• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अदालतको कार्यबोझ घटाउन कानुन संशोधन गर्दै सरकार, अब कर्मचारीको रिट सर्वोच्चमा दर्ता नहुने

७ वर्षभन्दा कम सजाय हुने मुद्दा उच्चबाटै टुंग्याउनुपर्ने
64x64
नेपाल लाइभ आइतबार, चैत २०, २०७८  १६:४५
1140x725

काठमाडौं– कानुन मन्त्रालयले वर्षौंसम्म न्याय लडिरहनुपर्ने अवस्था अन्त्य गर्नका लागि हाल  विद्यमान रहेका ४८ कानुन संशोधनको तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले पत्रकार सम्मेलन गरेर यस्तो कानुन बनाउनका लागि विधेयकको मस्यौदा समेत निर्माण भएको जानकारी दिए। 

आइतबार मन्त्रालयका आयोजित पत्रकार सम्मेलनमा उनले जिल्ला, उच्च हुँदै सर्वोच्चसम्म वर्षौं लगाएर मुद्दा लड्नुपर्ने र त्यसले न्याय महंगोदेखि झन्झटिलो समेत भएकाले नयाँ कानुन ल्याउन लागेको बताए। 

मन्त्रालयले कानुन मन्त्रालयका निमित्त सचिव सुशील कोइरालाको नेतृत्वमा यस्तो विधेयक ल्याउनका लागि  कार्यदल गठन गरेको थियो। सर्वोच्च अदालत, न्याय परिषद, महान्यायाधिवक्ता कार्यालय र नेपाल बार एशोसिएसनका प्रतिनिधिहरू उक्त समूहमा थिए। 

गत फागुन २३ मा मन्त्रीस्तरीय निर्णयबाट यस्तो अध्ययन समिति गठन गरेको थियो। उक्त अध्ययन समितिको प्रतिवेदन आइतबार मन्त्री बडूलाई हस्तान्तरण गरिएको छ। हाल वार्षिकरुपमा सर्वोच्च अदालतमा प्रतिइजलास ३३४७, उच्च अदालतमा प्रतिइजलास ७०६ र जिल्ला अदालतमा प्रतिइजलास ७४३ वटा मुद्दाको कार्यबोझ छ। मन्त्रालयले सर्वोच्च अदालतमा सबैभन्दा धेरै मुद्दा रहेको भन्दै त्यस्तो मुद्दाको संख्या घटाउन मुद्दा दर्तामै रोक लगाउने गरी कानुन संशोधनको प्रस्ताव गरेको छ। 

अध्ययन समितिले मूलतः सर्वोच्च अदालतमा मुद्दाको बोझ घटाउन राजश्व, रिट निवेदन र पुनरावेदन सम्बन्धी वर्तमान कानुनहरूमा संशोधन गर्न सिफारिस गरेको छ। समितिका अनुसार सर्वोच्चमा हाल राजस्व न्यायधिकरणको फैसला उपचारको पुनरावेदन वार्षिक १५ सयभन्दा बढी छ। त्यस्ता मुद्दामा राजस्व न्यायाधीकरणको फैसला अन्तिम हुने व्यवस्था गरे शतप्रतिशत कार्यबोझ कम हुने समितिको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, वैकल्पिक उपचारको व्यवस्था भएका रिट दर्ता नहुने व्यवस्था गरिदिए त्यसले करिब २० प्रतिशत रिट निवेदनहरू कम हुने अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ।

७ वर्षभन्दा कम कैद हुने मुद्दामा पुनरावेदन नलाग्ने 
समितिले ७ वर्षभन्दा कम कैद, ५० लाखभन्दा कम बिगो भएका मुद्दामा सर्वोच्चमा पुनरावेदन नलाग्ने व्यवस्था गर्न प्रस्ताव गरेको छ। त्यस्तै, दोहोर्‍याई पाउँ भनी परेका आवेदन संख्या करिब छ हजार छन्।

त्यसमा उच्च अदालतका तीन न्यायाधीशको इजलासले निस्सा प्रदान गर्ने/नगर्ने निर्णय गर्ने व्यवस्था गरे त्यसले ६० प्रतिशत कार्यबोझ घटाउने अनुमान छ। यो मापदण्डभित्र आउने सबै मुद्दाहरुलाई जिल्ला हुँदै उच्च अदालत आएर अन्तिम किनारा गर्ने र उच्च अदालतले नै निस्सा दिने नदिनेबारे निर्णय गर्ने व्यवस्था राख्न प्रस्ताव गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

समितिले उच्च अदालतको वाणिज्य इजलासले सुरु मुद्दा हेर्ने अधिकार क्षेत्र जिल्ला अदालतमा सार्न प्रस्ताव गरेको छ। त्यसले गर्दा सर्वोच्चमा सोझै पुनरावेदन नलाग्ने अवस्था भई कार्यबोझ घट्ने अनुमान छ। विशेष ऐनद्वारा सिर्जित कार्यबोझ घटाउन समितिले विशेष ऐनले निर्धारण गरेको अदालतका अधिकारक्षेत्र जिल्ला अदालतमा सार्न प्रस्ताव गरेको छ। 

अन्तरिम आदेश एकल इजलासले नदिने 
अध्ययन समितिले अन्तरिम आदेश एकल इजलासबाट जारी हुने परम्पराले विकृति समेत  भित्र्याएको भन्दै यसलाई संयुक्त इजलासबाट मात्र जारी गर्ने कानुनी व्यवस्था गर्न प्रस्ताव गरेको छ।

विषयवस्तुको गहिराईमा पुगेर सामूहिक निर्णय लिन, प्राकृतिक न्यायको सिद्धान्त बमोजिम दुवै पक्षको कुरा सुनेर अन्तरिम आदेश जारी गर्ने र त्यसरी जारी गर्दा वैकल्पिक उपचारको प्रारम्भमा नै विश्लेषण गर्न उपयुक्त देखिएकाले एकल इजलासबाट भइरहेको यो अभ्यास संशोधन गर्न अध्ययन समितिको प्रतिवेदनमा भनिएको छ। हाल सर्वोच्चमा ४ हजार ८ सय ९० थान मुद्दा रिटबाट दर्ता भएका छन्। 

कर्मचारीको रिट सर्वोच्चमा दर्ता नहुने 
त्यस्तै,  कर्मचारीहरुको विवाद सम्बन्धी रिट सर्वोच्चमा दर्ता नगर्न अध्ययन समितिले प्रस्ताव गरेको छ। कर्मचारीहरुको विवादको सुनुवाइ गर्न प्रशासकीय अदालत गठन भएकाले सरुवा, बढुवा, कारबाही लगायतका विषय यही अदालतबाट किनारा गर्ने र सर्वोच्चमा सिधै रिटमार्फत गएमा मुख्य रजिष्ट्रारले दरपिठ गरेर प्रशासकीय अदालत जानू भनी आदेश गर्न सक्ने कानुन व्यवस्था गर्न प्रस्ताव गरिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

देशभरका कर्मचारीहरूको गुनासो सम्बोधन गर्नका लागि जिल्ला अदालतबाटै लिखित जवाफ, पुनरावेदन र निवेदन दिने व्यवस्था गर्न प्रस्ताव गरिएको छ।

कानुनमन्त्री बडूले अदालतमा रहेको कार्यबोझ घटाउन कानुनमा गुर्नपर्ने आवश्यक सुधारको मस्यौदा तयार गर्न अध्ययन समिति गठन गरेर प्रतिवेदन आएकाले अबको संसद् अधिवेशनमा विधेयकको रुपमा अघि बढ्ने बताए। उनले अब यस विषयमा संसद्ले कानुन बनाउने बताए।

मन्त्री बडूले आइतबार समितिको प्रतिवेदन बुझ्दै अदालतबाट छिटो छरितो न्याय पाउने वातावरण बनाउनका लागि कानुनहरूमा आवश्यक संशोधन गर्नुपर्ने देखिएको बताए। उनले त्यसका लागि प्रतिनिधि सभाको आगामी बैठकमा छलफलका लागि लैजाने जानकारी दिए। 

‘न्याय माग्न आउनेले ठीक समयमा अदालतबाट न्याय पायो भने त्यसले अदालतप्रतिको विश्वास थप वृद्धि भएर जान्छ। न्याय प्रणालीप्रति भरोसा बढाउँछ,’ मन्त्री बडूले भने, ‘नत्र वर्षौंसम्म अदालत धाउँदा न्याय होइन अन्याय मात्र हुन्छ।’

यी हुन् संशोधन हुने कानुन :

No description available.

 

No description available.

No description available.

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटका सभापति हरि श्रेष्ठले बाढीबाट भएको क्षति सामान्य विपत्ति नभई महाविपत्तिको अवस्था बनेको बत... शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) दशैं मनाउन घर फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा सवारीसाधनको चाप बढेको छ । शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्