• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एआईजी बढुवाविरुद्धको उजुरी, के भन्छ सर्वोच्चको नजीर?

64x64
नेपाल लाइभ शुक्रबार, चैत १८, २०७८  १९:१८
1140x725

काठमाडौं– प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध असन्तुष्ट डीआईजीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। तीन सिनियर डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले बढुवाको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेको हुन्। 

चैत १ गते गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवाका लागि सिफारिस गरेको थियो। तर, आफूभन्दा जुनियर डीआईजीद्वय सिंह र धानुकलाई एआईजी बनाउन सिफारिस गरेको भन्दै उनीहरुले बढुवामाथिको उजुरी सुन्ने समितिमा उजुरी दिएका थिए। 

उक्त उजुरीमाथि कारबाही गर्दै लोक सेवा आयोगका अध्यक्ष रहेको उजुरी सुन्ने समितिले बढुवा सिफारिस समितिको निर्णयलाई नै सदर गरेको थियो। त्यसपछि सरकारले बढुवाको निर्णय ग¥यो। बढुवाको निर्णयपछि उनीहरूले बिहीबार नै दर्ज्यानी चिह्न समेत लगाएर पदस्थापन भइसकेको छ।

तर, काँधमा दर्ज्यानी चिह्न थाप्नु अगावै यो विषय अदालत प्रवेश गरिसकेको छ। योसँगै एआईजी बढुवाको छिनोफानो अब सर्वोच्च अदालतको क्षेत्राधिकारभित्र प्रवेश गरिसकेको छ। 

प्रहरी बढुवामा असन्तुष्ट भएकाहरु यसरी सर्वोच्च अदालत धाएको यो पहिलो घटना भने होइन। एआईजी मात्रै होइन आईजीपी बढुवाको विषय समेत अदालत प्रवेश गरेर छिनोफाना भएका उदाहरणहरू छन्।

यसरी सिनियरलाई मिचेर भएका बढुवाविरुद्ध परेका उजुरीमा सर्वोच्चले कस्तो फैसला गरेका थियो भन्ने पाटो नेपाल लाइभले केलाउने प्रयास गरेको छ। 

‘बिनाआधार वरिष्ठलाई कनिष्ठ, कनिष्ठलाई वरिष्ठ बनाउनु वाञ्छनीय हुँदैन’
२०६८ सालमा एआईजी बढुवामा छुटेपछि दिनकर शमशेर जबराले सर्वोच्चमा रिट दायर गरेका थिए। उनको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले बिनाआधार वरिष्ठलाई कनिष्ठ र कनिष्ठलाई वरिष्ठ बनाउन नहुने व्याख्या गरेको थियो। 

‘स्पष्ट आधार बेगर वरिष्ठलाई कनिष्ठ एवं कनिष्ठलाई वरिष्ठ पदमा रूपान्तरित गर्नु स्वीकार्य र वाञ्छनीय हुँदैन, त्यसो गर्दा प्रहरी बलमा नकारात्मक प्रभाव पर्ने कुरा निश्चित छ। मनपरी वा स्वेच्छाचारी ढंगले बढुवा गर्न नियमले स्वविवेकाधिकार प्रदान गरेको भनी अर्थ गर्न मिल्ने देखिँदैन’ सर्वोच्चले भनेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैगरी, बढुवाको आधार मान्दा वरिष्ठताको साथै क्षमता र सामथ्र्यलाई समेत महत्त्वपूर्ण आधारको रुपमा ग्रहण गर्नुपर्ने उल्लेख गरेको थियो। 

दिनकर पछि एआईजीमा बढुवा भएर २०७० कात्तिकमा ३० वर्षे सवा अवधिका कारण अनिवार्य अवकाशमा गएका थिए। 

‘मेरिटलाई मान्यता नदिने न्याय न्यायपूर्ण हुँदैन’
२०७१ जेठमा एआईजी बढुवा गर्दा सिनियरलाई छुटाएर बढुवा गरिएको भन्दै यादव अधिकारीसहित विश्वराज शाही, सुशीलबरसिंह थापा र परशुराम खत्रीले सर्वोच्च अदालत रिट दायर गरेका थिए। कार्यसम्पादन मूल्यांकनमा उनीहरुभन्दा पछि रहेका बढुवा हुँदा रिट दायर गर्नेहरु छुटेको भन्दै उनीहरुलाई समेत बढुवा गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो। 

त्यसबेलाको फैसलामा लेखिएको थियो, ‘जुन निर्णयले मेरिटलाई नै मान्यता दिँदैन, त्यो निर्णय न्यायपूर्ण भएको भनी अदालत चुप लाग्ने हो भने संगठनको मनोबल व्यक्तिपरक मात्र हो भन्नुपर्ने हुन्छ। त्यस्तो मनोगत कथनलाई आफूलाई संस्थागत बनाउन आफैंले निर्माण गरेको मापदण्डलाई सो खेलको नियममा मैले किन सहमत भइनँ भन्न यसको नियम म आफैंले नै बनाउने अधिकार राख्छु, त्यसैले कसैले छानबिन नगर्नु भन्नु न्याय र सद्विवेकलाई समेत परित्याग गर्नु हो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यस्तो अवस्थामा सरकारले आफ्नो औचित्य समाप्त गरेको भन्नुपर्ने भएकाले न्यायपूर्ण विवेकको प्रयोग गर्ने राज्यको अर्थ कसैले पनि समाप्त भएको मान्न नपर्ने र राज्यको उत्तरदायित्व बोध गरेको देखिनुपर्ने भनी व्याख्या गरेको छ। यो व्याख्याले पनि बढुवा प्रक्रियामा वरिष्ठता र कार्यक्षमतालाई विशेष महत्त्वका साथ हेर्नुपर्ने औंल्याएको देखिन्छ। 

‘राजनीतिक कृपामा प्रहरी निर्भर रह्यो भने देशको अमनचैन बिग्रन्छ’
अच्युतकृष्ण खरेललाई आईजीपीबाट हटाएर २०५३ सालमा सरकारले धु्रवबहादुर प्रधानलाई आईजीपी बनाएको थियो। त्यसपछि खरेल रिट बोकेर सर्वोच्च गएका थिए। पछि सर्वोच्चले उनलाई पुनः आईजी हुने बाटो खोलिदिएको थियो। उनको मुद्दामा पनि सर्वोच्चले महत्त्वपूर्ण नजीर स्थापित गरेको सुरक्षाक्षेत्रका जानकारहरू बताउँछन्। 

फैसलामा भनिएको थियो, ‘राजनैतिक कृपाको भरमा प्रहरी प्रशासन निर्भर रहने हो भने प्रहरी सेवाको निष्पक्षता र कर्तव्य परायणतामा ह्रास आई देशको आन्तरिक अमनचैनको स्थिति बिग्रन जान्छ। यस्तो परम्परा रहेमा भयावह स्थिति उत्पन्न हुने अवस्था आउँछ। सरकारद्वारा गरिने कार्य कानुन बमोजिम भए, गरेको मानिन्छ तर सरकारद्वारा गरिने कार्य विवेक र कानुन तथा उपयुक्त मापदण्डको सीमाभित्र रहेको हुनुपर्छ।’

यो व्याख्याले समेत कानुनले निर्धारण गरेको विधि र प्रक्रिया विपरीत बढुवा गर्न सकिँदैन भन्ने मान्यता स्थापित भएको छ। 

प्रहरी बढुवामा सरकारको तजविजी अधिकारमा स्वेच्छाचारिता देखिनु हुँनैन, कानुनले निर्धारण गरेको योग्यता अनुसार बढुवा गरिनु पर्दछ भन्ने मान्यता अदालतको फैसलाबाट स्थापित भएको छ। 

सरकारले जयबहादुर चन्दलाई आईजीमा बढुवा गरेपछि नवराज सिलवाल पनि सर्वोच्च पुगेका थिए। सर्वोच्चले पछि कार्यसम्पादन मूल्यांकनमा अघि रहेकालाई आईजी बनाउनुपर्ने बताएपछि प्रकाश अर्याललाई आईजीमा बढुवा गर्न सरकार बाध्य भएको थियो। 

उता तत्कालीन डीआईजी पार्वती थापाले आफूलाई छाडेर वरीयतामा पछि रहेकालाई एआईजीमा बढुवा गरिएको भन्दै रिट हालेकी थिइन्। उक्त रिटको फैसला गर्ने बेलामा थापा अवकाशमा गइसकेकाले अदालते उक्त रिट नै खारेज गरेको थियो।

प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  १९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
सम्बन्धित सामग्री
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्