• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार
डिजिटल पेमेन्ट सिस्टमको सुरक्षामा धेरै लगानी छ, ग्राहक ढुक्क भए हुन्छ : निलेशमान सिंह प्रधान [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ सोमबार, चैत २१, २०७८  १२:४७
1140x725

पछिल्लो समय कारोबारमा विद्युतीय भुक्तानी प्रणालीको प्रयोग बढ्दो छ। नेपालमा विद्युतीय भुक्तानी प्रणालीलाई अगाडि बढाउन र प्रभावकारी बनाउन विभिन्न संस्थाहरू स्थापना भएका छन्। जसमध्ये एक हो, नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)। डिजिटल पेमेन्ट सिस्टममा नेपाल क्लियरिङ हाउस लिमिटेडको भूमिका के हो? यसले कसरी काम गरिरहेको छ? लगायतका विषयमा नेपाल लाइभका लागि सुमित्रा कार्कीले नेपाल क्लियरिङ हाउस लिमिटेडका कार्यकारी अधिकृत (सीईओ) निलेशमान सिंह प्रधानसँग गरेको कुराकानी:

डिजिटल पेमेन्ट सिस्टम भनेको के हो? 
डिजिटल पेमेन्ट सिस्टम भनेको हाम्रो इकोनोमीमा जति पनि कारोबार प्रणाली हुन्छन्, त्यसलाई नगदको सट्टामा कुनै पनि वैकल्पिक वितरण च्यानलको माध्यमबाट गरिने कारोबार प्रणाली हो। यसमा सामान्यतया रिटेल पेमेन्ट तथा हाइ भ्यालु पेमेन्ट गरेर दुई थरिको डिजिटल पेमेन्ट सिस्टम हुनसक्छन्। जसमा लार्ज भ्यालु पेमेन्ट सिस्टम भनेर नेपाल राष्ट्र बैंकले चलाएको आरटीजीएस (रियल टाइम ग्रोस सेटलमेन्ट) सिस्टमहरू हुन सक्छ भने अरु अन्तर बैंक भुक्तानी प्रणालीहरू हुन सक्छ। अन्तर बैंक भुक्तानी प्रणालीमा मोबाइल बैंकिङ, वालेट, कनेक्ट आईपीएस, कार्डजस्ता प्रणाली चाहिँ रिटेल सिस्टमभित्र पर्दछन्। 

नेपाल क्लियरिङ हाउसको डिजिटल पेमेन्ट सिस्टममा कस्तो भूमिका छ? 
नेपाल क्लियरिङ हाउस नेपाल राष्ट्र बैंकले लिएको राष्ट्रिय भुक्तानी प्रणालीहरूको विकास र विस्तार गरेर अगाडि बढ्छ। यसले कार्यान्वयन गर्ने निकाय
को रुपमा काम गर्छ। अहिलेसम्म इलेक्ट्रोनिक चेक क्लियरिङको काम अन्तर बैंक भुक्तानीका पूर्वाधारहरूमा आबद्ध रहेर गरेका छौँ। यसैगरी रियल टाइम फास्ट पेमेन्ट सिस्टम, रिटेल पेमेन्ट सिस्टम स्वीच र कनेक्ट आईपीएसको फरक च्यालनहरू प्लेट फर्मको आधारमा प्रयोग गर्ने गरेका छौँ। 

यस्तै, बिजनेस हाउस कम्पनीले पनि विद्युतीय माध्यमबाट भुक्तानी गर्न मिल्ने गरेर कर्पोरेट पे, इन्ड्रिग्रेसनका लागि विभिन्न निकायको भुक्तानीमा जोडिन मध्यस्तकर्ताको रुपमा इन्टरमिटेरिङ अथवा इन्टरफेसिङको इन्टाइन्ट्रक्चर आवश्यक हुन्छ। त्यसलाई हामीले नेसनल पेमेन्ट सिस्टम (एनपीएस) भनेर उपलब्ध गराएका छौं। लार्ज भ्यालु पेमेन्टमा कारोबार ठीकसँग गर्नका लागि बैंक तथा वित्तीय संस्थालाई आरटीजीएसमा ६ वटा सिस्टमहरू ल्याएका छौं। 

यसमा हामीले नेसनल पेमेन्टको पूर्वाधारकै प्रयोग गरेका छौं। अहिले हामीले नेसनल पेमेन्ट स्वीचमा काम गरिरहेका छौं। नेपालको अहिले भएको जति पनि डिजिटल पेमेन्ट छन्, राष्ट्र बैंकको डेटाको आधारमा लार्ज भ्यालु पेमेन्टलाई हटाउने, भ्यालुको टर्ममा करिब ९० प्रतिशत ट्रान्जेक्सन भ्यालु रकमको आधारमा एनसीएचलको कुनै–कुनै पूर्वाधारको प्रयोगबाट प्रोसेसिङ हुन्छ। 

एनसीएचएलले ल्याएका ६ वटा सिस्टम के के हुन्? 
एनसीएचएलले प्रयोगमा ल्याएका ६ वटा डिजिटल पेमेन्ट सिस्टमहरू इलेक्ट्रोनिक चेक क्लियरिङ, इन्टर बैंक पेमेन्ट, कनेक्ट आईपीएस, कर्पोरेट पे, एनपीएस र कनेक्ट आरजीटीएस हुन्। यी ६ वटा सिस्टम पूरा सञ्चालनमा आइसकेका छन्। अब चाँडै सातौँ सिस्टम पनि पूर्ण रुपमा सञ्चालनमा आउने तयारीमा छ। नेसनल पेमेन्ट स्वीच सातौं पूर्वाधार हो। 

नेसनल पेमेन्ट स्वीच भनेको के हो? यसले कसरी काम गर्छ? 
नेपालमा जति पनि रिटेल पेमेन्ट स्टिमहरू छन्, जस्तै, कार्ड, क्यूआरलगायतका वालेट अथवा मोबाइल बैंकिङ अथवा कुनै पनि रिटेल खालको पेमेन्ट, यस्ताको ट्रान्जेक्सनहरूको मनिटरिङ र कन्ट्रोल गर्ने सिस्टम हो। प्राइमरी रिलिजमा हाम्रो जति पनि कारोबार नेपालमा हुन्छ त्यसको डेटाहरू नेपालभित्र नै बस्ने र शूल्क पनि घटाउन सकिने उद्देश्यले सरकारको बजेटरी प्लानमा र नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा नेशलन पेमेन्ट स्वीच कार्यन्वयन गर्ने भन्ने उद्देश्य राखिएको हो। 

अहिले नेपाल क्लियरिङ हाउसलाई नेशनल पेमेन्ट स्वीच पनि स्थापना गर्ने जिम्मेवारी दिइएको छ। जसमध्ये एउटा कम्पोनेन्ट हाम्रो कार्डबाहेकको जति पनि रिटेल पेमेन्टहरू सञ्चालन गर्नलाई सेन्टरलाइज स्वीचिङको माध्यमबाट इम्प्लिमेन्ट भएर लागू भएको छ। अहिले हामीले कार्डमा काम गरिरहेका छौं।

नेसनल पेमेन्ट स्वीच सिस्टमको प्रभावकारिता कस्तो छ?
यो भर्खर सुरुवात भएको हो। यसमा अहिलेसम्म १४ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन्। यसैगरी, सातवटा भुक्तानी प्रणालीले आवद्धताका लागि सम्झौता गरिसक्नु भएको छ। आठ बैंक र एक पेमेन्ट सर्भिसले कारोबार नै सुरुवात गरिसकेका छन्। अहिलेसम्म आउँदा यसको प्रभावकारिता राम्रो छ। 

डिजिटल पेमेन्ट सिस्टममा पछिल्लो समय धेरै चुनौती देखिएका छन्। यस्ता चुनौतीको समाधान गर्न तपाईंको योजना के छ? 
नेपालमा डिजिटल पेमेन्टको संख्या उल्लेखनीय रुपमा वृद्धि भइरहेको छ। संख्या मात्र नभएर यसको महत्त्व
 पनि उल्लेखनीय रुपमा बढेको देखिन्छ। राष्ट्र बैंकको डेटाले पनि यही जनाएको छ। वालेटको ट्रान्जेक्सन होस् वा मोबाइल बैंकिङको वा चेकको इन्टरबैंक पेमेन्ट वा आरटीजीएसको सिस्टम सबैको कारोबारमा वृद्धि भएको देखिन्छ। यहाँ जति पनि सेवा दिने कम्पनी छन्, तिनले उल्लेख्य रुपमा डिजिटल पेमेन्टलाई चाहिने सुरक्षामा लगानी गरेका छन्। ग्राहक ढुक्क हुँदा हुन्छ।

तर, यदाकदा ठगी गर्ने उद्देश्यले केही कारोबार भएको देख्न वा सुन्न पाइन्छ। यसले केही ग्राहकहरूलाई समस्या भएको छ। तर, त्यो पनि प्राविधिक समस्याको कारण नभएर ग्राहकलाई सचेतना कम भएर हुने गरेको पाइन्छ। त्यसका लागि यसमा आबद्ध भएका सबैले ग्राहकलाई यसबारे शिक्षा दिन आवश्यक छ। ग्राहकलाई शिक्षा दिने कुरामा लगानी बढाउनुपर्छ। ग्राहकले पनि यस्तो कारोबार गर्दा सजकताका उपायहरू अपनाउन आवश्यक देखिन्छ। 

एनसीएचएलमा हालसम्म कति संघसंस्था जोडिएका छन्? 
हाम्रो फरक सिस्टममा फरक संघ संस्थाहरू आबद्ध भएका हुन्छन्। एनसीएचएलसँग जोडिएका बैंक र वित्त ‘क’, ‘ख’ तथा ‘ग’ गरेर लगभग ६५ पुगेका छन्। पेमेन्ट सिस्टम अपरेटर र पेमेन्ट सर्भिस अपरेटर (पीएचपी) हरुलाई राष्ट्र बैंकले नै लाइसेन्स दिएर सञ्चालनमा आएको छ। 

यस्तो खालको २४ वटा इन्स्टिच्युटहरू हाम्रो कुनै न कुनै सिस्टमसँग आबद्ध छन्। इन्स्योरेन्स कम्पनीहरू, लाइफ–ननलाइफ सबै कम्पनीहरू हामीसँग जोडिएका छन्। यसैगरी, मेजर रेमिट्यान्स कम्पनीहरू पनि आबद्ध छन्। क्यापिटल मार्केटमा नेपाल स्टक एक्चेन्जदेखि ४९ वटा धितोपत्र दलाल कम्पनी (ब्रोकर) हरू हामीसँग जोडिएर काम गरेका छन्। मर्चेन्ट बैंकिङहरू पनि आबद्ध छन्। 

नेपाल सरकारको विभिन्न निकाय पनि आबद्ध छन्। स्थानीय सरकारले कतिपय काम हामीसँग आबद्ध भएर गरिहेका छन्। फण्ड म्यानेजरको हकमा ईपीएफ, एसएसएफ, सीआईडीलगायत बैंकबाहेकका १०० जति कम्पनीहरू हामीसँग जोडिएका छन्। 

नेपाल जस्तो मुलुकमा डिजिटल पेमेन्ट सिस्टमको प्रयोग विकास गर्न कत्तिको चुनौती छ?
धेरै व्यक्तिलाई डिजिटल कारोबारबारे थाहा छैन भन्ने अवस्था छैन। कसैलाई प्राविधिक कारण समस्या आउन सक्ला। तर, हामीले के पनि बुझ्नुपर्छ भने, अहिले मोबाइल नचलाउने मान्छेको संख्या एकदमै कम छ। यसैगरी, इन्टरनेटको सेवा पनि गाउँगाउँसम्म पुगिसकेको छ। फेसबुक, भाइबर र ह्याट्सएप चलाउने सबैभन्दा बढी संख्या गाउँमै छ। अहिले गाउँका अधिकांश घरका एक व्यक्ति कुनै न कुनै प्रयोजनका लागि विदेश गएका छन्। त्यसकारण विदेशमा रहेका आफन्तसँग कुरा गर्नका लागि पनि मान्छेले मोबाइल इन्टरनेटको प्रयोगलाई अनिवार्य जस्तै बनाएका छन्। यसले गर्दा दूरदराजसम्म पनि डिजिटल सेवा विस्तार बढिरहेको छ। जसले हामीलाई डिजिटल कारोबारको बृद्धि गर्नका लागि खासै चुनौती देखाएको छैन। 

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  १२:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित
झापामा अटो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित शनिबार, असार २१, २०८२
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित शनिबार, असार २१, २०८२
झापामा अटो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते शनिबार, असार २१, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्