काठमाडौं– भारतमा पछिल्लो १३ दिनमा ११ पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले भारतमा पनि पनि पेट्रोलियम पदार्थको मूल्य बढाउनु परेको अधिकारीहरूले जनाएका छन्।
पछिल्लो समय शनिबार प्रतिलिटरमा ८० पैसाको दरले मूल्य वृद्धि भएको विवरण सार्वजनिक भएको छ। पछिल्लो १३ दिनमा ११ पटक मूल्य वृद्धि हुँदा पहिलाभन्दा प्रति लिटरमा ७.२० प्रतिशत मूल्य बढी भएको छ।
संघीय राजधानी नयाँ दिल्लीमा अहिले प्रतिलिटर पेट्रोलको मूल्य १०३.४१ भारतीय रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य प्रतिलिटर ९४.६७ भारतीय रुपैयाँ रहेको छ।
दिल्लीमा पछिल्लो १३ दिनमा पेट्रोलियम पदार्थको मूल्य ८ रुपैयाँले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।