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : ग्राउण्ड जीरोमा गोल्याण फाउण्डेशन, खानादेखि मनोपरामर्शसम्म बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो बुधबार, भदौ १७, २०८३
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्