१. बिमस्टेक क्षेत्रलाई जीवन्त बनाउन बौद्ध दर्शनको प्रवर्द्धन आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ, बिमस्टेक सदस्य मुलुकबीच तीन बुँदे समझदारी पत्रमा हस्ताक्षर।
२. स्थानीय तह निर्वाचनमा उम्मेदवार हुँदा स्वघोषणा गर्नुपर्ने नयाँ व्यवस्था, ठेक्कापट्टामा संलग्न रहेकालाई स्थानीय निर्वाचनमा उम्मेदवार हुन कडाइ, स्वघोषणा पत्रमा १९ बुँदा समावेश।
३. सरकारी स्वामित्वका बन्द कारखाना गोरखाली रबर र बुटवल धागो कारखाना अब निजी क्षेत्रलाई दिने तयारी, विराटनगर जुट मिल्सलाई संग्रहालय बनाउन सिफारिस।
४. रुसले युक्रेनको चेर्नीहिभ क्षेत्रमा सैन्य गतिविधि घटाउने वाचा विपरीत रुसी आक्रमणमा कमी नआएको युक्रेनको दाबी, 'रातभर' बम आक्रमण गरेको उल्लेख।
५. र, अन्तर्राष्ट्रिय त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत नेपालको लगातार दोस्रो जित, मलेसिया ६ विकेटले पराजित, जितसँगै २ खेलमा ४ अंक जोड्दै नेपाल सिरिजको फाइनल नजिक।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।