• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कांग्रेसजनले सत्ताको लोभ गर्ने कि सिद्धान्तका लागि विद्रोहको बिगुल फुक्ने?

रोहित पौडेल बिहीबार, चैत २४, २०७८  १९:३०
1140x725

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा देशको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसले केही कम्युनिस्ट विचारधारा बोक्ने दलहरुसँग गठबन्धन गर्ने निर्णय गरिसकेको छ। गठबन्धन नहुने हो भने नेकपा माओवादी केन्द्र लगायतका दलहरु पुनः एमालेसँग मिल्न जाने र निर्वाचनमा नेपाली कांग्रेसले २०७४ सालको संघ र प्रदेशको अवस्था झेल्नुपर्ने संशय छ। 

कांग्रेसले आगामी तीनै तहको निर्वाचन जित्न गठबन्धन अपरिहार्य जस्तो भएको भनेको छ। देशभित्रको परिस्थितिले मात्रै होइन, बाह्य शक्तिको दबाबले पनि नेपालमा दलहरु मिल्ने-छुट्‍ने गर्छन्। नेपालको छिमेकमा रहेको कम्युनिस्ट शक्ति चीनले नेपाली कम्युनिस्ट पार्टीहरुलाई आडभरोसा दिन्छ। सकेसम्म एकै ठाउँ रहेर बलियो बनुन् भन्ने शुभेच्छासहितको भूमिका निर्वाह गरिरहन्छ। 

कांग्रेसले यतिबेला माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सँगै लिएर जान सकेन भने ती दलको अस्तित्वका लागि पनि नेकपा एमालेसँग जोडिन बाध्य पारिन सक्छन्। नेपाली कम्युनिस्ट नेताहरु चुनावको छेकमा चीनतिर पुगेर आइरहेको सन्दर्भले त्यतातिर संकेत गरिरहेकै छ। त्यसबाट झस्किएर नेताहरु चुनाव जित्नका लागि गठबन्धनलाई बलियो बनाउन खोजिरहेका छन्। परिस्थितिलाई यो कोणबाट विश्लेषण गरिरहँदा नेपाली कांग्रेसले अहिले अपनाइरहेको रणनीति कति उपयुक्त भन्ने धेरैलाई लागिरहेको हुनसक्छ। 

त्यसका लागि विगतलाई राम्रोसँग नियाल्नु उपयुक्त हुन्छ। नेपाली कांग्रेसले पार्टीको इतिहासमा धेरै नेता उत्पादन गरेको छ। दलको सिद्धान्त र मार्गचित्रबाट हेर्दा बीपी कोइरालालाई भुल्न सकिँदैन। २०१७ सालमा राजा महेन्द्रले बीपीलाई अपदस्थ गरेपछि यी दुईबीचमा राजनीतिक टकराब आयो। तर, महेन्द्रले राज्य संचालनको जिम्मेवारी ज-जसलाई दिए, ती सबै बीपीसँग जोडिएकै मानिस थिए। तुलसी गिरीदेखि सूर्यबहादुर थापासम्म तत्कालीन समयमा बीपीका कार्यकर्ता थिए। उनीबाट प्रशिक्षित युवाहरु थिए। बीपीले आफ्नो राजनीतिक विचार र सिद्धान्तलाई महत्व नदिएर राजा महेन्द्रसँग मिलेको भए जीवनकालभरि नेपालको प्रधानमन्त्री बनिरहन सक्थे। तर, नेपाली कांग्रेसको संसदीय प्रणाली र बहुदलको सिद्धान्तलाई राजाले स्वीकार नगरेका कारण बीपीले संघर्ष गर्ने निर्णय गरे, तर सम्झौता गरेनन्। सत्तामा पुग्नु ठूलो विषय होइन, कसरी सत्तामा पुगिन्छ भन्ने महत्वपूर्ण रहेको उनको यो अविचिलित संघर्षले दर्शाउँछ।

बीपीकै अर्को प्रसंग छ, २०३७ सालमा भएको जनमत संग्रहमा बहुदल पराजित भयो। नेपालमा भएका कम्युनिस्ट पार्टीहरुले त्योबेला खुलेर बहुदललाई सहयोग गरेको भए नेपालमा १० वर्षअगाडि नै प्रजातन्त्रको पुनर्स्थापना हुन्थ्यो। जनमत संग्रहमा किन नेपालका कम्युनिस्टहरुले बहुदललाई सहयोग गरेनन् भन्ने विषयमा बीपीका सीमितता देखिन्छन्। उनलाई कम्युनिस्टहरुले बारम्बार संयुक्त आन्दोलन र संघर्षका कार्यक्रम तयार गर्न प्रस्ताव गरे, बीपीले मानेनन्। किनभने, नेपाली कांग्रेसको सिद्धान्त कम्युनिस्टहरुसँग मिल्दैन। स्वयम् पुष्पलाल श्रेष्ठले राखेको प्रस्तावमा समेत बीपीले भनेका थिए, 'पार्टी एकिकरण नै गरौं, तपाईंहरुको आर्थिक सिद्धान्त मान्छु। तर, तपाईंहरुले मेरो प्रजातान्त्रिक, संसदिय र बहुदलीय व्यवस्था मान्नुपर्छ।' त्यसमा कम्युनिस्टहरु सहमत नभएपछि एकीकरण वा एकता मात्र नभइ सहकार्य पनि सम्भव भएन। 

नेपाली कांग्रेस यो परिवेश र राजनीतिक संस्कारबाट आएको पार्टी हो। जसका लागि न सत्ता ठूलो विषय हो, न त लक्ष्य हासिल गर्नु नै। नेपाली कांग्रेस आफ्नो सिद्धान्त प्रतिकुल केही पनि गर्दैन। आज नेपाली कांग्रेस कम्युनिस्टसँग मात्र हैन, हिजो आफूलाई वर्गशत्रु मानेर आफ्ना कार्यकर्ताहरुको निर्मम हत्या गर्नेहरुसँग गठबन्धन गर्ने जमर्को गर्दैछ। हुनसक्छ, यो समयको माग होला। तर, के हिजोको त्यो गर्विलो इतिहास बोकेको कांग्रेस आज सत्ता प्राप्तिमा यति लाचार बनिसकेकै हो त? यो प्रश्न आज हरेक कांग्रेस कार्यकर्ताले मात्र होइन, कांग्रेसलाई माया गर्ने हरेक जनमानसले गर्न थालेको छ। कांग्रेस नेतृत्व निरुत्तर छ।

यो परिस्थितिमा कांग्रेस नेताहरुले जे निर्णय गरे पनि कांग्रेसका कार्यकर्ताहरुमा भने भित्रभित्रै भुसको आगो जस्तै विद्रोह सल्किरहेको छ। विशेषगरि काठमाडौंजस्ता शहरी भेगमा, जहाँ माओवादी द्वन्दकालमा विस्थापित भएर ज्यान जोगाउन काठमाडौं वा अन्य शहर झरेका मानिसहरु बस्छन्। जसले आफ्नै आँखासामु आफ्ना परिवारका सदस्य काटिएको देखेका छन्। जन्मस्थानमा बस्न नसकेर भाग्न बाध्य पारिएका उनीहरु के दास हुन्? कांग्रेसका केही नेताले आफू निर्वाचनमा पराजित हुने डरले गरेको गठबन्धनमा बसेर जसलाई मत दे भन्यो त्यसैलाई दिने? निसन्देह तीनले मतपत्र खाली राख्लान्, तर नेताको निर्देशन मान्ने छैनन्।

अहिले नेपाली कांग्रेसमा युवा र महिलाहरु भूमिका विहीन नै छन्। तिनले कहीँकतै भूमिका पाउने भए भने त्यो स्थानीय तहको निर्वाचनमा नै हो। नेपाली कांग्रेसले गठबन्धनको निर्णय गरेका कारण यस्ता युवा र महिलाहरुले कांग्रेसबाट अवसर नपाउने स्थिति बन्यो भने ती कांग्रेसमै बसिरहनुपर्छ र बसिरहन्छन् भन्ने छ? कांग्रेसमा वर्षौं लगानी गरेका यस्ता सयौं युवाहरुले अवसरको खोजीमा अन्य दलमा प्रवेश गरे भने त्यसको जिम्मेवारी कसले लिन्छ?

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली कांग्रेसबाट अवसर नपाउने, तर गठबन्धन गरेका दलबाट अवसर पाउने अवस्थामा कांग्रेस कार्यकर्ताहरु गठबन्धनका ती दलहरुमा नै प्रवेश गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्छन्। त्यस्तो अवस्थाको जिम्मेवारी कसले लिन्छ? अनि ती युवा र महिलाको स्थानमा बसेर हेरौं, नेपाली कांग्रेसले निर्वाचन जित्न भनेर सिद्धान्त नमिल्ने, अझ विपरीत सिद्धान्त भएका दलहरुसँग गठबन्धन गर्न मिल्छ भने ती युवाले अर्को पार्टीमा अवसर देख्दा निर्वाचन जित्न त्यो पार्टीमा जान किन नहुने?

अन्तमा, केही नेताहरु 'गठबन्धनको विरोध गर्नेहरुले पार्टी छोड्दा हुन्छ' भनेर भाषण गरिरहेका छन्। के नेपाली कांग्रेस तपाईंहरुको विर्ता हो? कुनै समय तपाईंहरुका पिता यो राजनीतिक दलका नेता हुनुहुन्थ्यो होला, त्यसैले तपाईंले यो सम्मान पाउनुभएको छ। तर, राजनीतिक दल कसैको विर्ता हुन सक्दैन। हेर्दै जानुहोला, अवसरको खोजमा योपटक सयौं युवाहरु कि गठबन्धकै दलमा प्रवेश गर्नेछन्, कि प्रतिस्पर्धी दलमा जानेछन्। तपाईंले लखेट्नै पर्दैन।

बीपीले भन्नु भएको थियो- कुनैबेला हाम्रो पार्टीमा पनि सुकिलामुकिला हाबी हुनेछन्, त्योबेला सच्चा कार्यकर्ताले उनीहरुविरुद्ध संघर्ष  गर्नुपर्नेछ। कांग्रेसमा यो अवस्था आएको हो?

अब नेपाली कांग्रेसले कि विद्रोहको अपेक्षा गर्छ, कि त क्षयीकरण भएर प्रजा परिषद बन्छ? कांग्रेसलाई जोगाउने हो भने आज सत्ताको लोभ छोडेर सिद्धान्तका लगि विद्रोहको बिगुल फुक्ने बेला भएको छ। निसन्देह! अब कांग्रेस विद्रोहले मात्र पुनर्जाग्रित हुनेछ। कांग्रेस भएर सोच्नुस्, नेताको दास बनेर सत्तामा पुग्ने कि जनताको सेवकका रुपमा सिद्धान्त निष्ठ भएर देश निर्माणमा लाग्ने? 

(लेखक नेपाली कांग्रेस काठमाडौंका जिल्ला सदस्य हुन्)

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै बुधबार, असोज ७, २०८३
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने बुधबार, असोज ७, २०८३
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनालले गरे न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्