काठमाडौं– स्थानीय बजारमा शुक्रबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला ९८ हजार ९०० रुपैयाँमा कायम भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।
आज अन्तरराष्ट्रिय बजारमा समेत सुनको मूल्य बढेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।