• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

श्रीलंका आर्थिक संकट : काठमाडौंमा फुटबल जितेर पनि निराश प्रशिक्षक र कोलम्बोको सडकमा ओर्लिएका क्रिकेटर

64x64
दीप सुवेदी सोमबार, वैशाख ५, २०७९  ०७:०२
1140x725

काठमाडौं– खेल यस्तो क्षेत्र हो, जसले धेरैलाई खुसी दिन सक्छ र सबैलाई एक बनाउन सक्छ। यसले टोलीको मात्रै होइन सिंगो राष्ट्रको समेत प्रतिनिधित्व गरिरहेको हुन्छ।

गत चैत २५ गते श्रीलंकाको प्रतिनिधित्व गर्दै लिग विजेता ब्लूस्टार एफसी त्रिपुरेश्वस्थित दशरथ रंगशालमा नेपालको सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लबविरुद्ध मैदान उत्रिएको थियो। 

एएफसी कप छनोटको पहिलो चरणमा भएको खेलमा श्रीलंकाको लिग विजेता ब्लूस्टार एफसीले नेपालको लिग विजेता टोली मछिन्द्रलाई २–१ ले पराजित गर्दै दोस्रो चरणमा पुग्यो। खेल सकिनेबितिकै खेलाडीहरूले भीआईपी प्याराफिटतर्फ फर्किँदै बेजोड खुशी मनाए। मैदानमा खेलाडीहरू खुशी मनाइरहँदा प्रशिक्षक बन्दरा समराकोनको मुहारमा भने उत्साह झल्किएन।

‘अहिले श्रीलंका आर्थिक संकटमा छ। आर्थिक संकटको असर त्यहाँका सबै परिवारमा परेको छ र त्यसको असर स्वाभाविक रुपमा फुटबल खेलाडीमा पनि पर्ने भयो। हामीलाई पनि निकै गाह्रो भएको थियो,’ उनले भनेका थिए, ‘हाम्रा हरेक परिवार आर्थिक संकटबाट गुज्रिइरहेका छन्। २० प्रतिशतभन्दा कमलाई मात्रै समस्या छैन। हाम्रा धेरै खेलाडी पनि संकटमा छन्।’

खेलसँग हार र जितको नतिजा मात्र होइन, आम मानिसको भावना पनि जोडिएको हुन्छ। आर्थिक संकट तथा विभिन्न अभावका बीच आफ्नो टोलीले हात पारेको जितले कुनै पनि मुलुकका नागरिकलाई छुट्टै किसिमको खुसी दिन्छ। 

यसको एउटा उदाहरण नेपाल आफैं पनि थियो। भारतले सिंगो मुलुकलाई असर गर्ने गरी नाकाबन्दी लगाइरहेको बेला सन् २०१६ मा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले फाइनलमा भारतलाई २–१ गोलअन्तरले पराजित गर्दै स्वर्णपदक जित्यो। त्यतिबेला सिंगो देश नै फुटबलमय भएको थियो। यद्यपि, त्यतिबेलाको अवस्थासँग श्रीलंकासँग तुलना गर्न भने मिल्दैन। श्रीलंकको स्थिति त्योभन्दा नाजुक छ।

कागजको अभावले विद्यालयको परीक्षा रद्द गर्नुपर्ने र राशन लिन बेलुकादेखि बिहानसम्म लाइनमा उभिनुपर्ने पर्ने अवस्था छ। खाद्यान्न, दूध, ग्यास, मट्टितेल तेल, औषधिजस्ता अत्यावश्यक वस्तुको मूल्य आकासिएको छ। पेट्रोल र डिजेलको लागि यस्तो लडाइँ हुन्छ कि पेट्रोल पम्पमा सेना तैनाथ गर्नुपर्छ।

युद्ध वा प्रकोपको बेला अफगानिस्तानमा क्रिकेटको उदयलाई अक्सर उदाहरणको रूपमा लिइन्छ, तर यो एक अपवाद हो। क्रिकेट वा कुनै पनि खेलमा युद्ध रोक्न, पेट भर्न, शान्ति ल्याउन वा ऋण तिर्न सक्ने शक्ति हुँदैन। 

Ncell 2
Ncell 2
nimb
nimb

वर्तमान परिस्थितिमा खेलले श्रीलंकाको समस्या समाधन गर्न सक्दैन। यो मन्दीको पीडा देशका क्लब, विद्यालय र क्रिकेट एकेडेमीबाट खेल्दै आएका खेलाडीहरूले अझ कठोर रूपमा महसुस गर्नेछन्। श्रीलंकाका खेलकुद निकायहरू पनि आर्थिक संकटबाट अछूतो छैन। त्यसैले श्रीलंकामा भविष्य खोजिरहेका खेलाडीहरूको जीवन अझ कठिन बन्न सक्छ। 

खेलाडीहरू आफ्नो तलबमा सधैं असन्तुष्ट छन्। विद्रोह गर्ने खेलाडीहरूलाई प्रतिबन्ध लगाइएको छ। घुसखोरी, नातावाद र कृपावादले श्रीलंकाकाली खेल निकायहरू चलिरहेको आरोप लगाइन्छ। सन् २०११ को विश्वकपका लागि स्टेडियमहरू पुनर्निर्माण गर्दा खर्च भएको १५ लाख डलर अझै चुक्ता हुन सकेको छैन।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार सन् २०१७ मै यो ऋण बढेर ७० लाख डलर पुगिसकेको थियो। पछिल्लो समय श्रीलंकमा लंका प्रिमियर लिग समयमै आयोजना हुने या नहुने टुङ्गो छैन। यस्तै, श्रीलंकामा आयोजना हुने भनिएको एसिया कप २०२२ क्रिकेट प्रतियोगिता अर्को देशमा सारिने संभावना बढेको छ।

यस्तो अवस्थामा जनता सडकमा उत्रिनु जायज रहेको श्रीलंकाली टोलीका पूर्वकप्तान महेला जयवर्धने बताउँछन्। उनले सञ्चारमाध्यमहरूसँग भनेका छन्, ‘श्रीलंकामा आपतकाल र कर्फ्यू देखेर दुःख लाग्यो। सरकारले जनताको आवश्यकतालाई बेवास्ता गर्न मिल्दैन। उनीहरूलाई आन्दोलन गर्ने अधिकार छ। मानिसहरूलाई हिरासतमा राख्नु स्वीकार्य छैन।’

श्रीलंका अराजकता र निराशा थपिँदै जाँदा देशका केही चर्चित क्रिकेटर राष्ट्रपतिविरुद्ध सडक र सामाजिक सञ्जालमा देखिन थालेका छन्। शनिबार यस्तै दृश्य देखियो, कोलम्बोस्थित राष्ट्रपति कार्यालयबाहिर।  

श्रीलंकाका विश्वकप विजेता क्रिकेट कप्तान अर्जुन रणतुङ्गा र उनका सहकर्मी तथा पूर्वकप्तान सनथ जयसूर्या राष्ट्रपतिको राजीनामा माग गर्दै सडक प्रदर्शनमा उत्रिए। जयसूर्या राष्ट्रपतिको घरसम्म आयोजना गरिएको विरोध र्‍यालीको अग्रभागमा थिए। उनले ब्यानर बोकेका थिए, ‘आउँदो पुस्ताको लागि श्रीलंका बचाउनुहोस्।’ 

श्रीलंकामा क्रिकेट निक्कै लोकप्रिय छ। यहाँका धेरै मानिस क्रिकेट मन पराउँछन्। आफ्नो दुःखसुखमा प्रशंसकहरूले साथ दिएको कारण यस्तो परस्थितिमा आफू सडकमा उत्रिएर ऐक्यबद्धता जनाएको उनीहरूको भनाइ छ। यो संकट सानो होइन, यसले ठूलो रूप लिने देखिएको छ। श्रीलंकाले चीनलगायत ठूला देशहरूसँग लिएको ऋण तिर्न नसक्ने बताइसकेको छ। यसैबाट थाहा हुन्छ, देशको हालत ठीक छैन। 

उनीहरू देश यो स्थितिमा पुग्नुमा सरकारको हात रहेको ठान्छन्। त्यसैले ठूला खेलाडीले प्रदर्शनमा साथ दिए सत्ता परिवर्तन हुने र समस्या केही मात्रामा हल हुने उनीहरूको तर्क छ। क्रिकेट मैदानको यो पुरानो जोडीले अन्य पूर्व खेलाडीहरूलाई राष्ट्रपति राजपक्षेलाई हटाउने प्रयासलाई समर्थन गर्न आह्वान गरेका छन्। 

सडक विरोधमा व्यक्तिगत रूपमा सामेल हुने यी जोडी पहिलो पूर्वकप्तान हुन्, तर अन्य स्टारहरूले यसअघि पनि समर्थन जनाइसकेका छन्। जयसूर्या भन्छन्, ‘हामी हाम्रा फ्यानहरूसँग हुनुपर्छ, जब उनीहरूलाई हाम्रो सबैभन्दा बढी आवश्यक्ता हुन्छ। खेलकुद स्टारहरूले शारीरिक रूपमा विरोध प्रदर्शनमा सहभागी हुनैपर्छ।’

पूर्वकप्तान रणतुङ्गा यसरी नै चलिरहे देश पुनः द्धन्द्धमा फर्किन सक्नेतर्फ चिन्तित छन्। उनी भन्छन्, ‘म चाहन्न अर्को युद्ध सुरु होस्, जुन हामीले ३० वर्षसम्म भोग्यौं। सरकारमा रहेका केही राजनीतिज्ञहरूले यो प्रदर्शन तमिल र मुस्लिमहरूले चर्काएको भनेर देखाउन खोजिरहेका छन्। त्यसो गरेर उनीहरू (सरकार) फेरि यो देश टुक्राउन खोजिरहेका छन्।’

श्रीलंका गृहयुद्धमा फसिसकेको मुलुक हो। सन् १९८३ मा श्रीलंकाको पृथकतावादी संगठन लिबरेशन टाइगर्स अफ तमिल इलम (इलटीटीई) र सरकारबीच युद्ध सुरु भएको थियो। लामो समय चलेको यो युद्ध जुन २००९ मा समाप्त भएको थियो।

करिब ३० वर्षसम्म चलेको गृहयुद्धले श्रीलंकाको अर्थतन्त्रलाई कमजोर बनायो। गृहयुद्धको अन्त्यपछि श्रीलंकाको अर्थतन्त्र पुनः ट्रयाकमा आउने आशा थियो। सन् २००९ र २०१२ को बीचमा श्रीलंकाको कुल ग्राहस्थ उत्पादन (जीडीपी) ८–९ प्रतिशतको दरले बढ्यो।

श्रीलंकाले मुख्यतः चिया, रबर र लत्ताकपडा जस्ता उत्पादनहरू निकासी गर्छ, जसबाट विदेशी मुद्रा आर्जन गर्छ। यसबाहेक विदेशमा बसेका आफ्ना नागरिकले पठाएको पैसा (रेमिटेन्स) र पर्यटनबाट पनि कमाइ गर्छ। यही पैसाबाट श्रीलंकाले आफूलाई चाहिने खानेकुरालगायतका सामान आयात गर्छन्।

यो पनि पढ्नुहोस्

श्रीलंकाको संकटका लागि राजपक्षे परिवार कति जिम्मेवार छ?

तर, श्रीलंकाको अर्थतन्त्र सन् २०१२ देखि उतारचढाव भइरहेको छ। जब अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थाल्यो, श्रीलंकाको निर्यात सुस्त हुन थाल्यो र आयात बढ्न थाल्यो। देशको विदेशी मुद्रा सञ्चिति खाली हुन थालेपछि भुक्तानी संकट उत्पन्न भयो। 

श्रीलंकाले पूर्वाधार विकासका लागि चीनजस्ता देशबाट ऋण लिएको थियो, त्यसको किस्ता तिर्न पनि समस्या पर्‍यो। यस्तो अवस्थामा सन् २०१६ मा श्रीलंका पुनः ऋणका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा जानुपरेको थियो। त्यसबेला तत्कालीन राष्ट्रपति मैत्रीपाला सिरिसेना र महिन्दा राजपक्षे प्रधानमन्त्री थिए।

अवस्था सुधार हुन थाल्यो, तर अप्रिल २०१९ मा सिरिसेना सरकारको अन्तिम वर्षमा कोलम्बोमा गिर्जाघर र विलासी होटलहरूलाई लक्षित गरी श्रृंखलाबद्ध बम विष्फोट भयो। इस्टरमा जिहादीहरूले गरेको यो आत्मघाती हमलामा ३५० भन्दा बढी मानिस मारिएका थिए।

यस घटनापछि अन्तर्राष्ट्रिय पर्यटकको संख्या फेरि एकपटक घट्न थाल्यो। सन् २०१९ मा श्रीलंकाको पर्यटनबाट हुने आयमा ठूलो असर पुग्यो। यससँगै, नोभेम्बर २०१९ मा श्रीलंकामा नयाँ सरकार गठन भयो र गोटाबाया राजापाक्षे राष्ट्रपति बने। उनको पार्टी एसएलपीपीले चुनावमा कर कटौती गर्ने, किसानलाई राहत दिने दुईवटा ठूला वाचा गरेको थियो। ती वाचा पूरा गर्न सरकारले पहलकदमी लियो र फलस्वरूप सरकारको ढुकुटी थप खाली हुन थाल्यो।

श्रीलंकाका पूर्वक्रिकेटर धम्मिका प्रसाद वर्तमान आर्थिक संकट र इस्टर डे आतंकवादी हमलाका पीडितहरूका लागि न्यायको माग गर्दै शनिबार २४ घण्टाको अनशनसमेत बसे। बम विष्फोटका पीडितहरूलाई न्यायको माग गर्दै प्रदर्शन गरिरहेका उनी राष्ट्रपति राजपक्षेको सचिवालय नजिकै गाले फेस एस्प्लान्डसम्म पुगेका थिए। प्रसादले सञ्चारकर्मीसँग भने, ‘म बम विष्फोटको निर्दोष पीडित सबैलाई न्याय चाहन्छु।’

दुई करोडभन्दा केही बढी मात्रै जनसंख्या भएको श्रीलंकाले गम्भीर आर्थिक संकटको सामना गरिरहँदा कतिपय खेलाडी खेल क्षेत्र नै छाड्ने मनस्थितिमा छन्। त्यहाँ खाद्यान्नबाहेक पेट्रोलियम पदार्थ र ग्यासको मूल्य लगातार बढिरहेको छ। खेल क्षेत्र संकटमा हुँदा खेलाडी अत्यावश्यक सामग्री पनि किन्न नसक्ने अवस्थामा पुग्न थालेका छन्।

विगत केही महिनादेखि मुद्रास्फीति दोहोरो अंकमा छ। रुस र युक्रेनबीचको युद्धपछि श्रीलंकाको संकट झनै गहिरिँदै गएको छ। देशमा १६–१६ घन्टा विद्युत् कटौती हुने गरेको छ। एटीएमहरू खाली छन् भने पेट्रोल पम्पहरूमा लामो लाइन हुन्छ। श्रीलंकाले पेट्रोल, डिजेल ग्यासदेखि चिनीसम्मका अधिकांश वस्तु आयात गर्छ। यो सबै अहिले ठप्प छ।

अर्कोतर्फ, श्रीलंकाको गम्भीर आर्थिक संकटले देशलाई राजनीतिक संकटतर्फ धकेलिदिएको छ। अंग्रेजी पत्रिका ‘द हिन्दू’मा प्रकाशित समाचारअनुसार राष्ट्रपति गोटाबाया राजपक्षेले आफ्नो पदबाट राजीनामा नदिए सदनमा अविश्वासको प्रस्ताव ल्याउने श्रीलंकाका विपक्षी नेता सजिथ प्रेमदासाले चेतावनी दिएका छन्।

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
मधेशको दोस्रो हार, काठमाडौंको विजयी सुरुआत काठमाडौं रेड्सले नेपाल भलिबल लिग (एनभीएल) मा शनिबार जित हात पारेको छ। शनिबार, भदौ २०, २०८३
चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८२ मा बक्सिङका चन्द्रबहादुर थापा मगर र करातेकी एरिका गुरुङ ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित भएका छन्। शुक्रबार, भदौ १९, २०८३
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज, को को परे मनोनयनमा ? अवार्डको २३औं संस्करण राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको ब्लू पभेलियन हलमा हुने आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्चले... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
एक वर्षपछि फेरि ताजा भयो जेनजी आन्दोलनको पीडा, भावुक बने शहीद परिवार (तस्वीरहरू) मंगलबार, भदौ २३, २०८३
रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार ३५७ पुग्यो, ५ हजार ३२६ अझै सम्पर्कविहीन मंगलबार, भदौ २३, २०८३
जेनजी आन्दोलनको एक वर्षमा रविको संकल्प– ‘जागरणको आँधीले कोरेको बाटोबाट विचलित हुँदैनौँ’ मंगलबार, भदौ २३, २०८३
चीनतर्फ मुख्य राजमार्गको अवरोध हटाइयो, जोखिम कायमै मंगलबार, भदौ २३, २०८३
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
हनुमन्ते खोलामा जलसतह खतरा तह पार, सतर्क रहन आग्रह सोमबार, भदौ २२, २०८३
के सत्ताधारी दलले आमसञ्चार माध्यममाथिको अविश्वास प्रकट गरेको हो? सोमबार, भदौ २२, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्