१. प्रधानमन्त्री देउवाको भारत भ्रमणमा चार सम्झौतामा हस्ताक्षर, जयनगर–कुर्था रेलमार्गको संयुक्त रुपमा उद्घाटन, देउवाले मोदी समक्ष उठाए सीमा समस्या, मोदीलाई नेपाल भ्रमणको निम्तो । (नेपाल–भारबीच सम्झौतामा हस्ताक्षर)
२. प्रधानमन्त्री देउवाले भारतीय जनता पार्टीको मुख्यालयमा गएर गरेको भेटप्रति पूर्वपरराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले उठाए प्रश्न, यस्तै कामले नेपाल हेपिने गरेको एमाले नेता भीम रावलको टिप्पणी । (देउवाको आलोचना)
३. नेपाल बारको नयाँ नेतृत्व चयनका लागि आज मतदान, अध्यक्षका लागि व्यक्तिगत र समूहगत गरी ८ जना चुनावी मैदानमा, मतपरिणाम आउन तीन दिन लाग्ने अनुमान । (नयाँ नेतृत्व चुन्दै कानुन व्यवसायी)
४. जारी युद्धबारे रुस र युक्रेनका प्रतिनिधिहरूबीच इस्तानबुलमा आमने सामने वार्ता, तटस्थ रहनुपर्ने मस्कोको मागमा सहमति गर्न सकिने तर आफ्नो भू–भागमा सम्झौता नगर्ने युक्रेनको अडान । (रुस–युक्रेनका अधिकारीको वार्ता)
५. र, त्रिकोणात्मक टी२० आई सिरिजमा दीपेन्द्र सिंह ऐरीको शतकमा मलेसियामाथि नेपालको सानदार जित, मलेसिया ८५ रनले पराजित, नेपालले उपाधिका लागि पपुवा न्यू गिनीसँग खेल्ने । (नेपाल त्रिकोणात्मक टी२० आई सिरिजको फाइनलमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।