काठमाडौं– मेलम्ची नगरपालिकाले नदी नियन्त्रणको काम सुरु गरेको छ। असार १ गते र साउन १७ गतेको बाढीले नदीको सतह बढाइ बस्तीमा जोखिम बढेपछि नगरपालिकाले नदी गहिर्याउने काम थालेको हो।
सङ्घीय र प्रदेश सरकारलाई बजेट उपलब्ध गराउन पटक पटक गरेको आग्रहको सुनुवाइ नभएपछि आफ्नै बजेटमा नदी नियन्त्रण र क्षति न्यूनीकरणका काम थालेको नगरपालिकाले जनाएको छ।
मेलम्ची बाढीले उकासिएको नदीको सतहलाई गहिर्याउन मेलम्ची नगरपालिकाको दुई करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरी काम थालेको नगरप्रमुख डम्बर अर्यालले जानकारी दिए।
नगरपालिकाले मेलम्ची र हेलम्बु गाउँपालिकाको सीमाना तालामाराङदेखि डुढेखोलासम्म नदी गहिर्याउन थालेको उनले बताए। नदीले कटान गरेको आवश्यक स्थानमा संरक्षण पर्खालसमेत लगाइने उनको भनाइ छ।
गत असार १ र त्यसपछिको मेलम्ची बाढीले स्थानीयको जग्गा कटान र तीन सयभन्दा बढी घर बगाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।