काठमाडौं – त्रिकोणात्मक महिला टी–२० आई अन्तर्राष्ट्रिय श्रृङ्खलामा शनिबार (आज) नेपालले बलियो टोली थाइल्याण्डसँग खेल्दैछ । खेल दिउँसो सवा १२ बजे कीर्तिपुरपस्थित त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ ।
पहिलो खेलमा नेदरल्याण्ड्ससँँग २० रनले पराजित भएको नेपाल आज थाइल्याण्डलाई हराउँदै पहिलो जितको खोजीमा हुनेछ । शुक्रबार भएको खेलमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई हराउँदै विजय शुरुवात गरिसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।