काठमाडौं– गत साता नेप्से परिसूचक साढे २ प्रतिशत घटेको छ। अघिल्लो साता २६१३.६७ विन्दुमा रहेको नेप्से गत साता २.६५ प्रतिशत अर्थात ६९.३७ अंक घटेर २५४४.३० विन्दुमा पुगेको छ।
गत साता नेप्सेले २५३५.४८ विन्दुमा टेवा परीक्षण गरेको देखिन्छ। यस साता नेप्से ओरालो लागेमा सोही विन्दुमा टेवा पाउने देखिन्छ। सो टेवा विन्दु ताडेर तल लागेमा भने २४१४.११ विन्दुमा टेवा पाउने देखिन्छ। त्यसैगरी, यस साता उकालो लागेमा भने २७०५.९६ विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ।
गत साता नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। साताको अन्तिम कारोबार दिन नेप्सेले बियरिस मैनबत्ती बनाएको छ। यसले बजारमा गत साता बिक्रीकर्ताहरु हाबी भएको संकेत गर्दछ।
नेप्सेसँगै गत साता भोल्यूम पनि कमजोर रहेको छ। गत साता दैनिक औसतमा २ अर्ब ६८ करोडको सेयर कारोबार भएको थियो। जबकि, नेप्सेको २० दिने औसत भोल्युम २ अर्ब ७८ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्युमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ३.७१ प्रतिशत कम हो।
गत साता १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको थियो। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक गत साता १.७६ प्रतिशत घटेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।