काठमाडौं– चाँगुनारायण नगरपालिका–९ ताथलीमा भिरालो जग्गा प्लटिङको पर्खाल लगाउने क्रममा ढिस्कोले पुरेर शुक्रबार दुई मजदुरको मृत्यु भएको छ।
मृत्यु हुनेमा काभ्रेपलाञ्चोक चौरी देउराली गाउँ पालिका–३ घरभई भक्तपुर बस्ने ५० वर्षीय वर्षमान तामाङ र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–९ घरभई भक्तपुर बस्ने ३२ वर्षीय चतुरमान तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
उनका अनुसार जग्गामा पर्खाल लगाउने क्रममा अचानक आएको ढिस्कोले पुर्दा दुई जनाको मृत्यु भएको हो। चम्पा भन्नेको जग्गा प्लानिङ हो भन्ने सुन्नमा आए पनि खासमा कसको जग्गा प्लानिङ हो भन्नेबारेमा यकिन नआएकाले अनुसन्धान भइरहेको प्रहरीको दाबी छ।
स्थानीय प्रत्यक्षदर्शीले भने भिरालो जग्गालाई सम्याएर पुरेको माटाको ढिस्को माथिबाट खसेर पर्खाल लगाउँदै गरेको मजदुर पुरिएको जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।