काठमाडौं– सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगिता खड्कालाई नियुक्त गरेको छ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा नेकपा माओवादी केन्द्रनिकट पत्रकार खड्कालाई नियुक्त गर्ने निर्णय गरेको हो।
प्रेस काउन्सिल नेपालको सदस्य समेत भएकी उनले 'युद्धका ती दिन' नामक पुस्तक लेखेकी छन्। माओवादी युद्धमा सहभागी भएकी खड्का द्वन्द्वपीडित हुन्।
उनले जनादेश लगायत पत्रिकामा संलग्न भएर पत्रकारिता गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।