• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

डिजिटल पेमेन्ट सिस्टमको सुरक्षामा धेरै लगानी छ, ग्राहक ढुक्क भए हुन्छ : निलेशमान सिंह प्रधान [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, चैत २१, २०७८  १२:४७
1140x725

पछिल्लो समय कारोबारमा विद्युतीय भुक्तानी प्रणालीको प्रयोग बढ्दो छ। नेपालमा विद्युतीय भुक्तानी प्रणालीलाई अगाडि बढाउन र प्रभावकारी बनाउन विभिन्न संस्थाहरू स्थापना भएका छन्। जसमध्ये एक हो, नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)। डिजिटल पेमेन्ट सिस्टममा नेपाल क्लियरिङ हाउस लिमिटेडको भूमिका के हो? यसले कसरी काम गरिरहेको छ? लगायतका विषयमा नेपाल लाइभका लागि सुमित्रा कार्कीले नेपाल क्लियरिङ हाउस लिमिटेडका कार्यकारी अधिकृत (सीईओ) निलेशमान सिंह प्रधानसँग गरेको कुराकानी:

डिजिटल पेमेन्ट सिस्टम भनेको के हो? 
डिजिटल पेमेन्ट सिस्टम भनेको हाम्रो इकोनोमीमा जति पनि कारोबार प्रणाली हुन्छन्, त्यसलाई नगदको सट्टामा कुनै पनि वैकल्पिक वितरण च्यानलको माध्यमबाट गरिने कारोबार प्रणाली हो। यसमा सामान्यतया रिटेल पेमेन्ट तथा हाइ भ्यालु पेमेन्ट गरेर दुई थरिको डिजिटल पेमेन्ट सिस्टम हुनसक्छन्। जसमा लार्ज भ्यालु पेमेन्ट सिस्टम भनेर नेपाल राष्ट्र बैंकले चलाएको आरटीजीएस (रियल टाइम ग्रोस सेटलमेन्ट) सिस्टमहरू हुन सक्छ भने अरु अन्तर बैंक भुक्तानी प्रणालीहरू हुन सक्छ। अन्तर बैंक भुक्तानी प्रणालीमा मोबाइल बैंकिङ, वालेट, कनेक्ट आईपीएस, कार्डजस्ता प्रणाली चाहिँ रिटेल सिस्टमभित्र पर्दछन्। 

नेपाल क्लियरिङ हाउसको डिजिटल पेमेन्ट सिस्टममा कस्तो भूमिका छ? 
नेपाल क्लियरिङ हाउस नेपाल राष्ट्र बैंकले लिएको राष्ट्रिय भुक्तानी प्रणालीहरूको विकास र विस्तार गरेर अगाडि बढ्छ। यसले कार्यान्वयन गर्ने निकाय
को रुपमा काम गर्छ। अहिलेसम्म इलेक्ट्रोनिक चेक क्लियरिङको काम अन्तर बैंक भुक्तानीका पूर्वाधारहरूमा आबद्ध रहेर गरेका छौँ। यसैगरी रियल टाइम फास्ट पेमेन्ट सिस्टम, रिटेल पेमेन्ट सिस्टम स्वीच र कनेक्ट आईपीएसको फरक च्यालनहरू प्लेट फर्मको आधारमा प्रयोग गर्ने गरेका छौँ। 

यस्तै, बिजनेस हाउस कम्पनीले पनि विद्युतीय माध्यमबाट भुक्तानी गर्न मिल्ने गरेर कर्पोरेट पे, इन्ड्रिग्रेसनका लागि विभिन्न निकायको भुक्तानीमा जोडिन मध्यस्तकर्ताको रुपमा इन्टरमिटेरिङ अथवा इन्टरफेसिङको इन्टाइन्ट्रक्चर आवश्यक हुन्छ। त्यसलाई हामीले नेसनल पेमेन्ट सिस्टम (एनपीएस) भनेर उपलब्ध गराएका छौं। लार्ज भ्यालु पेमेन्टमा कारोबार ठीकसँग गर्नका लागि बैंक तथा वित्तीय संस्थालाई आरटीजीएसमा ६ वटा सिस्टमहरू ल्याएका छौं। 

यसमा हामीले नेसनल पेमेन्टको पूर्वाधारकै प्रयोग गरेका छौं। अहिले हामीले नेसनल पेमेन्ट स्वीचमा काम गरिरहेका छौं। नेपालको अहिले भएको जति पनि डिजिटल पेमेन्ट छन्, राष्ट्र बैंकको डेटाको आधारमा लार्ज भ्यालु पेमेन्टलाई हटाउने, भ्यालुको टर्ममा करिब ९० प्रतिशत ट्रान्जेक्सन भ्यालु रकमको आधारमा एनसीएचलको कुनै–कुनै पूर्वाधारको प्रयोगबाट प्रोसेसिङ हुन्छ। 

एनसीएचएलले ल्याएका ६ वटा सिस्टम के के हुन्? 
एनसीएचएलले प्रयोगमा ल्याएका ६ वटा डिजिटल पेमेन्ट सिस्टमहरू इलेक्ट्रोनिक चेक क्लियरिङ, इन्टर बैंक पेमेन्ट, कनेक्ट आईपीएस, कर्पोरेट पे, एनपीएस र कनेक्ट आरजीटीएस हुन्। यी ६ वटा सिस्टम पूरा सञ्चालनमा आइसकेका छन्। अब चाँडै सातौँ सिस्टम पनि पूर्ण रुपमा सञ्चालनमा आउने तयारीमा छ। नेसनल पेमेन्ट स्वीच सातौं पूर्वाधार हो। 

नेसनल पेमेन्ट स्वीच भनेको के हो? यसले कसरी काम गर्छ? 
नेपालमा जति पनि रिटेल पेमेन्ट स्टिमहरू छन्, जस्तै, कार्ड, क्यूआरलगायतका वालेट अथवा मोबाइल बैंकिङ अथवा कुनै पनि रिटेल खालको पेमेन्ट, यस्ताको ट्रान्जेक्सनहरूको मनिटरिङ र कन्ट्रोल गर्ने सिस्टम हो। प्राइमरी रिलिजमा हाम्रो जति पनि कारोबार नेपालमा हुन्छ त्यसको डेटाहरू नेपालभित्र नै बस्ने र शूल्क पनि घटाउन सकिने उद्देश्यले सरकारको बजेटरी प्लानमा र नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा नेशलन पेमेन्ट स्वीच कार्यन्वयन गर्ने भन्ने उद्देश्य राखिएको हो। 

अहिले नेपाल क्लियरिङ हाउसलाई नेशनल पेमेन्ट स्वीच पनि स्थापना गर्ने जिम्मेवारी दिइएको छ। जसमध्ये एउटा कम्पोनेन्ट हाम्रो कार्डबाहेकको जति पनि रिटेल पेमेन्टहरू सञ्चालन गर्नलाई सेन्टरलाइज स्वीचिङको माध्यमबाट इम्प्लिमेन्ट भएर लागू भएको छ। अहिले हामीले कार्डमा काम गरिरहेका छौं।

Ncell 2
Ncell 2
nimb
nimb

नेसनल पेमेन्ट स्वीच सिस्टमको प्रभावकारिता कस्तो छ?
यो भर्खर सुरुवात भएको हो। यसमा अहिलेसम्म १४ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन्। यसैगरी, सातवटा भुक्तानी प्रणालीले आवद्धताका लागि सम्झौता गरिसक्नु भएको छ। आठ बैंक र एक पेमेन्ट सर्भिसले कारोबार नै सुरुवात गरिसकेका छन्। अहिलेसम्म आउँदा यसको प्रभावकारिता राम्रो छ। 

डिजिटल पेमेन्ट सिस्टममा पछिल्लो समय धेरै चुनौती देखिएका छन्। यस्ता चुनौतीको समाधान गर्न तपाईंको योजना के छ? 
नेपालमा डिजिटल पेमेन्टको संख्या उल्लेखनीय रुपमा वृद्धि भइरहेको छ। संख्या मात्र नभएर यसको महत्त्व
 पनि उल्लेखनीय रुपमा बढेको देखिन्छ। राष्ट्र बैंकको डेटाले पनि यही जनाएको छ। वालेटको ट्रान्जेक्सन होस् वा मोबाइल बैंकिङको वा चेकको इन्टरबैंक पेमेन्ट वा आरटीजीएसको सिस्टम सबैको कारोबारमा वृद्धि भएको देखिन्छ। यहाँ जति पनि सेवा दिने कम्पनी छन्, तिनले उल्लेख्य रुपमा डिजिटल पेमेन्टलाई चाहिने सुरक्षामा लगानी गरेका छन्। ग्राहक ढुक्क हुँदा हुन्छ।

तर, यदाकदा ठगी गर्ने उद्देश्यले केही कारोबार भएको देख्न वा सुन्न पाइन्छ। यसले केही ग्राहकहरूलाई समस्या भएको छ। तर, त्यो पनि प्राविधिक समस्याको कारण नभएर ग्राहकलाई सचेतना कम भएर हुने गरेको पाइन्छ। त्यसका लागि यसमा आबद्ध भएका सबैले ग्राहकलाई यसबारे शिक्षा दिन आवश्यक छ। ग्राहकलाई शिक्षा दिने कुरामा लगानी बढाउनुपर्छ। ग्राहकले पनि यस्तो कारोबार गर्दा सजकताका उपायहरू अपनाउन आवश्यक देखिन्छ। 

एनसीएचएलमा हालसम्म कति संघसंस्था जोडिएका छन्? 
हाम्रो फरक सिस्टममा फरक संघ संस्थाहरू आबद्ध भएका हुन्छन्। एनसीएचएलसँग जोडिएका बैंक र वित्त ‘क’, ‘ख’ तथा ‘ग’ गरेर लगभग ६५ पुगेका छन्। पेमेन्ट सिस्टम अपरेटर र पेमेन्ट सर्भिस अपरेटर (पीएचपी) हरुलाई राष्ट्र बैंकले नै लाइसेन्स दिएर सञ्चालनमा आएको छ। 

यस्तो खालको २४ वटा इन्स्टिच्युटहरू हाम्रो कुनै न कुनै सिस्टमसँग आबद्ध छन्। इन्स्योरेन्स कम्पनीहरू, लाइफ–ननलाइफ सबै कम्पनीहरू हामीसँग जोडिएका छन्। यसैगरी, मेजर रेमिट्यान्स कम्पनीहरू पनि आबद्ध छन्। क्यापिटल मार्केटमा नेपाल स्टक एक्चेन्जदेखि ४९ वटा धितोपत्र दलाल कम्पनी (ब्रोकर) हरू हामीसँग जोडिएर काम गरेका छन्। मर्चेन्ट बैंकिङहरू पनि आबद्ध छन्। 

नेपाल सरकारको विभिन्न निकाय पनि आबद्ध छन्। स्थानीय सरकारले कतिपय काम हामीसँग आबद्ध भएर गरिहेका छन्। फण्ड म्यानेजरको हकमा ईपीएफ, एसएसएफ, सीआईडीलगायत बैंकबाहेकका १०० जति कम्पनीहरू हामीसँग जोडिएका छन्। 

नेपाल जस्तो मुलुकमा डिजिटल पेमेन्ट सिस्टमको प्रयोग विकास गर्न कत्तिको चुनौती छ?
धेरै व्यक्तिलाई डिजिटल कारोबारबारे थाहा छैन भन्ने अवस्था छैन। कसैलाई प्राविधिक कारण समस्या आउन सक्ला। तर, हामीले के पनि बुझ्नुपर्छ भने, अहिले मोबाइल नचलाउने मान्छेको संख्या एकदमै कम छ। यसैगरी, इन्टरनेटको सेवा पनि गाउँगाउँसम्म पुगिसकेको छ। फेसबुक, भाइबर र ह्याट्सएप चलाउने सबैभन्दा बढी संख्या गाउँमै छ। अहिले गाउँका अधिकांश घरका एक व्यक्ति कुनै न कुनै प्रयोजनका लागि विदेश गएका छन्। त्यसकारण विदेशमा रहेका आफन्तसँग कुरा गर्नका लागि पनि मान्छेले मोबाइल इन्टरनेटको प्रयोगलाई अनिवार्य जस्तै बनाएका छन्। यसले गर्दा दूरदराजसम्म पनि डिजिटल सेवा विस्तार बढिरहेको छ। जसले हामीलाई डिजिटल कारोबारको बृद्धि गर्नका लागि खासै चुनौती देखाएको छैन। 

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  १२:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतसहितका राजदूतहरूको आउजाउ, को आए ? को जाँदै ?
नेप्से २७.९४ अंकले बढ्यो, ४ अर्ब ३६ करोडको कारोबार
एमाले कार्यदलमा थापा र पोखरेलको छुट्टाछुट्टै प्रतिवेदन, शनिबारदेखि छलफल
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
प्रतिनिधि सभा बैठक (लाइभ) शुक्रबार, भदौ २६, २०८३
भारतसहितका राजदूतहरूको आउजाउ, को आए ? को जाँदै ? शुक्रबार, भदौ २६, २०८३
नेप्से २७.९४ अंकले बढ्यो, ४ अर्ब ३६ करोडको कारोबार शुक्रबार, भदौ २६, २०८३
एमाले कार्यदलमा थापा र पोखरेलको छुट्टाछुट्टै प्रतिवेदन, शनिबारदेखि छलफल शुक्रबार, भदौ २६, २०८३
महाधिवेशन कार्यतालिका स्थगित गरेर संवाद गर्न कांग्रेसका २५ नेताको अपिल शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्