• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३१, २०८३ Sun, Aug 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

बंगलादेशका अधिकांश निजी मेडिकल कलेजमा पढ्नु बेकार : डा चोपलाल भुसाल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, असार २४, २०७५  ०१:३५
1140x725

डा चोपलाल भुसाल बंगलादेशका लागि नेपाली राजदूूत हुन्। स्वास्थ्यखबरको टिम बंगलादेशको चिकित्सा शिक्षाको स्थलगत अध्ययनका लागि ढाका पुगेको समयमा राजदूूत भुषालसँग पनि कुराकानी गरेको थियो। बंगलादेशको चिकित्सा शिक्षा, विद्यार्थीले भोगिरहेका समस्या र समाधानका विषयमा डा भुसालसँग प्रवीण ढकाल र सीताराम कोइरालाले गरेको कुराकानीः

बंगलादेशको चिकित्सा शिक्षालाई कसरी बुझ्नुभएको छ?

बंगलादेशमा नेपालमा भन्दा धेरै अगाडिदेखि चिकित्सा शिक्षाको पढाइ सुरु भएको हो। नेपालमा पढाइ नहुँदा नेपालीहरु बंगलादेशमा आउँथे। त्यो क्रम अहिलेसम्म पनि जारी छ। सन् १९६५ देखि नै नेपाली बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनका लागि आउन थालेका हुन्। अहिले नेपालमा भएका थुप्रै नाम चलेका डाक्टर बंगलादेशबाट नै पढेर गएका हुन्। यहाँ पनि सुरुमा सरकारी कलेजहरु खुलेका हुन्। पछिल्लो केही वर्षयता निजी कलेज खुल्ने क्रम बढेपछि समस्या आउन थालेको हो। 

पहिला बंगलादेशको ढाका युनिभर्सिटीलाई पूर्वको अक्सफोर्डका रुपमा चिनिन्थ्यो। अहिले पनि यसको चार्म उत्तिकै छ। यस अन्तर्गतका कलेज पनि राम्रा छन्। तर, बंगलादेशमा व्यापार गर्ने उद्देश्यले थुप्रै निजी मेडिकल कलेज खुले। यसले चिकित्सा शिक्षाको गुणस्तरमा नै प्रश्न उठाउने ठाउँ दिन थाल्यो। चिकित्सा शिक्षामा प्रोफेसर, विद्यार्थी, अस्पताल, बिरामी, ल्याब सबै चाहिन्छ। यसका लागि निश्चित मापदण्ड र पूर्वाधार तोकिएको हुन्छ। यहाँका केही मेडिकल कलेजले राजनीतिक दबाव र आर्थिक प्रलोभनका भरमा मान्यता पाएका छन्। मापदण्ड र पूर्वाधार नै नभएका यस्ता मेडिकल कलेजमा पढ्नु बेकार जस्तै हुन्छ। 

नेपालबाट सुरु-सुरुमा ३०/४० विद्यार्थी मात्र डाक्टरी शिक्षा पढ्न बंगलादेश आउँथे। यसरी आउनेमा पनि उत्कृष्ट र टप विद्यार्थी नै हुन्थे। सुरु–सुरुमा त छात्रवृत्तिमा पढ्न आउने विद्यार्थी हुन्थे। राम्रा विद्यार्थीलाई शिक्षा मन्त्रालयले छात्रवृत्ति दिन्थ्यो र यहाँका राम्रा कलेजमा पढ्न पाउँथे। जसका कारण नेपालमा उनीहरुको योगदान पनि राम्रो देखिएको छ। जब निजी मेडिकल कलेज आए, त्यसपछि यहाँको चिकित्सा शिक्षामा विकृति भित्रियो। यहाँका कतिपय निजी मेडिकल कलेज हामीहरुको तुलनामा निकै कमजोर छन्। ती कलेज सव–स्ट्यान्डर्डका छन्। तर, यस्ता कलेजमा दलालले नेपाली विद्यार्थी ल्याएर भर्ना गराइदिएका छन्। एक त कलेजको स्ट्यान्डर्ड नै छैन, अर्को कुरा नेपालबाट आउँदा पनि कमजोर विद्यार्थी यस्ता कलेजमा भर्ना भएका छन्। यसका कारण नेपालको काउन्सिल परीक्षामा धेरै फेल हुने क्रम पनि बढेको हो। गुणस्तरहीन कलेज बढ्दै गएपछि अहिले बंगलादेशको पढाइ पनि चीनका कमसल कलेजसरह भइसकेको देखिन्छ। 

बंगलादेशका कलेजको पढाइ राम्रो छैन भन्ने खबर बाहिर आइरहँदा पनि किन धेरै नेपाली विद्यार्थी पढ्न आइरहेका छन् त?

आमाबुबालाई कुनै पनि हालतमा डाक्टर बनाउने इच्छा र विद्यार्र्थीको पनि इच्छाका कारण कमजोर कलेज छ भन्ने जान्दाजान्दै पनि पढ्न आउने क्रम बढी देखिन्छ। आर्थिक स्थिति बलियो भएका परिवारले सहज रुपमा चिकित्सा शिक्षा पढ्न पाइने स्थानको रुपमा पनि बंगलादेशलाई लिइरहेको जस्तो देखिन्छ। छोराछोरीको पढाइ कमजोर छ भन्ने जान्दाजान्दै पनि पैसाको भरमा पठाउने पनि छन्। नेपालबाट सबैभन्दा नजिकको गन्तव्य र सिट पाउन सजिलो भएका कारण यहाँका कलेजमा धेरै नेपाली विद्यार्थी आइरहेका हुन्। 

भारतमा नेपाली विद्यार्थीले चिकित्सा शिक्षामा सिट पाउन सक्दैनन्। अनि नेपालमा पनि नाम निकाल्न नसकेपछि बंगलादेशका गुणस्तरहीन कलेजमा आउने पनि छन्। चीन र रसियाका मेडिकल कलेजको गुणस्तरका विषयमा धेरै नै गुनासो आएपछि बंगलादेशमा आउनेको संख्या बढेको हो। तर, यहाँका निजी मेडिकल कलेजको हालत पनि खत्तम छ भन्ने खबर विस्तारै बाहिरिन थालेको छ र विद्यार्थी आउने क्रममा केही कमी आउन थालेको छ। नेपाल मेडिकल काउन्सिलले दुई वर्षदेखि विदेश पढ्न जान पनि प्रवेश परीक्षा पास हुनुपर्ने नियम बनाएपछि त कमजोर विद्यार्थी आउने क्रम धेरै नै कमी भएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

बंगलादेशमा आएका अधिकांस विद्यार्थी कन्सलटेन्सीले फसाएको भन्दै गुनासो गरिरहेका छन् नि!

यो कुरामा सत्यता छ। नेपालका कन्सलटेन्सीले बंगलादेशका गुणस्तरहीन कलेजलाई पनि उत्कृष्ट कलेज भन्दै झुक्याउँछन्। सबै कन्सलटेन्सीलाई एकै ठाँउमा राख्न त सकिँदैन तर अधिकांसले हुँदै नभएको कुरा बढाइचढाइ गर्दै झुक्याएर विद्यार्थी ल्याइरहेका छन्। अभिभावकलाई पनि छोराछोरी जसरी पनि डाक्टर बनाउँछु भन्ने हुन्छ। अनि कन्सलटेन्सीले राम्रो कलेजमा सहज रुपमा भर्ना मिलाइदिन्छु भनेपछि तुरुन्तै पैसा बुझाउँछन्। राजदूूतको जिम्मेवारी सम्हालेपछि मैले यहाँका कलेज र विद्यार्थीको विषयमा अध्ययन गर्दा अधिकांस विद्यार्थी सव–स्ट्यान्डर्ड कलेजमा भर्ना भएको पाइएको छ। नेपालमा नाम ननिस्केका र सहज रुपमा भर्ना हुन खोजिरहेका विद्यार्थी तथा अभिभावकले यहाँका कलेजका विषयमा बुझ्दै नबुझी कन्सलटेन्सीलाई आँखा चिम्लेर विश्वास गर्दा समस्या बढिरहेको हो।

बंगलादेशमा नेपाली विद्यार्थीले भोग्ने समस्या के–के रहेछन्?

सबैभन्दा पहिला त भाषाकै समस्या हो। त्यसपछि धर्मका कारण यहाँको संस्कृतिमा भिज्न अलि गाह्रो हुन्छ। अर्को कुरा कलेजको पठनपाठनमा नै समस्या छ। दलालका कारण कमसल कलेजमा भर्ना भएका विद्यार्थीले पढाइ नै भएन भनेर गुनासो गरिरहेका हुन्छन्। कतिपय कलेजले त कोटाभन्दा बढी भर्ना गराएर विद्यार्थी फेल गराइरहेका पनि छन्। दलालले सुरुमा विद्यार्थीलाई राम्रो कलेजमा भर्ना गर्छु भनेर झुक्याउने रहेछ। पछि बंगलादेश आइसकेपछि उक्त कलेजको सिट भरिएछ भन्दै कमसल कलेजमा भर्ना गराउन बाध्य बनाउने रहेछन्। 

डा करविरनाथ योगीको छोरीको भर्नाका क्रममा समेत कन्सलटेन्सीले झुक्याएका थिए। म यहाँ भएका कारण डा योगीले मलाई सोधेपछि राम्रो कलेजमा भर्ना गराउन सकिएको हो। कन्सलटेन्सीले विद्यार्थीलाई टुरिस्ट भिसामा ल्याउने समेत गर्दा रहेछन्। यो त सरासर गलत र गैरकानुनी काम हो। टुरिस्ट भिसामा विद्यार्थीले पढ्न पाउँदैनन्। एक त यहाँ भिसाको नै समस्या छ। विद्यार्थीले हरेक वर्ष भिसा थप्नुपर्ने बाध्यता छ। यसको प्रक्रिया पनि झन्झटिलो छ। त्यसलाई सहज बनाउन हामीले काम अगाडि बढाइरहेका छौं। अर्को कुरा यहाँ सुरक्षाको पनि समस्या छ। 

कन्सलटेन्सीको यति धेरै बदमासी रहेछ, तिनीहरूलाई कारबाही गर्न किन नसकिएको? 

हामीले कारबाही गर्न मिल्दैन। हामीले कन्सलटेन्सीले गर्ने गरेको बदमासीबारे नेपालमा जानकारी गराइसकेका छौं। अब नेपालबाट नै यो समस्या सुल्झाउनुपर्छ। कन्सलटेन्सीलाई नियमन गर्ने र कारबाहीमा ल्याउने काम नेपालको शिक्षा मन्त्रालयको हो। यहाँबाट र विद्यार्थीले पनि कन्सलटेन्सीको बदमासीका बारेमा नेपालमा जानकारी दिइसकेका कारण अब कारबाहीको दायरामा आउँछन् होला।

समस्यामा परेका विद्यार्थीलाई दूतावासले सहयोग गर्दैन?

बंगलादेशमा रहेका सबै नेपालीको अभिभावक नै राजदूतावास हो। हामीले यहाँ समस्यामा भएका विद्यार्थी मात्र नभई अरु नेपालीलाई पनि सहयोग गरिरहेका छौं। बंगलादेशमा झन्डै तीन हजार जति नेपाली बसोबास गर्छन्। तीमध्ये २ हजारदेखि २५ सय जति त मेडिकल विद्यार्थी नै छन्। हामीले समस्यामा परेका हरेक नेपाली विद्यार्थीको उद्धार गरेका छौं। दुई वर्षअघि त एउटै कलेजबाट २० विद्यार्थीलाई अन्यत्र कलेजमा सार्नु परेको थियो। त्यो बेला हामीले यहाँको सरकारसँग आग्रह गरेर विद्यार्थीलाई स्थानान्तरण गरेका हौं। यहाँका कलेजको विषयमा प्रश्न उठ्न थालेपछि हामी आफैँले कलेजको अनुमगनसमेत गरेका थियौँ। दूूतावासले कलेजको अनुगमन गर्ने भन्ने प्रश्न पनि आउन सक्छ। तर, नेपाली विद्यार्थीको भविष्य अन्धकार नहोस् हामी उनीहरुका अभिभावक हौं भनेर धेरै कलेजको अनुमगन गरेर नराम्रा कलेजको सूूूची तयार पारेका छौं। यहाँको शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, मेडिकल एन्ड डेन्टल काउन्सिल, विश्वविद्यालय अनुदान आयोगले मान्यता नदिएका, समस्यामा परेका, दर्ता नभएका, मापदण्ड नपुगेका तथा अदालतमा मुद्धा परेका कलेजलाई हामीले नै कालोसूचीमा राखेर ३७ वटा कलेजको नाम नेपाल मेडिकल काउन्सिलमा पठाएका छौं। ती कलेजमा नेपाली विद्यार्थी अध्ययनका लागि नपठाउन भनिसकेका छौं। यसका साथै हामीले बंगलादेशमा अध्ययन गर्न आउनुअघि दूूतावाससँग सहयोग लिनसमेत भनिरहेका छौं।

बंगलादेशमा अध्ययन गर्न आउनेलाई यहाँको के सुझाव छ?

अहिलेको ग्लोबलाइजेसनको समयमा पढ्नका लागि कुनै बन्देज छैन। विद्यार्थीहरु जहाँ जुन देश पनि गएर पढ्न सक्छन्। तर, म सकेसम्म नेपालमा नै पढ्न सुझाव दिन्छु। बंगलादेशमा अध्ययनका लागि आउने हो भने दूूतावाससँग छलफल गरेर मात्र आउन आग्रह गर्दछु। दलालको पछाडि लाग्नुको सट्टा अभिभावक र विद्यार्थी आफैं एकपटक बंगलादेश आएर दूूतावाससँग सहयोग लिइ कलेजको भ्रमण गरेर मात्र पढ्न आउनु उत्तम हुन्छ। हामी यहाँ सेवा गर्न नै बसेका हौं। त्यसकारण दलालका चिल्ला कुरामा फस्नुभन्दा आफैँले बुझ्नु राम्रो हुन्छ। नेपालबाट बंगलादेश टाढा पनि छैन। ५/६ वर्ष अध्ययनका लागि आउने र भविष्यको कुरा भएकाले सकेसम्म त सरकारी कलेजमा नै आउनु उत्तम हुन्छ। यहाँका केही निजी कलेज राम्रा छन्। राम्रा र नराम्रा कलेजको विषयमा हामीलाई जानकारी पनि छ। त्यसकारण दूूतावाससँग छलफल गरेर मात्र अध्ययनको निर्णयमा पुग्न आग्रह गर्छु।

यो पनि पढ्नुहोस्:
स्थलगत शृंखला १ : बंगलादेशमा नेपाली विद्यार्थी पढ्ने ८० प्रतिशत मेडिकल कलेज गुणस्तरहीन

स्थलगत शृंखला २ : 'यहाँका मेडिकल कलेज गुणस्तरहीन छन् भन्ने जान्दाजान्दै नेपाली विद्यार्थी पढ्न आउनु नै गल्ती' (अन्तर्वार्ता)​

प्रकाशित मिति: आइतबार, असार २४, २०७५  ०१:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित शनिबार, साउन ३०, २०८३
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने शनिबार, साउन ३०, २०८३
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे शनिबार, साउन ३०, २०८३
भोलि उपत्यकाका कुन–कुन स्थानमा ग्यास वितरण हुँदैछ? शनिबार, साउन ३०, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्