नवलपरासी– बर्दघाट (सुस्तापूर्व)को गैंडाकोटमा भारतीय ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।
गैंडाकोट–८ स्थित नगरपालिका कार्यालयअगाडि युपी ९३ बीटी ४७५७ नं को भारतीय ट्रकको ठक्करबाट घाइते करिब ५२ वर्षीय साइकलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिको पहिचान नखुलेको गैंडाकोटस्थित इलाका प्रहरी कार्यालयका प्रमुख लक्ष्मी पाण्डे खनालले जानकारी दिइन्।
ठक्कर दिने भारतीय ट्रकसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।