• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

तान्त्रिक विधिबाट भुङ्ग्रामाथि नाच [तस्बिरहरु]

64x64
रासस सोमबार, वैशाख ५, २०७९  १३:३१
1140x725

भक्तपुर- साँझ ढल्किँदै गयो। मानिसहरूको चहलपहल बढ्दै गयो। आँगनमा बाजा बज्दै थियो। बाजाको आवाज सुनेर रातको पर्वाह नगरी वारिदेखि पारि गाउँसम्मका महिला, पुरुष, बालबालिकाको भिड बढ्दै थियो। काखमा सन्तान च्यापेर आउने आमाहरूको उपस्थिति पनि बाक्लै थियो।

चाँगुनारायण नगरपालिका–९ ताथली (साविक वडा नं ६) सौडोलको गिरी बस्तीका सुरेश गिरीको घर पछाडिको बारीको पाटामा वरिपरि बाँसले घेरेर बीचमा राखिएको १०८ भारी दाउराको थुप्रामा तान्त्रिक विधिले पूजा गरी बालेको आगोको राप दन्किदै थियो।

सेतो धोती बाँधिएको, त्यसमाथि कोही सेतो गन्जी, कोही पहेँलो गन्जी त कोही गुलाबी मखमलको दौरा लगाएका एक हुल मानिस बाँसले ठोस्दै दनदनी आगो बालिरहेका थिए।   

दुई घन्टाभन्दा बढी समय बलेकोे दाउरा सबै आगाका भुङ्ग्रामा परिणत भयो। त्यसपछि सेतो, पहेँलो, रातो वस्त्रधारी पुरुषहरूले तान्त्रिक विधिबाट आगाका भुङ्ग्रामा गाईको घिउ मोलिएको जौ र तीलको चरु हालेर पूजा गरी मूल घरतर्फ लागे।  

No description available.

मध्यराति करिब ११ बजे गिरीबस्तीसँगै वरिपरिबाट भेला भएका मानिस बारीको डिलमा बसेर निकै कौतुहलताका साथ ‘अग्निकुण्ड’ तर्फ हेर्दै अब के हुन्छ, आगोमाथि मान्छे कसरी नाच्छन् भनी हेर्दै थिए।  

केहीबेरमा मूलको घरको पूजाकोठाभित्र गुरुदेखि विभिन्न देवदेवी र वायु शरीरमा चढेका एक हुल मानिस काम्दै घरबाट निस्किए। अगाडि बाजा घन्किरहेको, पछिपछि दियो, कलश समातेका पञ्चकन्या र त्यसपछि देवदेवी एवं वायु चढेका सेता, पहेंला गन्जी, रातो दौरा लगाएका, रुद्राक्ष तथा घन्टीको माला शरीरमा छड्के भिरेकाहरू, काम्दै उफ्रँदै दाउराको आगोको भुड्ग्रो अगाडि पुगे। कोही देवदेवीको जयजयकार गर्दै थिए।

हातमा थाल बजाउँदै उफ्रिरहेका लामो कपाल भएका मूलगुरु धर्मराज खड्का एकैछिनमा आगाको भर्भराउँदो भुङ्ग्रामा लात्तीले हानेर उफ्रिन थाले। त्यसलगत्तै अर्का गुरु साजन थापा आगामा होमिए र त्यसैगरी लात्तीले हाने। गुरुको आदेशपछि नयाँ तथा पुराना डाङ्ग्रेहरू टाउको निहुराउँदै मुखबाट ‘भुर्भुर्भुर्भुर्भुर’ आवाज निकाल्दै जोस्सिँदै एकमाथि अर्को आगामा होमिन थाले। उनीहरू आगाको भुङ्ग्रामा लात्तीले हान्दै आगोलाई यताउति छर्दै त्यहीँ माथि उफ्रँदै नाच्न थाले। मानौँ त्यो एउटा खेलकुद मैदान हो, आगाका तीन भुङ्ग्रो फुटबल हो र उनीहरू त्यही, त्यहीँ फुटबल खेलिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

नाङ्गो पैतालाले आगामाथि मानिस नाचेको र  उफ्रिएको देखेर कतिका आँखा आश्चर्यले चम्किला भए। भुङ्ग्रामाथि नाच्नेलाई आगोले पोलेको कुनै आभास भएजस्तो देखिँदैनथ्यो। काम्दै र मन्त्र फलाक्दै डाङ्ग्रे भर्भराउँदोे आगाको भुङ्ग्रो पूर्णरूपमा निभेर कोइला नबनेसम्म नाचिरहे।

आगोमा त्यसरी नाचेको डिलमा बसेर हेरिरहेकाहरू चकित मात्रै परेनन्, आफ्नना छोरा र श्रीमान् आगामा नाच्दा आमा र श्रीमतीहरूको मन भने कटक्क खायो। शरीरमा वायु धारण गरेर आगामा उफ्रिँदै गरेका रोजिनकी आमा शारदा गिरी डिलमा बसेर भन्दै थिइन्, “ओहो, आगाको भुङ्ग्रामा उफ्रिँदा तिनीहरुलाई कति पोल्यो होला, त्यो जिउ कति दुख्यो होला।” हेर्नेमध्ये धेरैले जिज्ञासा राखे, यसरी भुङ्ग्रोमाथि नाच्नेको पैतालाको हालत के भयो होला ? कार्यक्रमपछि नाच्नेको पैतालामा आगोले पोलेको कुनै सङ्केत नदेखिँदा भने उनीहरू चकित परे।

No description available.

आगो सबै गोलमा परिणत भएपछि त्यही तातो गोलमाथि झन्डै एक घन्टा  बसेर शरीरमा देवदेवी र वायुको कम्पन आइरहेका सबैलाई गुरुले आगामा नाच्दा सुरक्षित भए नभएको एवं काँचो वायु तथा कुलदेवदेवीले पूर्णता पाए नपाएको जिज्ञासा राख्दै पालैपालो सबैलाई सोधे। पूर्णता पाएको र डाङ्ग्रेको शरीर सुरक्षित रहेको बताएपछि भने फेरि जयजयकार गर्दै खुसीको धुनसहितको बाजा बजाउँदै सबै काम्दै सुरुमा निस्किएकै घरमा पसे, बलिरहेको बत्ती मुखमा हाल्दै शरीर कम्पन छाड्दै पुरानै अवस्थामा फर्किए र बाहिर निस्किए।

आफ्नो कूलदेवतालाई उचित स्थान दिने र अकालमा ज्यान गुमाएर भड्किएको मृतात्माको मुक्तिका लागि भनी पहिलेदेखि चल्दै आएको तान्त्रिक विधिअनुसार गरिने खली प्रथालाई गिरी परिवारले पहिलो पटक पूर्णता दिएको हो। सो प्रथालाई चमत्कार वा अन्धविश्वास भन्न नहुने जनाउँदै गुरुहरूले प्राचीन तान्त्रिक प्रक्रियामार्फत प्रेतात्माको मुक्तिका लागि खली प्रथा चल्दै आएको बताए।

No description available.  डाङ्ग्रेले पाए पूर्णता 

त्यसो त यहाँको गिरी कुलमा अकालमा ज्यान गुमाएकाहरूको आत्मा मुक्तिको कर्मका लागि खली खुवाउन धेरै वर्षदेखि छलफल हुँदै आए पनि यस वर्ष पूर्णता पाएको हो। गत माघ पूर्णिमाको दिनमा कुलका सबै दाजुभाइ छलफल गरी वायुृ उतार्ने काम सुरु भएको थियो। हरेक दिन राति खाना खाएपछि कुलका सबै पुरुष शुद्ध भई जम्मा भएर प्रत्येक रात गुरुमार्फत वायु उतार्ने काम सम्पन्न गरेपछि खली खुवाएर त्यसलाई पूर्णता दिइएको ६० वर्षीय सानुभाइ गिरीले बताए। 

वायु उतार्ने क्रममा ३२ वर्षका युवादेखि १४ वर्षका बालकसम्मको शरीरमा दैवी शक्ति प्रवेश गराई खली पूजा सम्पन्न गरिएको हो। कुलदेवताका रुपमा ३२ वर्षीय सुरेशका शरीरमा दक्षिणकाली, सत्यराजका शरीरमा भाटभटेनी, शिवका शरीरमा राता नरसिंह, १४ वर्षीय निष्छलका शरीरमा बिन्ध्यवासिनी तथा कुबेर, प्रकाश, रोजिन र कुमार गिरीका शरीरमा भने वायुधारण गरी खली पूजा सम्पन्न गरिएको छ।

 खली खाने प्रथा 

आफ्नो कुलमा अकालमा ज्यान गुमाएर मोक्ष नपाएका पितृको उद्धारका लागि गरिने प्राचीन र तान्त्रिक विधिलाई खली खाने प्रथा भन्ने गरिएको गुरु गोकुल वन बताउँछन्। सुरुमा गुरुमार्फत कुलका सबै जम्मा भएर एक भाइका घरमा वायु उतार्ने कार्य गरिन्छ। वायु उतार्ने क्रममा मृतात्माले आफ्नै कुलभित्रको आफूले चाहेको व्यक्तिको शरीरमा प्रवेश गर्दै आफ्नो मृत्यु कसरी भयो, आत्माले कति दुःख पायो र अब आत्माले कसरी मोक्ष पाउँछ भन्ने गर्छन्। यसमा तान्त्रिक माध्यमबाट प्रेताात्मा ‘वायु’लाई बोलाएर आफ्नो मृत्युबारे बकाएपछि मृतकको इच्छानुसार खली प्रथा गराइन्छ।

त्यसरी भड्किएको मृतात्माले आफ्नो कुलभित्र दुःख दिने कथन रहँदै आएको र वायु उतारेर खली खुवाएपछि वायुदेवताका रुपमा स्थान दिई हरेक वर्ष दिवालीका दिन कुलदेवता र वायुदेवताको पूजा गरेपछि कुलमा राम्रो हुने विश्वास वर्षौदेखि रहँदै आएको वन बताउँछन्। यो प्रथा हिन्दू धर्मावलम्बीमा प्राचीनकालदेखि चल्दै आएको बताउँदै उनी यसलाई धर्म, परम्परा, संस्कृति र तन्त्रसँग जोडेर हेर्नुपर्ने ठान्छन्। 

वन भन्छन्, “आगाको भुङ्ग्रामाथि नाङ्ग्रो खुट्टाले नाचेर खरानी बनाउने घटना आफ्नै आँखा अगाडि देख्न सकिन्छ, यसलाई तान्त्रिक विधि र दैवी शक्तिको अनुपम नमूनाका रूपमा लिन सकिन्छ।” उनीका अनुसार शरीरमा कुलदेवता र वायुदेवता चढेका व्यक्तिलाई डाङ्ग्रे भनिन्छ,  उनीहरूलाई आगोको भुङ्ग्रामा नाचेर पूर्णता दिने कार्यलाई ‘खली खाने’ भन्ने गरिन्छ। डाङ्ग्रे हुन कठिन तान्त्रिक परीक्षा पूरा गर्नुपर्ने बताउँदै गुरु साजन थापा भन्छन्, “खली खानु डाङ्ग्रे हुने प्रक्रियाको अन्तिम परीक्षा हो, त्यसपछि उनीहरूकै शरीरमा कुल र वायु देवता रहिरहन्छ, त्यसैले धेरै परीक्षणबाट सफल हुँदै खली खुवाउने बेलासम्म आइन्छ, खली खुवाउन बालिने आगो पनि तान्त्रिक विधिबाट जगाइने भएकाले डाङ्ग्रेहरू आगामा नाच्दा पोल्दैन, नत उनीहरूको खुट्टामा फोका उठ्दैन, घाउ लाग्दैन।”  आफूहरूका शरीरमा धेरै कम्पन हुने र  उफ्रने भएकाले भोलिपल्ट भने शरीर निकै थाक्ने गरेको उनीहरू बताउँछन्। 

आगो बाल्ने स्थानलाई पनि तान्त्रिक विधिले शुद्ध गरिने तथा बडो निगरानीमा राखिएको हुन्छ। कुभलो चिताउने कोही व्यक्ति त्यस ठाउँमा प्रवेश गरेमा तथा सिसा, फलामका टुक्रा, किला वा अन्य अशुद्ध सामग्री राखिदिए अनिष्ट हुन सक्ने मानिन्छ।   

No description available.

कठिन परीक्षा 

खली खाने डाङ्ग्रे लामो प्रक्रियाबाट छनोट हुन्छन्। ‘जोसुकै व्यक्ति पनि डाङ्ग्रे हुन पाउँदैनन्। वायु उतार्ने क्रममा गुले धामी बसेर तन्त्रमन्त्रले पूजा गर्दा जसका शरीरमा कुलदेवता र वायु चढ्छ, उनीहरू मात्र डाङ्ग्रे भएर खली खानयोग्य हुने सानुभाइ बताउँछन्।  

तान्त्रिक विधिद्वारा धामीले विशेष पूजा गरेपछि कुलका मानिसका जिउमा कुलदेवता चढ्ने उनीको भनाइ छ। कुलदेवता शरीरमा आएपछि  पटकपटक विभिन्न विधिबाट हुने परीक्षण सफल भएपछि अन्तिममा मात्रै खली खुवाएर डाङ्ग्रेलाई पूर्णता दिइने धुपौरे दिनेश गिरी बताउँछन्। डाङ्ग्रे भएपछि शुद्ध भएर बस्नुपर्ने र अशुद्ध खानपान तथा व्यवहार गर्न नहुने उनीको भनाइ छ। 

दिनेशका कक्षा ९ मा अध्ययनरत १४ वर्षीय छोरा निश्चलका शरीरमा विन्ध्यवासिनी प्रवेश गरेर आगामा नाच्दा देख्नेहरू अचम्ममा मात्रै परेनन्, स्वयं उनीसमेत आगामा पसेर उफ्रँदा, नाच्दा, पैताला र शरीरका कुनै पनि भागमा पोलाइको अनुभूति नभएको, खुट्टामा कुनै समस्या नभएको बताउँछन्। सानै उमेरमा आफ्नो शरीरमा देवी चढेर उफ्रिँदा, शरीरमा कम्पन हुँदा, आगामा नाच्दा शरीरमा थकान भए पनि कुलको रक्षा र उद्धारमा सहभागी हुन पाउँदा भने आफूलाई खुसी लागेको उनीको भनाइ छ। 

कठिन परीक्षा उत्तीर्ण गरिएको अनुभव सुनाउँदै रोजिनले आफ्ना शरीरमा आगाले पोल्ने, फोका उठ्ने, घाउ हुने केही नभएको तर भोलिपल्ट शरीर थाकेको बताए।

आफ्नो कूल परिवार भित्रबाट सङ्कलित रु ६ लाख खर्च गरेर खली पूजा सम्पन्न गरिए पनि अन्यत्र अवस्था हेरेर रु १६ लाखसम्म खर्च हुने गरेको पाइएको सुरेश बताउँछन्। खली खुवाएपछि कुलदेवता र वायुदेवताको शिला स्थापना गर्ने, पूजा गरेर देवता थन्क्याउने र सामूहिहक रूपमा कूलका परिवारले भोज खाएपछि भने बाजागाजाका साथ विभिन्न उपहार एवं दक्षिणा दिएर गुरुहरूलाई बिदाइ गर्ने परम्परा छ। 

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  १३:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन रसुवामा ११५, नुवाकोटमा १ सय ५५, धादिङमा ६०, चितवनमा ३४८, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्‍चिममा २०२ गरी १... बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन अचेत अवस्थामा सिमरामा भेटिएका उपाध्यायलाई उपचारका लागि हिजो पर्सा लगिएको थियो। पर्सामा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोत... बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट कम्पनीका अनुसार ग्राहकहरूले प्रयोग गरेको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको मूल्य सोमबारसम्ममा रु. १ करोड २० लाख भन्दा बढी पुगिसक... बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्