• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

तान्त्रिक विधिबाट भुङ्ग्रामाथि नाच [तस्बिरहरु]

64x64
रासस सोमबार, वैशाख ५, २०७९  १३:३१
1140x725

भक्तपुर- साँझ ढल्किँदै गयो। मानिसहरूको चहलपहल बढ्दै गयो। आँगनमा बाजा बज्दै थियो। बाजाको आवाज सुनेर रातको पर्वाह नगरी वारिदेखि पारि गाउँसम्मका महिला, पुरुष, बालबालिकाको भिड बढ्दै थियो। काखमा सन्तान च्यापेर आउने आमाहरूको उपस्थिति पनि बाक्लै थियो।

चाँगुनारायण नगरपालिका–९ ताथली (साविक वडा नं ६) सौडोलको गिरी बस्तीका सुरेश गिरीको घर पछाडिको बारीको पाटामा वरिपरि बाँसले घेरेर बीचमा राखिएको १०८ भारी दाउराको थुप्रामा तान्त्रिक विधिले पूजा गरी बालेको आगोको राप दन्किदै थियो।

सेतो धोती बाँधिएको, त्यसमाथि कोही सेतो गन्जी, कोही पहेँलो गन्जी त कोही गुलाबी मखमलको दौरा लगाएका एक हुल मानिस बाँसले ठोस्दै दनदनी आगो बालिरहेका थिए।   

दुई घन्टाभन्दा बढी समय बलेकोे दाउरा सबै आगाका भुङ्ग्रामा परिणत भयो। त्यसपछि सेतो, पहेँलो, रातो वस्त्रधारी पुरुषहरूले तान्त्रिक विधिबाट आगाका भुङ्ग्रामा गाईको घिउ मोलिएको जौ र तीलको चरु हालेर पूजा गरी मूल घरतर्फ लागे।  

No description available.

मध्यराति करिब ११ बजे गिरीबस्तीसँगै वरिपरिबाट भेला भएका मानिस बारीको डिलमा बसेर निकै कौतुहलताका साथ ‘अग्निकुण्ड’ तर्फ हेर्दै अब के हुन्छ, आगोमाथि मान्छे कसरी नाच्छन् भनी हेर्दै थिए।  

केहीबेरमा मूलको घरको पूजाकोठाभित्र गुरुदेखि विभिन्न देवदेवी र वायु शरीरमा चढेका एक हुल मानिस काम्दै घरबाट निस्किए। अगाडि बाजा घन्किरहेको, पछिपछि दियो, कलश समातेका पञ्चकन्या र त्यसपछि देवदेवी एवं वायु चढेका सेता, पहेंला गन्जी, रातो दौरा लगाएका, रुद्राक्ष तथा घन्टीको माला शरीरमा छड्के भिरेकाहरू, काम्दै उफ्रँदै दाउराको आगोको भुड्ग्रो अगाडि पुगे। कोही देवदेवीको जयजयकार गर्दै थिए।

हातमा थाल बजाउँदै उफ्रिरहेका लामो कपाल भएका मूलगुरु धर्मराज खड्का एकैछिनमा आगाको भर्भराउँदो भुङ्ग्रामा लात्तीले हानेर उफ्रिन थाले। त्यसलगत्तै अर्का गुरु साजन थापा आगामा होमिए र त्यसैगरी लात्तीले हाने। गुरुको आदेशपछि नयाँ तथा पुराना डाङ्ग्रेहरू टाउको निहुराउँदै मुखबाट ‘भुर्भुर्भुर्भुर्भुर’ आवाज निकाल्दै जोस्सिँदै एकमाथि अर्को आगामा होमिन थाले। उनीहरू आगाको भुङ्ग्रामा लात्तीले हान्दै आगोलाई यताउति छर्दै त्यहीँ माथि उफ्रँदै नाच्न थाले। मानौँ त्यो एउटा खेलकुद मैदान हो, आगाका तीन भुङ्ग्रो फुटबल हो र उनीहरू त्यही, त्यहीँ फुटबल खेलिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

नाङ्गो पैतालाले आगामाथि मानिस नाचेको र  उफ्रिएको देखेर कतिका आँखा आश्चर्यले चम्किला भए। भुङ्ग्रामाथि नाच्नेलाई आगोले पोलेको कुनै आभास भएजस्तो देखिँदैनथ्यो। काम्दै र मन्त्र फलाक्दै डाङ्ग्रे भर्भराउँदोे आगाको भुङ्ग्रो पूर्णरूपमा निभेर कोइला नबनेसम्म नाचिरहे।

आगोमा त्यसरी नाचेको डिलमा बसेर हेरिरहेकाहरू चकित मात्रै परेनन्, आफ्नना छोरा र श्रीमान् आगामा नाच्दा आमा र श्रीमतीहरूको मन भने कटक्क खायो। शरीरमा वायु धारण गरेर आगामा उफ्रिँदै गरेका रोजिनकी आमा शारदा गिरी डिलमा बसेर भन्दै थिइन्, “ओहो, आगाको भुङ्ग्रामा उफ्रिँदा तिनीहरुलाई कति पोल्यो होला, त्यो जिउ कति दुख्यो होला।” हेर्नेमध्ये धेरैले जिज्ञासा राखे, यसरी भुङ्ग्रोमाथि नाच्नेको पैतालाको हालत के भयो होला ? कार्यक्रमपछि नाच्नेको पैतालामा आगोले पोलेको कुनै सङ्केत नदेखिँदा भने उनीहरू चकित परे।

No description available.

आगो सबै गोलमा परिणत भएपछि त्यही तातो गोलमाथि झन्डै एक घन्टा  बसेर शरीरमा देवदेवी र वायुको कम्पन आइरहेका सबैलाई गुरुले आगामा नाच्दा सुरक्षित भए नभएको एवं काँचो वायु तथा कुलदेवदेवीले पूर्णता पाए नपाएको जिज्ञासा राख्दै पालैपालो सबैलाई सोधे। पूर्णता पाएको र डाङ्ग्रेको शरीर सुरक्षित रहेको बताएपछि भने फेरि जयजयकार गर्दै खुसीको धुनसहितको बाजा बजाउँदै सबै काम्दै सुरुमा निस्किएकै घरमा पसे, बलिरहेको बत्ती मुखमा हाल्दै शरीर कम्पन छाड्दै पुरानै अवस्थामा फर्किए र बाहिर निस्किए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आफ्नो कूलदेवतालाई उचित स्थान दिने र अकालमा ज्यान गुमाएर भड्किएको मृतात्माको मुक्तिका लागि भनी पहिलेदेखि चल्दै आएको तान्त्रिक विधिअनुसार गरिने खली प्रथालाई गिरी परिवारले पहिलो पटक पूर्णता दिएको हो। सो प्रथालाई चमत्कार वा अन्धविश्वास भन्न नहुने जनाउँदै गुरुहरूले प्राचीन तान्त्रिक प्रक्रियामार्फत प्रेतात्माको मुक्तिका लागि खली प्रथा चल्दै आएको बताए।

No description available.  डाङ्ग्रेले पाए पूर्णता 

त्यसो त यहाँको गिरी कुलमा अकालमा ज्यान गुमाएकाहरूको आत्मा मुक्तिको कर्मका लागि खली खुवाउन धेरै वर्षदेखि छलफल हुँदै आए पनि यस वर्ष पूर्णता पाएको हो। गत माघ पूर्णिमाको दिनमा कुलका सबै दाजुभाइ छलफल गरी वायुृ उतार्ने काम सुरु भएको थियो। हरेक दिन राति खाना खाएपछि कुलका सबै पुरुष शुद्ध भई जम्मा भएर प्रत्येक रात गुरुमार्फत वायु उतार्ने काम सम्पन्न गरेपछि खली खुवाएर त्यसलाई पूर्णता दिइएको ६० वर्षीय सानुभाइ गिरीले बताए। 

वायु उतार्ने क्रममा ३२ वर्षका युवादेखि १४ वर्षका बालकसम्मको शरीरमा दैवी शक्ति प्रवेश गराई खली पूजा सम्पन्न गरिएको हो। कुलदेवताका रुपमा ३२ वर्षीय सुरेशका शरीरमा दक्षिणकाली, सत्यराजका शरीरमा भाटभटेनी, शिवका शरीरमा राता नरसिंह, १४ वर्षीय निष्छलका शरीरमा बिन्ध्यवासिनी तथा कुबेर, प्रकाश, रोजिन र कुमार गिरीका शरीरमा भने वायुधारण गरी खली पूजा सम्पन्न गरिएको छ।

 खली खाने प्रथा 

आफ्नो कुलमा अकालमा ज्यान गुमाएर मोक्ष नपाएका पितृको उद्धारका लागि गरिने प्राचीन र तान्त्रिक विधिलाई खली खाने प्रथा भन्ने गरिएको गुरु गोकुल वन बताउँछन्। सुरुमा गुरुमार्फत कुलका सबै जम्मा भएर एक भाइका घरमा वायु उतार्ने कार्य गरिन्छ। वायु उतार्ने क्रममा मृतात्माले आफ्नै कुलभित्रको आफूले चाहेको व्यक्तिको शरीरमा प्रवेश गर्दै आफ्नो मृत्यु कसरी भयो, आत्माले कति दुःख पायो र अब आत्माले कसरी मोक्ष पाउँछ भन्ने गर्छन्। यसमा तान्त्रिक माध्यमबाट प्रेताात्मा ‘वायु’लाई बोलाएर आफ्नो मृत्युबारे बकाएपछि मृतकको इच्छानुसार खली प्रथा गराइन्छ।

त्यसरी भड्किएको मृतात्माले आफ्नो कुलभित्र दुःख दिने कथन रहँदै आएको र वायु उतारेर खली खुवाएपछि वायुदेवताका रुपमा स्थान दिई हरेक वर्ष दिवालीका दिन कुलदेवता र वायुदेवताको पूजा गरेपछि कुलमा राम्रो हुने विश्वास वर्षौदेखि रहँदै आएको वन बताउँछन्। यो प्रथा हिन्दू धर्मावलम्बीमा प्राचीनकालदेखि चल्दै आएको बताउँदै उनी यसलाई धर्म, परम्परा, संस्कृति र तन्त्रसँग जोडेर हेर्नुपर्ने ठान्छन्। 

वन भन्छन्, “आगाको भुङ्ग्रामाथि नाङ्ग्रो खुट्टाले नाचेर खरानी बनाउने घटना आफ्नै आँखा अगाडि देख्न सकिन्छ, यसलाई तान्त्रिक विधि र दैवी शक्तिको अनुपम नमूनाका रूपमा लिन सकिन्छ।” उनीका अनुसार शरीरमा कुलदेवता र वायुदेवता चढेका व्यक्तिलाई डाङ्ग्रे भनिन्छ,  उनीहरूलाई आगोको भुङ्ग्रामा नाचेर पूर्णता दिने कार्यलाई ‘खली खाने’ भन्ने गरिन्छ। डाङ्ग्रे हुन कठिन तान्त्रिक परीक्षा पूरा गर्नुपर्ने बताउँदै गुरु साजन थापा भन्छन्, “खली खानु डाङ्ग्रे हुने प्रक्रियाको अन्तिम परीक्षा हो, त्यसपछि उनीहरूकै शरीरमा कुल र वायु देवता रहिरहन्छ, त्यसैले धेरै परीक्षणबाट सफल हुँदै खली खुवाउने बेलासम्म आइन्छ, खली खुवाउन बालिने आगो पनि तान्त्रिक विधिबाट जगाइने भएकाले डाङ्ग्रेहरू आगामा नाच्दा पोल्दैन, नत उनीहरूको खुट्टामा फोका उठ्दैन, घाउ लाग्दैन।”  आफूहरूका शरीरमा धेरै कम्पन हुने र  उफ्रने भएकाले भोलिपल्ट भने शरीर निकै थाक्ने गरेको उनीहरू बताउँछन्। 

आगो बाल्ने स्थानलाई पनि तान्त्रिक विधिले शुद्ध गरिने तथा बडो निगरानीमा राखिएको हुन्छ। कुभलो चिताउने कोही व्यक्ति त्यस ठाउँमा प्रवेश गरेमा तथा सिसा, फलामका टुक्रा, किला वा अन्य अशुद्ध सामग्री राखिदिए अनिष्ट हुन सक्ने मानिन्छ।   

No description available.

कठिन परीक्षा 

खली खाने डाङ्ग्रे लामो प्रक्रियाबाट छनोट हुन्छन्। ‘जोसुकै व्यक्ति पनि डाङ्ग्रे हुन पाउँदैनन्। वायु उतार्ने क्रममा गुले धामी बसेर तन्त्रमन्त्रले पूजा गर्दा जसका शरीरमा कुलदेवता र वायु चढ्छ, उनीहरू मात्र डाङ्ग्रे भएर खली खानयोग्य हुने सानुभाइ बताउँछन्।  

तान्त्रिक विधिद्वारा धामीले विशेष पूजा गरेपछि कुलका मानिसका जिउमा कुलदेवता चढ्ने उनीको भनाइ छ। कुलदेवता शरीरमा आएपछि  पटकपटक विभिन्न विधिबाट हुने परीक्षण सफल भएपछि अन्तिममा मात्रै खली खुवाएर डाङ्ग्रेलाई पूर्णता दिइने धुपौरे दिनेश गिरी बताउँछन्। डाङ्ग्रे भएपछि शुद्ध भएर बस्नुपर्ने र अशुद्ध खानपान तथा व्यवहार गर्न नहुने उनीको भनाइ छ। 

दिनेशका कक्षा ९ मा अध्ययनरत १४ वर्षीय छोरा निश्चलका शरीरमा विन्ध्यवासिनी प्रवेश गरेर आगामा नाच्दा देख्नेहरू अचम्ममा मात्रै परेनन्, स्वयं उनीसमेत आगामा पसेर उफ्रँदा, नाच्दा, पैताला र शरीरका कुनै पनि भागमा पोलाइको अनुभूति नभएको, खुट्टामा कुनै समस्या नभएको बताउँछन्। सानै उमेरमा आफ्नो शरीरमा देवी चढेर उफ्रिँदा, शरीरमा कम्पन हुँदा, आगामा नाच्दा शरीरमा थकान भए पनि कुलको रक्षा र उद्धारमा सहभागी हुन पाउँदा भने आफूलाई खुसी लागेको उनीको भनाइ छ। 

कठिन परीक्षा उत्तीर्ण गरिएको अनुभव सुनाउँदै रोजिनले आफ्ना शरीरमा आगाले पोल्ने, फोका उठ्ने, घाउ हुने केही नभएको तर भोलिपल्ट शरीर थाकेको बताए।

आफ्नो कूल परिवार भित्रबाट सङ्कलित रु ६ लाख खर्च गरेर खली पूजा सम्पन्न गरिए पनि अन्यत्र अवस्था हेरेर रु १६ लाखसम्म खर्च हुने गरेको पाइएको सुरेश बताउँछन्। खली खुवाएपछि कुलदेवता र वायुदेवताको शिला स्थापना गर्ने, पूजा गरेर देवता थन्क्याउने र सामूहिहक रूपमा कूलका परिवारले भोज खाएपछि भने बाजागाजाका साथ विभिन्न उपहार एवं दक्षिणा दिएर गुरुहरूलाई बिदाइ गर्ने परम्परा छ। 

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  १३:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज र भोलि पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने संभावना छ । शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना भइरहेको छ। शुक्रबार, असोज ३०, २०८३
जब ट्रक घरभित्र पस्यो... प्रहरीले दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ । बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज ३०, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्