काठमाडौं– सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँरामा ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा जलेर ३ बालबालिकाको मृत्यु भएको छ ।
लामा टोलका स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्केपछि आगलागी भएको हो।
घटनामा उनका छोरा १० वर्षीय इशाक, भाइ कुमारको ६ वर्षीयको छोरा सरगम र छिमेकी पदमको साढे २ वर्षकी छोरी दिव्याको जलेर मृत्यु भएको वडाध्यक्ष सुरज लामाले जानकारी दिए। आगोमा जलेर उनीहरूको घर भित्रै मृत्यु भएको हो। घटनामा मिनबहादुर पनि गम्भिर घाइते भएका छन्।
उनलाई उपचारको लागि अस्पताल लगिएको छ। प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।