काठमाडौं– थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको फुकेट प्रस्थान गर्दै छ।
अप्रिल १ देखि १० तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। पुरुषमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भुपेन्द्र थापा मगरले ६३ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन्। महिला ४८ केजीमा सुष्मा तामाङ, ५१ केजीमा १३औं सागकी स्वर्णधारी मिनु गुरुङ, ५४ केजीमा चन्द्रकला थापा र ६० केजीमा पुनम रावल रहेका छन्।
टिम प्रशिक्षकमा मुख्य प्रशिक्षक प्रकाश थापा मगर तथा निर्णायकमा आईबा वान स्टार रेफ्री/जज धनकुमार मैनाली छन्।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, राखेपका निमित्त सदस्य–सचिव कुलबहादुर थापा र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।