काठमाडौं– नेपाल घोडचढी संघको आयोजनामा सातौं राष्ट्रिय घोडचढी प्रतियोगिता शुक्रबार हुने भएको छ। एकदिने प्रतियोगिता टुँडिखेलमा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष रवि राजकर्णिकारले जानकारी गराए।
प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने छ। हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।